default_image

8 years ago

November 4, 2017

युएईविरुद्ध हारसँगै नेपाल छनोट चरणबाटै बाहिरियो

134 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद) – युनाइटेड अरब इमिरेट्स (युएई) विरुद्ध १–० को हारसँगै नेपाली युवा टोली एएफसी यू–१९ च्याम्पियनसिप फुटबलको छनोट चरणबाटै बाहिरिएको छ ।

अघिल्लो चरण पुग्ने सम्भावनालाई जीवित राख्न नेपाललाई आजको खेल जित्नै पर्ने दबाब थियो । तर यस हारले नेपालको यात्रामा पूर्णविराम लगाएको छ ।

नेपाल आफ्नो पहिलो खेलमा आयोजक किर्गिस्तानसँग २–० र दोस्रो खेलमा बहराइनसँग ४–० ले पराजित भइसकेको थियो । नेपालले युएईलाई पहिलो हाफसम्म गोलरहित बराबरीमा रोके पनि दोस्रो हाफमा भने एक गोल खान पुग्यो ।

युएईका अल्फान अल्सान आमादीले ७२ औं मिनेटमा गरेको गोल नै युएईको जितमा निर्णायक बन्यो । अल्सानले नेपाली डिफेन्डरको गल्तीको फाइदा उठाउँदै डि–बक्सभित्रबाट गोल गर्न सफल भएका थिए । खेलभरी नै नेपाल युएईको दबाबमा खेलेको थियो र अन्त्यतिर गोल गर्ने सुन्दर मौका पनि खेर फालेका थियो ।

युएईसँगको यस हारसँगै समूह ‘ए’ मा अंकविहीन रहँदै नेपाल पुछारमा छ । नेपालले अन्तिम खेल कात्तिक २२ मा ओमानसँग खेल्नेछ । छनोटमा समूहको शीर्ष स्थानमा रहने टोली सोझै फाइनलमा प्रवेश गर्नेछन् । त्यस्तै दश समूहका विजेता र सबै समूहबाट उत्कृष्ट ५ उपविजेता राष्ट्रले आयोजकसँगै अन्तिम चरणमा प्रतिस्पर्धा गर्नेछन् ।

December 10, 2025

बायर्न र बार्सिलोनाको जित

एजेन्सी – च्याम्पियन्स लिगमा मंगलवार बार्सिलोना, बायर्न म्युनिख, लिभरपुल, एट्लेटिको म्याड्रिड विजयी भएका छन्। चेल्सी, इन्टर मिलान पराजित भएको छ। बायर्नले स्पोर्टिङ सिपीलाई ३-१ ले हरायो।  सुरुवाती अग्रता स्पोर्टिङले लियो। ५४औँ मिनेटमा जोशुआ किमिचको आत्मघाती गोलबाट स्पोर्टिङले अग्रता बनाएको हो। तर त्यसपछि बायर्नले दबाब बढाउँदै खेल आफ्नो पक्षमा पार्यो । ६५औँ मिनेटमा सर्ज ग्नाब्रीले नजिकैबाट […]

December 9, 2025

म्यानचेस्टर युनाइटेडको जित

एजेन्सी – म्यानचेस्टर युनाइटेडले वुल्भरह्याम्पटन वान्डरर्स (वुल्भ्स) लाई सोमवार ४-१ ले हराउँदै प्रिमियर लिग अंकतालिकाको छैटौँ स्थानमा उक्लिएको छ। मोलिनक्समा भएको खेलको पहिलो हाफमा रुबेन आमोरिमको टोलीले राम्रो सुरुआत गरेको थियो। २५औँ मिनेटमा कप्तान ब्रुनो फर्नान्डेसको गोलले युनाइटेडले अग्रता लियो । तर इन्जुरी समयको दोस्रो मिनेटमा जाँ रिक्नर बेलगार्डले गोल गरेपछि पहिलो १-१ को बराबरीमा […]

December 8, 2025

मनाङले पनि राष्ट्रिय लिग खेल्ने!

काठमाडौं (हाम्रो खेलकुद)- मनाङ मर्स्याङ्दी क्लबले अर्को महिना सुरु हुने राष्ट्रिय लिग खेल्नका लागि अखिल नेपाल फुटबल संघ (एन्फा) ढिला गरि दर्ताको गरेको छ ।‌ पुस २५ गते सुरु गर्ने भनिएको राष्ट्रिय लिगका लागि एन्फाले आइतवार (मंसिर २१) गतेसम्मको समय तोकेको थियो। एन्फाका सहायक महासचिव समेत रहेका विजय घलले क्लब दर्ताका लागि आज एन्फालाई पत्र […]

Success

Thank you for your time.