default_image

8 years ago

November 5, 2017

म्यानचेस्टर युनाइटेड र चेल्सी बीच रोमाञ्चक भिडन्त आज

150 views

0 Bookmark

लण्डन (एजेन्सी) – प्रिमियर लिगमा दोस्रो स्थानमा रहेको म्यानचेस्टर युनाइटेड आज चेल्सीसँग भिड्दै छ । आज राति नेपाली समय अनुसार १०.१५ बजे सुरु हुने यस खेल चेल्सीको घरेलु मैदान स्ट्यामफोर्ड ब्रिजमा खेलिने छ ।

चेल्सीका लागि मिडफिल्डर एन्गोलो कान्टे टोलीमा फर्कँदै छन् भने डिफेन्डर सेजार एज्पिलिक्वेटा घाइते रहेका छन् । त्यसैले एन्टोनियो रुडिगरले यस खेलमा स्थान पाउने देखिन्छ ।

अर्को तर्फ युनाइटेडका लागि मिडफिल्डर मरोएने फेलाइनी टोलीमा फर्कँदै छन् । त्यस्तै जेसे लिन्गार्ड भने सामान्य चोटका कारण खेलमा सहभागी नहुने देखिन्छ ।

ठूला खेलहरुमा युनाइटेडका प्रशिक्षक जोसे मौरिन्होले रक्षात्मक खेल खेल्ने भएकाले अवे टोलीबाट सोहि शैलीको अपेक्षा गर्न सकिन्छ । दुई लगातार हारपछि दुई खेल जितेको चेल्सी भने लिगमा आफ्नो जितको यात्रालाई निरन्तरता दिन खोज्ने छ ।

युनाइटेडले प्रिमियर लिगका पछिल्ला ३८ खेलमा तीन खेलमा मात्र पराजय भोगेको छ । त्यस्तै चेल्सीसँगका पछिल्ला ६ खेलमा भने युनाइटेड एकमा मात्र जित दर्ता गर्न सफल रहेको छ ।

December 10, 2025

बायर्न र बार्सिलोनाको जित

एजेन्सी – च्याम्पियन्स लिगमा मंगलवार बार्सिलोना, बायर्न म्युनिख, लिभरपुल, एट्लेटिको म्याड्रिड विजयी भएका छन्। चेल्सी, इन्टर मिलान पराजित भएको छ। बायर्नले स्पोर्टिङ सिपीलाई ३-१ ले हरायो।  सुरुवाती अग्रता स्पोर्टिङले लियो। ५४औँ मिनेटमा जोशुआ किमिचको आत्मघाती गोलबाट स्पोर्टिङले अग्रता बनाएको हो। तर त्यसपछि बायर्नले दबाब बढाउँदै खेल आफ्नो पक्षमा पार्यो । ६५औँ मिनेटमा सर्ज ग्नाब्रीले नजिकैबाट […]

December 9, 2025

म्यानचेस्टर युनाइटेडको जित

एजेन्सी – म्यानचेस्टर युनाइटेडले वुल्भरह्याम्पटन वान्डरर्स (वुल्भ्स) लाई सोमवार ४-१ ले हराउँदै प्रिमियर लिग अंकतालिकाको छैटौँ स्थानमा उक्लिएको छ। मोलिनक्समा भएको खेलको पहिलो हाफमा रुबेन आमोरिमको टोलीले राम्रो सुरुआत गरेको थियो। २५औँ मिनेटमा कप्तान ब्रुनो फर्नान्डेसको गोलले युनाइटेडले अग्रता लियो । तर इन्जुरी समयको दोस्रो मिनेटमा जाँ रिक्नर बेलगार्डले गोल गरेपछि पहिलो १-१ को बराबरीमा […]

December 8, 2025

मनाङले पनि राष्ट्रिय लिग खेल्ने!

काठमाडौं (हाम्रो खेलकुद)- मनाङ मर्स्याङ्दी क्लबले अर्को महिना सुरु हुने राष्ट्रिय लिग खेल्नका लागि अखिल नेपाल फुटबल संघ (एन्फा) ढिला गरि दर्ताको गरेको छ ।‌ पुस २५ गते सुरु गर्ने भनिएको राष्ट्रिय लिगका लागि एन्फाले आइतवार (मंसिर २१) गतेसम्मको समय तोकेको थियो। एन्फाका सहायक महासचिव समेत रहेका विजय घलले क्लब दर्ताका लागि आज एन्फालाई पत्र […]

Success

Thank you for your time.