default_image

8 years ago

November 5, 2017

आर्सनल शीर्ष स्थानको म्यानचेस्टर सिटीसँग भिड्दै

138 views

0 Bookmark

म्यानचेस्टर (एजेन्सी) – प्रिमियर लिगमा आज तालिकाको शीर्ष स्थानमा रहेको म्यानचेस्टर सिटी पाँचौंमा रहेको आर्सनलसँग भिड्दै छ । सिटीको घरेलु मैदान एटिहाड स्टेडियममा खेलिने यस खेल नेपाली समय अनुसार रातिको ८ बजे सुरु हुने छ ।

म्यानचेस्टर सिटीले गत साता नेपोलीविरुद्धको च्याम्पियन्स लिग खेलमा कायल वाकर, ग्याब्रियल जेसस र डेभिड सिल्भालाई विश्राम दिएको थियो । तर तीनै जना आज भने सुरुवात गर्न सक्ने छन् । बेन्जामिन मेन्डि र भिन्सेन्ट कम्पनी भने सिटीका लागि घाइते रहेका छन् ।

आर्सनलका लागि डिफेन्डर सिड कोलासिनाच र स्कोड्रान मुस्ताफि घाइते रहेका छन् । कोलासिनाच उपलब्ध भए आर्सनलले गत साता स्वान्सिसँगको जितमा खेलाएको टोली नै सुरुवात गर्ने छ ।

सिटीको यस सिजन १० खेलमा २८ अंक रहेको छ र लिगमा ८ खेल लगातार जितेको छ । तर आर्सनलसँग भने सिटी आफ्ना पछिल्ला १० मध्ये एकमा मात्र जित दर्ता गर्न सफल भएको छ ।

त्यसै गरी प्रिमियर लिगको आजको पहिलो खेलमा टोटनह्याम क्रिस्टल प्यालेससँग भिड्दै छ । वेम्ब्लि स्टेडियममा खेलिने सो खेल बेलुका ५.४५ बजे सुरु हुने छ ।

December 10, 2025

बायर्न र बार्सिलोनाको जित

एजेन्सी – च्याम्पियन्स लिगमा मंगलवार बार्सिलोना, बायर्न म्युनिख, लिभरपुल, एट्लेटिको म्याड्रिड विजयी भएका छन्। चेल्सी, इन्टर मिलान पराजित भएको छ। बायर्नले स्पोर्टिङ सिपीलाई ३-१ ले हरायो।  सुरुवाती अग्रता स्पोर्टिङले लियो। ५४औँ मिनेटमा जोशुआ किमिचको आत्मघाती गोलबाट स्पोर्टिङले अग्रता बनाएको हो। तर त्यसपछि बायर्नले दबाब बढाउँदै खेल आफ्नो पक्षमा पार्यो । ६५औँ मिनेटमा सर्ज ग्नाब्रीले नजिकैबाट […]

December 9, 2025

म्यानचेस्टर युनाइटेडको जित

एजेन्सी – म्यानचेस्टर युनाइटेडले वुल्भरह्याम्पटन वान्डरर्स (वुल्भ्स) लाई सोमवार ४-१ ले हराउँदै प्रिमियर लिग अंकतालिकाको छैटौँ स्थानमा उक्लिएको छ। मोलिनक्समा भएको खेलको पहिलो हाफमा रुबेन आमोरिमको टोलीले राम्रो सुरुआत गरेको थियो। २५औँ मिनेटमा कप्तान ब्रुनो फर्नान्डेसको गोलले युनाइटेडले अग्रता लियो । तर इन्जुरी समयको दोस्रो मिनेटमा जाँ रिक्नर बेलगार्डले गोल गरेपछि पहिलो १-१ को बराबरीमा […]

December 8, 2025

मनाङले पनि राष्ट्रिय लिग खेल्ने!

काठमाडौं (हाम्रो खेलकुद)- मनाङ मर्स्याङ्दी क्लबले अर्को महिना सुरु हुने राष्ट्रिय लिग खेल्नका लागि अखिल नेपाल फुटबल संघ (एन्फा) ढिला गरि दर्ताको गरेको छ ।‌ पुस २५ गते सुरु गर्ने भनिएको राष्ट्रिय लिगका लागि एन्फाले आइतवार (मंसिर २१) गतेसम्मको समय तोकेको थियो। एन्फाका सहायक महासचिव समेत रहेका विजय घलले क्लब दर्ताका लागि आज एन्फालाई पत्र […]

Success

Thank you for your time.