default_image

8 years ago

November 5, 2017

डर्टमन्डविरुद्ध जितसँगै बायर्नको शीर्ष स्थानमा पकड बलियो

121 views

0 Bookmark

डर्टमन्ड (एजेन्सी) – गए राति जर्मन बुन्डेस लिगामा साविक विजेता बायर्न म्युनिखले बोरुसिया डर्टमन्डलाई ३-१ ले हराएको छ । बायर्नको जितमा आर्यन रोब्बेन, रोबर्ट लेवान्डोस्की र डेभिड अलाबाले गोल गरेका थिए ।


बायर्न डर्टमन्डको घरेलु मैदानमा खेलको नवौं मिनेटमै गोल गर्न सफल भएको थियो । मिडफिल्डर जेम्स रोड्रिगेजको पासमा रोब्बेनले गोल गर्दै स्कोर १-० बनाएका थिए ।

त्यस्तै पहिलो हाफको ३७ औं मिनेटमा जोसुवा किमिचको पासमा लेवान्डोस्कीले गोल गर्दै आफ्नो टोलीको अग्रता दोब्बर बनाएका थिए । सो गोल लेवान्डोस्कीको यस लिग सिजनको एघारौं गोल थियो ।

त्यस्तै अलाबाले रोड्रिगेजको पासमा खेलको ६७ औं मिनेटमा गोल गर्दै बायर्नका लागि जित लगभग सुनिश्चित गरे । खेलको अन्तिम समयतिर भने डर्टमन्डका डिफेन्डर मार्क बार्टाले डर्टमन्डका लागि एक सान्तवना गोल फर्काएका थिए ।

यस जितसँगै ११ खेलमा २६ अंक रहेको बायर्न तालिकाको अग्रस्थानमा यथावत् छ । शीर्ष स्थानमा जाने मौका गुमाएको डर्टमन्ड तेस्रोमा झरेको छ । त्यस्तै हानोभरलाई गए राति २-१ ले हराएको आरबी लेपजिग भने दोस्रोमा उक्लेको छ ।

December 10, 2025

बायर्न र बार्सिलोनाको जित

एजेन्सी – च्याम्पियन्स लिगमा मंगलवार बार्सिलोना, बायर्न म्युनिख, लिभरपुल, एट्लेटिको म्याड्रिड विजयी भएका छन्। चेल्सी, इन्टर मिलान पराजित भएको छ। बायर्नले स्पोर्टिङ सिपीलाई ३-१ ले हरायो।  सुरुवाती अग्रता स्पोर्टिङले लियो। ५४औँ मिनेटमा जोशुआ किमिचको आत्मघाती गोलबाट स्पोर्टिङले अग्रता बनाएको हो। तर त्यसपछि बायर्नले दबाब बढाउँदै खेल आफ्नो पक्षमा पार्यो । ६५औँ मिनेटमा सर्ज ग्नाब्रीले नजिकैबाट […]

December 9, 2025

म्यानचेस्टर युनाइटेडको जित

एजेन्सी – म्यानचेस्टर युनाइटेडले वुल्भरह्याम्पटन वान्डरर्स (वुल्भ्स) लाई सोमवार ४-१ ले हराउँदै प्रिमियर लिग अंकतालिकाको छैटौँ स्थानमा उक्लिएको छ। मोलिनक्समा भएको खेलको पहिलो हाफमा रुबेन आमोरिमको टोलीले राम्रो सुरुआत गरेको थियो। २५औँ मिनेटमा कप्तान ब्रुनो फर्नान्डेसको गोलले युनाइटेडले अग्रता लियो । तर इन्जुरी समयको दोस्रो मिनेटमा जाँ रिक्नर बेलगार्डले गोल गरेपछि पहिलो १-१ को बराबरीमा […]

December 8, 2025

मनाङले पनि राष्ट्रिय लिग खेल्ने!

काठमाडौं (हाम्रो खेलकुद)- मनाङ मर्स्याङ्दी क्लबले अर्को महिना सुरु हुने राष्ट्रिय लिग खेल्नका लागि अखिल नेपाल फुटबल संघ (एन्फा) ढिला गरि दर्ताको गरेको छ ।‌ पुस २५ गते सुरु गर्ने भनिएको राष्ट्रिय लिगका लागि एन्फाले आइतवार (मंसिर २१) गतेसम्मको समय तोकेको थियो। एन्फाका सहायक महासचिव समेत रहेका विजय घलले क्लब दर्ताका लागि आज एन्फालाई पत्र […]

Success

Thank you for your time.