default_image

6 years ago

August 8, 2018

‘कोस्टालाई बेच्नु कोन्टेको ठूलो गल्ति’ – विलियन

29 views

0 Bookmark

लन्डन (एजेन्सी) – चेल्सी स्टार विलियनले पछिल्लो सिजन एन्टोनियो कोन्टेले डिएगो कोस्टालाई टोलीबाट बाहिर पठाउने निर्णयको आलोचना गरेका छन् । कोन्टेको हठमा क्लबबाट बाहिरिनु अघि स्पेनका अन्तर्राष्ट्रिय खेलाडी कोस्टाले स्टाम्फोर्ड ब्रिजमा रहेर दुई प्रिमियर लिग उपाधि समेत जितेका थिए ।

इटालियन प्रशिक्षक कोन्टेले कोस्टालाई टोलीमा बस्न आवश्यक नरहेको भन्दै संदेश पठाएपछि सेप्टेम्बरमा उनि एटलेटिको म्याड्रिड गएका थिए । त्यससमय एटलेटिको ट्रान्सफर प्रतिबन्धमा रहेका कारण कोस्टाले एटलेटिकोको टोलीमा खेल्न जनवरीसम्म प्रतिक्षा गर्नुपारेको थियो । कोन्टेको यस निर्णयप्रति असहमति देखाउँदै विलियनले प्रशिक्षकले गल्ति गरेको धारणा राखे ।

एक टेलिभिजन च्यानलसंगको कुराकानीमा उनले भने, “कोन्टेको डेभिड लुईज र कोस्टा दुवैसंग राम्रो सम्बन्ध थिएन। मलाई याद छ डिएगो कोस्टामाथि यो घटनाहुँदा म ब्राजिलको टोलीसंग अष्ट्रेलियामा थिएँ र कोस्टाले मलाई यो घटना बताएका थिए, ‘विलियनले थपे,’कोस्टाले मलाई आफू टोली छाड्न लागेको र प्रशिक्षक कोन्टेले टोलीमा मेरो काम नरहेको कुरा गरेको बताए । ‘

‘डिएगो कोस्टा जस्तो खेलाडी गुमाउनु ठुलो गल्ति हो । त्यो एउटा अफ्ठ्यारो परिस्थिति थियो,’ विलियनले थपे । चार वर्षको अवधिमा ला लिगा र युरोपा लिग विजेता तथा च्याम्पियन्स लिगको फाइनल पुगिसकेको क्लबमा फर्किनुअघि कोस्टाले इंग्लिस टोलीका लागि १२० खेलमा ५८ गोल गरेका थिए। चेल्सीले कोस्टा गुमाउनु गल्ति भएको धारणा दिने विलियन पहिलो व्यक्ति भने होइनन् । क्लबका महान् खेलाडी फ्रान्क लाम्पार्डले यसअघि नै यसबिषयमा बोलेका थिए ।

May 18, 2024

काठमाडौंलाई गोदावरी मेयर कप फुटबल उपाधि

ललितपुर (हाम्रो खेलकुद) – काठमाडौं महानगरपालिकाले गोदावरी प्रथम उपत्यकाब्यापी अन्तर पालिका मेयर कप फुटबल प्रतियोगिताको उपाधि जितेको छ । प्रस्तावित गोदावरी बहुउदेश्यीय रंगशालाको झ्यालुन्टार मैदानमा शनिबार भएको फाइनलमा चन्द्रागिरी नगरपालिकालाई २–१ गोल अन्तरले हराउँदै काठमाडौं च्याम्पियन बनेको हो । काठमाडौंका लागि अखिलेष कार्की र दीपेश श्रेष्ठले गोल गरे । उपाधिका साथ काठमाडौंले ५ लाख रुपैयाँ […]

May 18, 2024

पूर्वेली रातो दुर्गादेवी श्रेष्ठ स्मृति भेट्रान्सको फाइनलमा

हिमाल खरेल, बिर्तामोडआयोजक पूर्वेली युवा क्लब रातो बिर्तामोडमा जारी स्वर्गीय दुर्गादेवी श्रेष्ठ स्मृति भेट्रान्स फुटबल प्रतियोगिताको फाइनलमा प्रवेश गरेको छ । बिर्तामोडको डोमालाल राजवंशी रंगशालामा आज भएको अन्तिम सेमिफाइनल खेलमा मोरङको विराट मेगा भेट्रान्स एफसीलाई ५–० ले पराजित गर्दै आयोजक रातो उपाधिनजिक पुगेको हो । जितसँगै आयोजक पूर्वेलीका दुवै टिम फाइनलमा पुगेका छन् । दुवै […]

May 18, 2024

बायर लेभरकुसेन लिग सिजनभर अपराजित

एजेन्सी – बायर लेभरकुसेनले जर्मन शीर्ष डिभिजन बुन्डेसलिगाको २०२३-२४ सिजन भर अपराजित रहँदै लिग उपाधि जितेको छ । लेभरकुसेनले ३४ खेलको लिग सिजन भर कुनै पनि खेलमा हार नबेहोरी लिग सिजन समाप्त गरेको हो । शनिवार भएको लिगको अन्तिम खेलमा लेभरकुसेनले आउसवर्ग माथि २-१ को जित निकाल्दै अपराजित रहेको हो । लेभरकुसेनले ३४ खेलमा २८ […]

Success

Thank you for your time.