default_image

6 years ago

August 8, 2018

आलोचनाका बाबजुद बार्सिलोनाले किन भिडाल रोज्यो? (विश्लेषण)

19 views

0 Bookmark

बार्सिलोना (एजेन्सी) – बायर्न म्युनिखबाट बार्सिलोना आएका आर्टुरो भिडालको बिषयलाई लिएर बार्सिलोनामा आलोचना सुरु भएको छ । धेरै आलोचना न्यायसंगत छन् त कति छैनन् । रोमाबाट माल्कम लिएजसरि नै इन्टर मिलानसंग सम्झौता हुनैलाग्दा भिडाललाई आफ्नो टोलीमा लिएपछि बार्सिलोनामा अझ आलोचना बढेको हो ।

यस किसिमको खेलाडी सम्झौता गर्ने प्रक्रियाले बार्सिलोनाको ब्यापार नीतिमाथि प्रश्न उठ्न समेत थालेको छ । त्यसैमाथि चोटका कारण चार महिनासम्म खेलबाट टाढा रहेका ३१ बर्षिय भिडाललाई २० मिलियन युरो खर्चिनु बार्सिलोनाको मिडफिल्डर छनौट अभ्यास होइन । पछिल्ला ५ बर्षदेखि लगातार रुपमा खेलिरहेका भिडालले अघिल्लो सिजन बायर्नका लागि चोटकै कारण १५ खेल गुमाएका थिए । यध्यपी बार्सिलोनाबाट बिदा भैसकेका पौलिन्होले अन्तिम सिजन प्राप्त गरेको सफलताबाट प्रभावित भएका प्रशिक्षक अर्नेस्टो भाल्भार्ड़ेले ब्राजिलियन पौलिन्होको स्थानमा भिडाललाई रुचाएको मानिन्छ।

भिडालको टोलीमा आगमनका बिषयमा बोल्दै प्रशिक्षक भाल्भार्ड़ेले भने, ‘भिडाल एक त्यस्ता खेलाडी हुन् जसले मिडफिल्डमा आवश्यक उर्जा ल्याउने छन् । उनले आफ्ना अघिल्ला टोलीका लागि खेलेका खेलहरुको संख्या धेरै राम्रो छ । उनि मैदानमा हराउने खेलाडी हैनन् र उनि एक योद्धा हुन्, ‘ भाल्भार्ड़ेले थपे, ‘उनको भूमिका अन्तिम सिजनमा पौलिन्होको जस्तै हो । भिडालसंग अहिले उपलब्धभएको भन्दा फरक कला छ र त्यो महत्वपूर्ण पक्ष हो । अघिल्लो सिजन समेत पौलिन्होको विषयमा लिएर धेरै आलोचना भएको थियो तर उनले हाम्रोलागि उत्कृस्ट खेल प्रदर्शन गरे। ‘

विश्व फुटबलका अब्बल व्यवस्थापकहरु जर्ज साम्पाओली, पेपे ग्वार्डीओला, कार्लो एन्चेलोटी, जुप हाइन्कास, मस्सिमिलियानो एल्लेग्री र आन्टोनियो कोन्टेसंग काम गरिसकेका भिडालले नयाँ क्लबमा समेत सफलता हात पार्ने आशा राखेका छन्। भिडालले भने, ‘यो एउटा सपना हो । म मेरो उदेश्य पुरा गर्ने आशा राख्दछु । म यहाँ भएजति सबै ट्रफी जित्न आएको हो र म मैदानमा यसको लागि जे गर्नपनि तयार छु ।’ पूर्णरुपमा फिट रहेका बखत भिडाल युरोपकै उत्कृष्ट मध्यका मिडफिल्डरका रुपमा गनिन्छन् । त्यसै कारणले पनि बायर्न छाडेर बार्सिलोना आएका भिडालको निर्णयलाई उत्सुकतापूर्वक हेरिएको छ ।

