default_image

8 years ago

November 5, 2017

रियल म्याड्रिड लास पाल्मासको सामना गर्दै

131 views

0 Bookmark

म्याड्रिड (एजेन्सी) – स्पेनिश ला लिगाको चौथो स्थानमा रहेको साविक विजेता रियल म्याड्रिड आज १९ औं स्थानमा रहेको लास पाल्मासको सामना गर्दै छ । रियल म्याड्रिडको घरेलु मैदान स्यान्टियागो बर्नबाउमा खेलिने यस खेल नेपाली समय अनुसार रातिको १.३० बजे सुरु हुने छ ।

रियल म्याड्रिडका गोलकिपर केलर नाभास यस खेलमा घाइते रहेका कारण किको क्यासिल्लाले उनको स्थान लिने देखिन्छ । त्यस्तै राफायल भरान र ग्यारेथ बेल पनि घाइते रहेकाले खेलमा सहभागी हुने छैनन् । लास पाल्मासका तर्फबाट जोनाथन भियरा घाइते छन् भने एलेन हालिलोभिच पनि चोटग्रस्त छन् ।

रियल म्याड्रिडले आफ्नो पछिल्लो घरेलु खेल जिरोनासँग गुमाएको थियो भने च्याम्पियन्स लिगमा पनि टोटनह्याम विरुद्ध पराजय भोगेको थियो । त्यसैले आज निकै खराब लयबाट गुज्रिरहेको लास पाल्माससँग रियललाई जित अति आवश्यक देखिन्छ ।

लिगमा लगातार ६ हार बेहोरेको लास पाल्मासले रियललाई आफ्नो पछिल्ला ५ खेलमा हराउन सकेको छैन भने रियल पछिल्ला २९ मध्ये २७ घरेलु खेलहरुमा अपराजित रहेको छ ।

ला लिगामा खेलिने अन्य खेलहरु:

लेभान्टे विरुद्ध जोरोना – ४.४५ बजे

सेल्टा भिगो विरुद्ध एथ्लेटिक बिल्बाओ – ९ बजे

रियल सोसिएडाड विरुद्ध एबार – ११.१५ बजे

भिल्लारियल विरुद्ध मालागा – ११.१५ बजे

December 10, 2025

बायर्न र बार्सिलोनाको जित

एजेन्सी – च्याम्पियन्स लिगमा मंगलवार बार्सिलोना, बायर्न म्युनिख, लिभरपुल, एट्लेटिको म्याड्रिड विजयी भएका छन्। चेल्सी, इन्टर मिलान पराजित भएको छ। बायर्नले स्पोर्टिङ सिपीलाई ३-१ ले हरायो।  सुरुवाती अग्रता स्पोर्टिङले लियो। ५४औँ मिनेटमा जोशुआ किमिचको आत्मघाती गोलबाट स्पोर्टिङले अग्रता बनाएको हो। तर त्यसपछि बायर्नले दबाब बढाउँदै खेल आफ्नो पक्षमा पार्यो । ६५औँ मिनेटमा सर्ज ग्नाब्रीले नजिकैबाट […]

December 9, 2025

म्यानचेस्टर युनाइटेडको जित

एजेन्सी – म्यानचेस्टर युनाइटेडले वुल्भरह्याम्पटन वान्डरर्स (वुल्भ्स) लाई सोमवार ४-१ ले हराउँदै प्रिमियर लिग अंकतालिकाको छैटौँ स्थानमा उक्लिएको छ। मोलिनक्समा भएको खेलको पहिलो हाफमा रुबेन आमोरिमको टोलीले राम्रो सुरुआत गरेको थियो। २५औँ मिनेटमा कप्तान ब्रुनो फर्नान्डेसको गोलले युनाइटेडले अग्रता लियो । तर इन्जुरी समयको दोस्रो मिनेटमा जाँ रिक्नर बेलगार्डले गोल गरेपछि पहिलो १-१ को बराबरीमा […]

December 8, 2025

मनाङले पनि राष्ट्रिय लिग खेल्ने!

काठमाडौं (हाम्रो खेलकुद)- मनाङ मर्स्याङ्दी क्लबले अर्को महिना सुरु हुने राष्ट्रिय लिग खेल्नका लागि अखिल नेपाल फुटबल संघ (एन्फा) ढिला गरि दर्ताको गरेको छ ।‌ पुस २५ गते सुरु गर्ने भनिएको राष्ट्रिय लिगका लागि एन्फाले आइतवार (मंसिर २१) गतेसम्मको समय तोकेको थियो। एन्फाका सहायक महासचिव समेत रहेका विजय घलले क्लब दर्ताका लागि आज एन्फालाई पत्र […]

Success

Thank you for your time.