default_image

6 years ago

September 6, 2018

साफ सुजुकी कप –बंगलादेश सेमिफाइनल नजिक, समिकरण अझै खुला

17 views

0 Bookmark

प्रकाश तिमल्सिना
ढाका – नेपाल रहेको साफ सुजुकी कप (साफ च्याम्पियनसिप) को समूहमा आयोजक बंगलादेशले लागतार दोस्रो खेल जितेको छ । बंगलादेशले बिहीबार पाकिस्तानलाई १–० ले हराउँदै अघिल्लो चरणो यात्राको सम्भावनालाई सहज बनाएको छ ।

खेल सकिन ५ मिनेट अघि टोपु बरमानले हेडमार्फत गोल गर्दै बंगलादेशलाई अग्रता दिलाएका थिए । त्यहि गोल खेलको निर्णायक बन्यो । त्यसअघि नेपालले भुटानमाथि ४–० को जित हासिल गर्दै अघिल्लो चरणको सम्भावनालाई जीवित राखेको थियो । यस समूहबाट सबै टोलीको सेमिफाइनल पुग्ने गणितीय सम्भावना कायम छ ।

समूहबाट बंगलादेश अघिल्लो चरण पुग्ने सम्भावना सबै भन्दा बलियो छ । नेपाल र पाकिस्तानको समान ३ अंक छ भने भुटान अंक बिहिन छ । समूह चरणको अन्तिम दिन शनिबार नेपाल र बंगलादेश तथा पाकिस्तान र भुटानबीच प्रतिस्पर्धा हुनेछ ।

अब नेपालका लागि बंगलादेशको खेल निर्णायक हुनेछ । बंगलादेश र नेपाल खेल्नुअघि सोहि दिन पाकिस्तान र भुटानबीच प्रतिस्पर्धा हुनेछ । पाकिस्तानले भुटानलाई हराएमा नेपालले बंगलादेशलाई हराउनै पर्ने बाध्यता हुनेछ । भुटानले पाकिस्तानलाई हराएको खण्डमा भने नेपालले बंगलादेशसँग बराबरी खेलेपनि अघिल्लो चरण पुग्नेछ ।

 

अंक तालिका

क्र.स.  टिम           खेल    जित     बराबर    हार          गोल        अंक
१.      बंगलादेश     २          २           १            ०          ३ -०         ६
२.      नेपाल           २         १         ०            १           ५–२          ३
३.     पाकिस्तान    २       १           १           २            २-२            ३

४.     भुटान           २         ०         ०            २           ०–६          ०

May 20, 2024

डिबाला बिना अर्जेन्टिनाको टोलीको घोषणा

एजेन्सी – अर्जेन्टिनी फुटबल एसोसिएसन (एएफए) ले आउँदो कोपा अमेरिकाका लागि सार्वजनिक गरेको प्रारम्भिक अर्जेन्टिना टोलीमा स्टार खेलाडी पाउलो डिबाला पर्न असफल भएका छन् । इटालियन टोली रोमामा आवद्ध उनी २९ जनाको प्रारम्भिक टोलीमा समेत रहन असफल रहे । डिबालाले यस सिजन रोमाका लागि ३८ खेलमा १६ गोल गरेका छन् । लिगको छैठौं स्थानमा रहेको […]

May 20, 2024

सोर्लाेथको चार गोलमा रियल म्याड्रिड रोकियो

एजेन्सी – नर्वेली फरवार्ड अलेक्जेन्डर सोर्लाेथले ह्याट्रिकसहित चार गोल गरेपछि भिल्लारियलले यो सिजनको ला लिगाको च्याम्पियन बनिसकेको रियल म्याड्रिड बराबरीमा रोक्न सफल भएको छ । खेलमा आरामदायी अग्रता लिएपनि त्यसलाई जोगाउन नसक्दा र सोर्लाेथ एक्लैले चार गोल गरेपछि रियल म्याड्रिड घरेलु टोली भिल्लारियलसँग ४–४ गोलको बराबरीमा रोकिएको हो । गोलको वर्षा भएको खेलमा रियलका अर्दा […]

May 19, 2024

म्यानचेस्टर युनाइटेडलाई प्रिमियर लिगमा आठौं स्थान

एजेन्सी – म्यानचेस्टर युनाइटेडले २०२३/२४ इंग्लिश प्रिमियर लिग सिजनको अन्त्य आठौं स्थानमा रहँदै गरेको छ । सिजनभर राम्रो लय समात्न नसकेको युनाइटेडले लज्जास्पद सिजनको अन्त्य आठौं स्थानमा गरेको हो । लिग सिजनको अन्तिम खेलमा युनाइटेडले ब्राईटन विरुद्ध २-० को जित हासिल गर्यो । युनाइटेडको जितमा डियोगो डालोट र रास्मस होईल्याण्डले एक-एक गोल गरे । युनाइटेडले […]

Success

Thank you for your time.