8 years ago
November 5, 2017
लण्डन (एजेन्सी) – गए राति प्रिमियर लिगमा लिभरपुलेले वेस्ट ह्याममाथि ४-१ को सहज जित दर्ता गरेको छ । यस जितमा लिभरपुलका विङ्गर मोहम्मद सालाहले दुई गोल गरेका थिए ।
खेलको २३ औं मिनेटमा चोटबाट फर्केका स्टार खेलाडि साडियो मानेको पासमा सालाहले गोल गर्दै भ्रमणीय टोलीलाई अग्रता दिलाएका थिए । सो गोलको तीन मिनेटभित्रै डिफेन्डर जोएल माटिपले लिभरपुलको अग्रता दोब्बर बनाएका थिए ।
दोस्रो हाफमा वेस्ट ह्यामका म्यानुयल लान्जिनीले एक गोल फर्काए पनि एलेक्स अक्सलेड चेम्बरलेन र सालाहले पुन: गोल गर्दै लिभरपुलको शानदार जित तथा पूरा ३ अंक सुनिश्चित गरे।
यस जितसँगै ११ खेलमा १९ अंकका साथ लिभरपुल अंक तालिकाको छैठौं स्थानमा यथावत् रहेको छ भने वेस्ट ह्याम ११ खेलमा ९ अंकसहित तालिकाको १७ औं स्थानमा रहेको छ ।
गए राति प्रिमियर लिगका अन्य खेलहरुको नतिजा:
लेस्टर सिटी २-२ स्टोक सिटी
हडर्सफिल्ड १-० वेस्ट ब्रोम
न्युक्यासल युनाइटेड ०-१ बोर्नमथ
साउथह्याम्प्टन ०-१ बर्नली
स्वान्सि सिटी ०-१ ब्राइटन
December 10, 2025
एजेन्सी – च्याम्पियन्स लिगमा मंगलवार बार्सिलोना, बायर्न म्युनिख, लिभरपुल, एट्लेटिको म्याड्रिड विजयी भएका छन्। चेल्सी, इन्टर मिलान पराजित भएको छ। बायर्नले स्पोर्टिङ सिपीलाई ३-१ ले हरायो। सुरुवाती अग्रता स्पोर्टिङले लियो। ५४औँ मिनेटमा जोशुआ किमिचको आत्मघाती गोलबाट स्पोर्टिङले अग्रता बनाएको हो। तर त्यसपछि बायर्नले दबाब बढाउँदै खेल आफ्नो पक्षमा पार्यो । ६५औँ मिनेटमा सर्ज ग्नाब्रीले नजिकैबाट […]
December 9, 2025
एजेन्सी – म्यानचेस्टर युनाइटेडले वुल्भरह्याम्पटन वान्डरर्स (वुल्भ्स) लाई सोमवार ४-१ ले हराउँदै प्रिमियर लिग अंकतालिकाको छैटौँ स्थानमा उक्लिएको छ। मोलिनक्समा भएको खेलको पहिलो हाफमा रुबेन आमोरिमको टोलीले राम्रो सुरुआत गरेको थियो। २५औँ मिनेटमा कप्तान ब्रुनो फर्नान्डेसको गोलले युनाइटेडले अग्रता लियो । तर इन्जुरी समयको दोस्रो मिनेटमा जाँ रिक्नर बेलगार्डले गोल गरेपछि पहिलो १-१ को बराबरीमा […]
December 8, 2025
काठमाडौं (हाम्रो खेलकुद)- मनाङ मर्स्याङ्दी क्लबले अर्को महिना सुरु हुने राष्ट्रिय लिग खेल्नका लागि अखिल नेपाल फुटबल संघ (एन्फा) ढिला गरि दर्ताको गरेको छ । पुस २५ गते सुरु गर्ने भनिएको राष्ट्रिय लिगका लागि एन्फाले आइतवार (मंसिर २१) गतेसम्मको समय तोकेको थियो। एन्फाका सहायक महासचिव समेत रहेका विजय घलले क्लब दर्ताका लागि आज एन्फालाई पत्र […]