default_image

6 years ago

August 24, 2018

बायर्नका मालिकमाथि लेवान्डोस्कीको आक्रोश

20 views

0 Bookmark

म्युनिख (एजेन्सी) – फरवार्ड रोबर्ट लेवान्डोस्कीले सिजनको सुरुवातमा बायर्न म्युनिखका शीर्ष पदाधिकारीले आफूलाई वास्ता नगरेको आक्रोश पोखेका छन् । उनले आफु समर्थकहरुको लागि मात्र क्लबमा बसेको समेत बताए ।

पछिल्लो सिजनको च्याम्पियनस लिगमा रियल म्याड्रिडविरुद्ध गोल गर्न नसक्दा आफूले खेपेको आलोचनामा क्लबले बेवास्ता गरेको लेवान्डोस्कीको आरोप छ । त्यस खेल यताभने उनले उत्कृष्ट प्रदर्शन गर्दै आएका छन् । यस सिजनको सुरुवाती दुई प्रतिस्पर्धामा समेत उनले ४ गोल गरीसकेका छन् ।

कुराकानीका क्रममा उनले भने, ‘गत अप्रिल र मे महिनामा धेरैले मेरो आलोचना गरे । र त्यस समय म एक्लो थिएँ, क्लबले मलाई कुनै साथ दिएन । मैले २-३ वटा महत्वपूर्ण खेलमा गोल गर्न नसक्दा धेरैले मेरो विपक्षमा बोलेका थिए । कसैलेपनि त्यो समयमा मेरो साथ निभाएनन्, क्लबका कुनै मालिकले पनि मलाइ सहयोग गरेनन । त्यो समयदेखि मलाइ म्युनिखमा बस्न मन थिएन।”

बायर्न म्युनिखका समर्थकहरुको समर्थन र सहयोगले मात्र आफु क्लबमा बसेको उनले बताए । पोलिस स्ट्राइकर भन्छन्, “मैले याद गरेको थिएँ कि बायर्न समर्थकहरु मेरो पक्षमा थिए । उनीहरु मलाई बायर्नमा नै हेर्न चाहन्छन् र उनीहरुको खुशी तोड्न सक्दिन ।’

May 15, 2024

रियल म्याड्रिडको सानदार जित

एजेन्सी – लिग उपाधि जितिसकेको रियल म्याड्रिडले लालिगा अन्तर्गत गएराती सम्पन्न खेलमा देपोर्तिभो अलाभेस माथि सानदार जित दर्ता गरेको छ । रियलले अलाभेस माथि ५-० को फराकिलो जित निकालेको हो । खेलको १०औं मिनेटमा जुड बेलिङ्घमले रियाललाई अग्रता दिलाएका थिए । बक्स भित्रबाट उनले खेलेको क्रस गोलमा परिणत भएको थियो । २७औं मिनेटमा भिनिसियस जुनियरले […]

May 15, 2024

टोटनहमलाई हराउँदै म्यानचेस्टर सिटी शीर्षस्थानमा

एजेन्सी – इंग्लिस प्रिमियर लिगको उपाधि होडको दौड अन्तिम चरण सम्म रहने भएको छ‌। यो सिजन लिगको अन्तिम दिन मात्र उपाधिको टुंगो लाग्नेछ। शीर्षस्थानको म्यानचेस्टर सिटी र दोस्रो स्थानको आर्सनलबीच २ अंकको‌ अन्तर छ। इर्लिङ हालान्डले २ गोल गरेपछि मंगलबार टोटनहमलाई २-० ले हराउँदै सिटी शीर्षस्थानमा उक्लिएको हो।५१ औं मिनेटमा केभिन डि ब्रुएनेको‌ सानदार क्रसमा […]

May 14, 2024

टोटेनहम र म्यानचेस्टर सिटी भिड्दै

एजेन्सी – इंग्लिस प्रिमियर लिगको २०२३/२४ सिजनको उपाधिका लागि महत्वपूर्ण खेलमा आज म्यानचेस्टर सिटीले टोटेनहम हटस्परको घरेलु मैदानको यात्रा गर्दैछ । खेल आज राति १२:४५ बजे टोटेनहम हटस्पर स्टेडियममा सुरु हुनेछ । लगातार चार पटक उपाधि जित्ने लक्ष्यमा रहेको सिटीलाई आजको खेल जित्नै पर्ने दबाब छ । दोस्रो स्थानमा रहेको सिटी आर्सनल भन्दा १ अंकले […]

Success

Thank you for your time.