भिडालको तिब्रता, आक्रामक शैली र पूर्ण प्रतिबद्ध हुने बानीले गर्दा नै उनले टोलीमा सफलता पाएका छन् । अर्को पक्षबाट हेर्ने हो भने, दुई पटक कोपा अमेरिका बिजेता बनेका भिडालको अघिल्लो सिजन बायर्नका लागि बल पासिङको तथ्यांकले उनको गुणस्तर बताउँछ । १५ वा धेरै खेलमा सुरुवाती ११ मा रहेका मिडफिल्डर मध्ये सबैभन्दा बल पास गर्नेको सुचिमा भिडाल ९०.७ % सफल अंक सहित १० औं स्थानमा रहे । यस्तै लामो दुरीको पास गर्ने खेलाडीको सुचिमा उनी पाँचौं (७९.८%) र सटिक अट्याकिंग पास गर्ने मध्ये सातौँ (८४.५%) परेका थिए । भिडालको अर्को सबल पक्ष भनेको डिफेन्डरलाई छल्दै बीचबाट अट्याक बनाउन सक्नु समेत हो ।

चिलीका लागि खेलेका १०० खेलमा उनले २४ पटक गोलपोस्टको दिशा भेटेका छन् । बलको दुवै भागबाट योगदान गर्न सक्ने खेलाडीका रुपमा हेरिएका भिडाल चल्न सकेमा बार्सिलोनाका लागि पौलिन्होको उत्कृष्ट प्रतिस्थापक बन्न सक्छन् । उनको उपस्थितिले सर्जियो बुस्केट्स, इभान राकिटिक र फिलिप कौटिन्होलाई समेत सहयोग पुग्नेछ । बिभिन्न आलोचनाका बीच समेत भिडालको आगमनले बार्सिलोनाका समर्थकलाई उत्सुकहुने धेरै कारण दिएको छ। भिडाल फिट रहन सकेमा २०१८-१९ को ला लिगामा छाप छोड्नेमा विश्वस्त रहन सकिन्छ ।

May 18, 2024

काठमाडौंलाई गोदावरी मेयर कप फुटबल उपाधि

ललितपुर (हाम्रो खेलकुद) – काठमाडौं महानगरपालिकाले गोदावरी प्रथम उपत्यकाब्यापी अन्तर पालिका मेयर कप फुटबल प्रतियोगिताको उपाधि जितेको छ । प्रस्तावित गोदावरी बहुउदेश्यीय रंगशालाको झ्यालुन्टार मैदानमा शनिबार भएको फाइनलमा चन्द्रागिरी नगरपालिकालाई २–१ गोल अन्तरले हराउँदै काठमाडौं च्याम्पियन बनेको हो । काठमाडौंका लागि अखिलेष कार्की र दीपेश श्रेष्ठले गोल गरे । उपाधिका साथ काठमाडौंले ५ लाख रुपैयाँ […]

May 18, 2024

पूर्वेली रातो दुर्गादेवी श्रेष्ठ स्मृति भेट्रान्सको फाइनलमा

हिमाल खरेल, बिर्तामोडआयोजक पूर्वेली युवा क्लब रातो बिर्तामोडमा जारी स्वर्गीय दुर्गादेवी श्रेष्ठ स्मृति भेट्रान्स फुटबल प्रतियोगिताको फाइनलमा प्रवेश गरेको छ । बिर्तामोडको डोमालाल राजवंशी रंगशालामा आज भएको अन्तिम सेमिफाइनल खेलमा मोरङको विराट मेगा भेट्रान्स एफसीलाई ५–० ले पराजित गर्दै आयोजक रातो उपाधिनजिक पुगेको हो । जितसँगै आयोजक पूर्वेलीका दुवै टिम फाइनलमा पुगेका छन् । दुवै […]

May 18, 2024

बायर लेभरकुसेन लिग सिजनभर अपराजित

एजेन्सी – बायर लेभरकुसेनले जर्मन शीर्ष डिभिजन बुन्डेसलिगाको २०२३-२४ सिजन भर अपराजित रहँदै लिग उपाधि जितेको छ । लेभरकुसेनले ३४ खेलको लिग सिजन भर कुनै पनि खेलमा हार नबेहोरी लिग सिजन समाप्त गरेको हो । शनिवार भएको लिगको अन्तिम खेलमा लेभरकुसेनले आउसवर्ग माथि २-१ को जित निकाल्दै अपराजित रहेको हो । लेभरकुसेनले ३४ खेलमा २८ […]

Success

Thank you for your time.