default_image

8 years ago

November 5, 2017

ला लिगामा बार्सिलोना विजयी, अपराजित यात्रा कायमै

127 views

0 Bookmark

बार्सिलोना (एजेन्सी) – गए राति स्पेनिश ला लिगामा अंकतालिकाको अग्रस्थानमा रहेको बार्सिलोनाले सेभिल्लालाई २-१ ले हराएको छ । बार्सिलोनाको जितमा फरवार्ड पाको अल्कासेरले दुई गोल गरेका थिए ।

लियोनल मेस्सी र लुइस स्वारेजलाई अग्रपंक्तिमा साथ दिँदै अल्कासेरले खेलको २३ औं मिनेटमै घरेलु टोलीलाई अग्रता दिलाएका थिए । स्वारेजको लामो पासलाई कन्ट्रोल गर्दै उनले स्कोर १-० बनाएका थिए ।

त्यस्तै दोस्रो हाफको ५९ औं मिनेटमा भने सेभिल्ला खेलमा फर्केको थियो । एभर बानेगाको कर्नरमा गुइडो पिजारोले गोल गर्दै खेललाई बराबरीमा ल्याएका थिए । तर सेभिल्लाको सो खुसी केहि मिनेटका लागि मात्र टिक्यो ।

खेलको ६५ औं मिनेटमा इभान राकिटिचको राम्रो पासबाट फेरि अल्कासेरले गोल गर्दै आफ्नो टोलीको जित सुनिश्चित गरेका थिए । यस जितसँगै बार्सिलोनाले आफ्नो सिजनको अपराजित यात्रा पनि कायम राखेको छ ।

बार्साको ११ खेलमा ३१ अंक रहेको छ । त्यस्तै १९ अंकसहित सेभिल्ला भने अहिलेको लागि पाँचौं स्थानमा यथावत् रहेको छ ।

गए राति ला लिगाको अन्य खेलहरुको नतिजा:

भ्यालेन्सिया ३-० लेगानेस

डेपोर्टिभो ०-१ एट्लेटिको म्याड्रिड

आलाभेस १-० इस्पान्योल

December 10, 2025

बायर्न र बार्सिलोनाको जित

एजेन्सी – च्याम्पियन्स लिगमा मंगलवार बार्सिलोना, बायर्न म्युनिख, लिभरपुल, एट्लेटिको म्याड्रिड विजयी भएका छन्। चेल्सी, इन्टर मिलान पराजित भएको छ। बायर्नले स्पोर्टिङ सिपीलाई ३-१ ले हरायो।  सुरुवाती अग्रता स्पोर्टिङले लियो। ५४औँ मिनेटमा जोशुआ किमिचको आत्मघाती गोलबाट स्पोर्टिङले अग्रता बनाएको हो। तर त्यसपछि बायर्नले दबाब बढाउँदै खेल आफ्नो पक्षमा पार्यो । ६५औँ मिनेटमा सर्ज ग्नाब्रीले नजिकैबाट […]

December 9, 2025

म्यानचेस्टर युनाइटेडको जित

एजेन्सी – म्यानचेस्टर युनाइटेडले वुल्भरह्याम्पटन वान्डरर्स (वुल्भ्स) लाई सोमवार ४-१ ले हराउँदै प्रिमियर लिग अंकतालिकाको छैटौँ स्थानमा उक्लिएको छ। मोलिनक्समा भएको खेलको पहिलो हाफमा रुबेन आमोरिमको टोलीले राम्रो सुरुआत गरेको थियो। २५औँ मिनेटमा कप्तान ब्रुनो फर्नान्डेसको गोलले युनाइटेडले अग्रता लियो । तर इन्जुरी समयको दोस्रो मिनेटमा जाँ रिक्नर बेलगार्डले गोल गरेपछि पहिलो १-१ को बराबरीमा […]

December 8, 2025

मनाङले पनि राष्ट्रिय लिग खेल्ने!

काठमाडौं (हाम्रो खेलकुद)- मनाङ मर्स्याङ्दी क्लबले अर्को महिना सुरु हुने राष्ट्रिय लिग खेल्नका लागि अखिल नेपाल फुटबल संघ (एन्फा) ढिला गरि दर्ताको गरेको छ ।‌ पुस २५ गते सुरु गर्ने भनिएको राष्ट्रिय लिगका लागि एन्फाले आइतवार (मंसिर २१) गतेसम्मको समय तोकेको थियो। एन्फाका सहायक महासचिव समेत रहेका विजय घलले क्लब दर्ताका लागि आज एन्फालाई पत्र […]

Success

Thank you for your time.