8 years ago
November 4, 2017
एन्जर्स (एजेन्सी) – फ्रान्सेली लिग १ को अग्रस्थानमा रहेको पेरिस सेन्ट जर्मन (पिएसजी) ले एन्जर्सलाई ५-० को फराकिलो अन्तरले हराएको छ । पिएसजीको जितमा एडिन्सन काभानी र किलियन बाप्पेलेले दुईदुई गोल गरे ।
पिएसजी खेलको पाँचौं मिनेटमै अग्रता लिन सफल भएको थियो । ड्यानि एल्भेसले गरेको क्रसलाई सदुपयोग गर्दै किलियन बाप्पेले पिएसजीलाई अग्रता दिलाएका थिए । त्यस्तै खेलको १४ औं मिनेटमा एल्भेसकै पासमा जुलियन ड्राक्सलरले सुन्दर गोल गर्दै आफ्नो टोलीको अग्रता दोब्बर बनाएका थिए ।
यसै गरी खेलको ३० औं मिनेटमा पिएसजीका मुख्य स्ट्राइकर काभानीले बाप्पेको पासमा गोल गर्दै पिएसजीका लागि लिग १ मा आफ्नो १०० गोल पनि पूरा गरे । सो उपलब्धि यस अघि ज्लाटान इब्राहिमोभिचले मात्र हांसिल गरेका छन् ।
दोस्रो हाफमा पनि पिएसजी थप दुई गोल गर्न सफल रह्यो । ६० औँ मिनेटमा ड्राक्सलरको पासमा पुन: काभानीले गोल गर्दै स्कोर ४-० बनाए र यस लिग सिजनको आफ्नो तेह्रौं गोल खातामा जोडे ।
त्यस्तै खेलको अन्तिम समयतिर बाप्पेले खेलको आफ्नो दोस्रो गोल गर्दै पिएसजीका लागि ३ अंक पनि सुनिश्चित गरे । स्टार खेलाडि नेयमार यस खेलमा चोटका कारण नखेले पनि अग्रपंक्तिमा उनको अभाव बिरलै खड्कियो ।
यस जितसँगै पिएसजीको १२ खेलमा दश जित तथा दुई बराबरीसहित ३२ अंक रहेको छ । यसक्रममा उसले ३९ गोल गरेको छ भने केवल ८ गोल खाएको छ । एन्जर्सको भने १२ खेलमा केवल १३ अंक रहेको छ ।
December 10, 2025
एजेन्सी – च्याम्पियन्स लिगमा मंगलवार बार्सिलोना, बायर्न म्युनिख, लिभरपुल, एट्लेटिको म्याड्रिड विजयी भएका छन्। चेल्सी, इन्टर मिलान पराजित भएको छ। बायर्नले स्पोर्टिङ सिपीलाई ३-१ ले हरायो। सुरुवाती अग्रता स्पोर्टिङले लियो। ५४औँ मिनेटमा जोशुआ किमिचको आत्मघाती गोलबाट स्पोर्टिङले अग्रता बनाएको हो। तर त्यसपछि बायर्नले दबाब बढाउँदै खेल आफ्नो पक्षमा पार्यो । ६५औँ मिनेटमा सर्ज ग्नाब्रीले नजिकैबाट […]
December 9, 2025
एजेन्सी – म्यानचेस्टर युनाइटेडले वुल्भरह्याम्पटन वान्डरर्स (वुल्भ्स) लाई सोमवार ४-१ ले हराउँदै प्रिमियर लिग अंकतालिकाको छैटौँ स्थानमा उक्लिएको छ। मोलिनक्समा भएको खेलको पहिलो हाफमा रुबेन आमोरिमको टोलीले राम्रो सुरुआत गरेको थियो। २५औँ मिनेटमा कप्तान ब्रुनो फर्नान्डेसको गोलले युनाइटेडले अग्रता लियो । तर इन्जुरी समयको दोस्रो मिनेटमा जाँ रिक्नर बेलगार्डले गोल गरेपछि पहिलो १-१ को बराबरीमा […]
December 8, 2025
काठमाडौं (हाम्रो खेलकुद)- मनाङ मर्स्याङ्दी क्लबले अर्को महिना सुरु हुने राष्ट्रिय लिग खेल्नका लागि अखिल नेपाल फुटबल संघ (एन्फा) ढिला गरि दर्ताको गरेको छ । पुस २५ गते सुरु गर्ने भनिएको राष्ट्रिय लिगका लागि एन्फाले आइतवार (मंसिर २१) गतेसम्मको समय तोकेको थियो। एन्फाका सहायक महासचिव समेत रहेका विजय घलले क्लब दर्ताका लागि आज एन्फालाई पत्र […]