default_image

6 years ago

September 6, 2018

नेपालले रोक्नुपर्ने भुटानका ‘सी जी सेभेन’

29 views

0 Bookmark

दीपेन्द्र पोखरेल

टेक्सास, अमेरिका – बंगलादेशमा जारी साफ च्याम्पियनसिपअन्तर्गत समूहको दोस्रो खेलमा नेपालले भुटानको सामना गर्दैछ । दुवै टोली आ-आफ्नो पहिलो खेलमा पराजित भएको हुनाले प्रतियोगिताको अर्को चरणमा पुग्ने सम्भावना कायम राख्न दुवै टोलीलाई जित आवश्यक छ ।

भुटानको फुटबल पछिल्लो समय उकालो लाग्ने क्रममा छ । ठिक उल्टो नेपाली फुटबलले भने सफलता हासिल गर्न सकेको छैन । पछिल्लो समय एसियन कप छनोट र एसियाली खेलकुदमा नेपालको प्रदर्शन अपेक्षाकृत हुन सकेको छैन । जारी प्रतियोगिताको पहिलो खेलमा पनि नेपाल पाकिस्तानसँग पराजित भएपछि नेपाललाई थप समस्या परेको छ । भुटान नेपालको यो समस्यालाई अझै जटिल बनाउने प्रयासमा हुनेछ । यसका लागि टोलीसँग बलियो हतियारका रुपमा फरवार्ड चेन्चो ग्याल्सेन रहेका छन् ।

चेन्चो हाल भारतको बेंगलुरु एफसीमा आबद्ध छन् । उनले यसै सिजन मात्र उक्त क्लबसँग अनुबन्धन गरेका थिए । उनले जर्सी नम्बर सात प्रयोग गर्ने हुनाले उनी समर्थकमाझ ‘सि जी ७’ को नामले प्रख्यात छन् । भुटानको फुटबलका नयाँ स्टार उनले दक्षिण एसियाली फुटबलमा आफ्नो बेग्लै पहिचान बनाइसकेका छन् । उनले भुटानको घर्लु फुटबल हुँदै भारतीय फुटबलमा आफुलाई स्थापित गराइसकेका छन् । सम्भवत भुटानको अहिलेसम्मकै सबैभन्दा ठूलो स्टारका रुपमा उनि अगाडी आएका छन् ।

पछिल्लो सिजन उनी भारतको आईलिगमा मिनेर्भा पन्जाबबाट खेलेका थिए । नेपाली राष्ट्रिय टोलीका गोलरक्षक किरण चेम्जोङ र उनले एकै क्लबबाट खेलेका थिए । मिनेर्भालाई लिग उपाधि दिलाउँदा चेन्चो क्लबका सर्वाधिक गोलकर्ता थिए । उनको उत्कृष्ट प्रदर्शनबाट प्रभावित भएर नै बेंगलुरुले उनलाई क्लबमा अनुबन्धन गरेको हो । उनले राष्ट्रिय टोलीका लागि पनि राम्रो प्रदर्शन गर्दै आएका छन् ।

भुटानले समूहको पहिलो खेलमा बंगलादेशसँग २-० को हार बेहोर्दा पनि चेन्चोले केहि मौका पाएका थिए । तर त्यसको सदुपयोग गर्न नसक्दा टोलीले सहजै हार बेहोर्नुपर्यो । भुटानले चेन्चोमाथि धेरै भर गरेको छ र उनलाई अब त्यसको दबाब पनि पारेको छ । उनले अपेक्षा अनुसार नतिजा निकाल्न नेपालविरुद्ध बलियो प्रदर्शन गर्ने सम्भावना छ । नेपालको गोलरक्षक किरणसँग धेरै समय बिताएका कारण पनि उनलाई किरणको कमजोर पक्ष थाहा हुन सक्छ । ठिक उल्टो, किरणलाई पनि चेन्चोबारे राम्रो जानकारी छ ।

चेन्चो मुख्य फरवार्ड अथवा राइट विङ्गसको भूमिकामा अब्बल छन् । नेपाली डिफेन्स पछिल्लो खेलमा केहि फितलो रहेपछि पाकिस्तानले २-१ को जित दर्ता गरेको थियो । भुटानविरुद्ध डिफेन्सले सोहि किसिमको गल्ति दोहोर्याउनु हुँदैन । इतिहास हेर्ने हो भने नेपालले अहिलेसम्म साफ च्याम्पियनसिपमा भुटानविरुद्ध हार बेहोरेको छैन । यहाँसम्म कि बराबरी पनि भएको छैन । सबै खेल जितेको छ । तर चेन्चो नेपालको लागि खतरा बन्न सक्छन् । प्रशिक्षक बालगोपाल महर्जनले डिफेन्सलाई विशेष भूमिका दिएर उनीमाथि नजर राख्न बताउन सक्छन् ।

नेपाल विरुद्ध भुटान : खेलको जानकारी

May 21, 2024

इंग्ल्याण्डको यूरो कपका लागि प्रारम्भिक टोली सार्वजनिक 

एजेन्सी – ग्यारेथ साउथगेटले युरो २०२४ का लागि आफ्नो ३३ खेलाडीको प्रारम्भिक इंग्ल्याण्ड टोली सार्वजनिक गरेका छन् । तीन वर्ष अघि घरेलु भूमिमा फाइनलमा पराजित इंग्ल्याण्ड यस पटक पनि उपाधि दावेदारको रुपमा रहेको छ ।  पछिल्लो केहि वर्षमा टोलीको महत्वपुर्ण खेलाडीका रुपमा रहेका मार्कस रासफोर्ड, जोर्डन हेन्डरसन र रहिम स्टर्लिङ यसपटक भने टोलीमा परेका छैनन् […]

May 21, 2024

रोनाल्डो व्यक्तिगत छैठौँ यूरो कपको प्रारम्भिक टोलीमा 

एजेन्सी – स्टार खेलाडी क्रिस्टियनो रोनाल्डो व्यक्तिगत छैठौँ  युरोपियन च्याम्पियनसिपका लागि पोर्चुगलको प्रारम्भिक टोलीमा परेका छन् । सन् २०१६ को युरोपियन च्याम्पियनसिपमा पोर्चुगलले उपाधि जित्दा नेतृत्व गरेका क्रिस्टियानो रोनाल्डोलाई युरो २०२४ का लागि रोबर्टो मार्टिनेजको २६ सदस्यीय टोलीमा समावेश गरेका हुन् । ३९ वर्षिय रोनाल्डो प्रतियोगितामा १४ गोलसहित कीर्तिमान गोलकर्ता हुन् भने उनले प्रतियोगितामा सबैभन्दा […]

May 21, 2024

समाज कल्याण चौथो स्थानमा उक्लियो

काठमाडौं (हाम्रो खेलकुद) – समाज कल्याण खेलकुद केन्द्र क्लब जारी सहिद स्मारक सि डिभिजन लिगको चौथो स्थानमा उक्लिएको छ । मंगलवार भएको दिनको दोस्रो खेलमा सानेपा क्लबलाई ४-० ले हराउँदै तालिकाको शीर्ष स्थानमा उक्लिएको हो । जित हासिल गरेको समाज कल्याणको ९ खेलमा १६ अंक भएको छ । पराजित सानेपाको समान ९ खेलमा ११ अंक […]

Success

Thank you for your time.