default_image

6 years ago

September 7, 2018

जसले एउटा खेलबाट धेरैको ध्यान खिचे

42 views

0 Bookmark

प्रकाश तिमल्सिना, ढाका

‘आइ लभ हिम ।’

पोस्ट म्याच कन्फ्रेन्समा उपस्थित पत्रकार सबै गलल्ल हासेपछि नेपाली फुटबल टोलीका प्रशिक्षक बालगोपाल महर्जनले लजाउँदै फेरि भने, ‘आइ लाइक हिम ‘

साफ सुजुकी कप (साफ च्याम्पियनसिप) मा भुटानलाई ४–० ले हराएपछि सुनील बलको बारेमा सोधिएको प्रश्नमा महर्जनको त्यो जवाफले सबैलाई हँसाएको थियो । सुनीललाई लभ वा लाइक गर्नुपर्ने महर्जनसँग पर्याप्त आधार थियो । कारण सुनीलले भुटानविरुद्ध गरेको त्यो शसक्त र छरितो प्रदर्शन ।

तस्बिर : विवेक सुवेदी / हाम्रो खेलकुद

हुन त नेपालका लागि भुटान कठिन प्रतिद्घन्द्धि होइन । तर, पनि पहिलो खेलमा पाकिस्तानसँग २–१ ले पराजित भएपछि नेपालका लागि भुटानसँगको खेल गर वा मरको अवस्थामा थियो । त्यो खेल नजित्नुको अर्थ हुन्थ्यो, साफ च्याम्पियनसिपको यात्रा फेरि एकपटक समूह चरणबाट टुंगिने खतरा हुन्थ्यो । अन्तिम खेल सम्म पनि सम्भावना जीवित राख्न भुटानलाई हराउनै पर्ने थियो । भयो पनि त्यस्तै नेपालले चाहे जस्तै नतिजा निकाल्यो । त्यसमा नेपाली टोलीले समूहगत प्रदर्शन गर्यो । त्यसको मुख्य आकर्षण भने सुनील नै रहे । ४ मध्ये ३ गोलमा उनको भुमिका रह्यो । जसमा १ गोल आफै गरे ।

मैदानमा पनि उनी छाइरहे, भुटानी रक्षापंक्तिलाई हल्लाइरहे । पहिलो हाफमै उनले आफ्नो क्षेत्रबाट विपक्षीको पेनाल्टी क्षेत्र अगाडिसम्म बल बढाउँदा नै धेरैको ध्यान आफु तिर तानिसकेका थिए । २१ औं मिनेटमा अनन्त तामाङ र ८८ औं मिनेटमा नीराजन खड्का दुवैले सुनीलकै कर्नरमा हेड गरेका थिए । ७१ औं मिनेटमा विमल घर्तिमगरको पेनाल्टीलाई भुटानका गोलकिपरले रोकेपछि त्यहि रिबाउन्डमा उनले कुनै गल्ति गरेनन् ।

तस्बिर : विवेक सुवेदी / हाम्रो खेलकुद

राष्ट्रिय टोलीका लागि उनी पहिलो गोल गर्न सफल भए । सुनीलले पहिलो रोजाईमा खेलेको त्यो पहिलो खेल थियो । यसअघि खेलमा उनी परिवर्तित खेलाडीका रुपमा मात्र मैदान प्रवेश गरेका थिए । सुनील पनि विमल, अन्जन र अनन्तकै ब्याचका खेलाडी हुन् । २०७२ भदौंमा नेपालले साफ यू १९ च्याम्पियनसिप जित्दा सुनील पनि टोलीका मुख्य खेलाडी थिए । तर, राष्ट्रिय टोली सम्म पुग्न भने उनलाई समय लाग्यो । जसरी सोही व्याचका अनन्त, अन्जन विष्ट र हेमन्त थापा मगरले साफ जिते लगत्तै राष्ट्रिय टोलीमा मौका पाए । तर, सुनीलले केहि समय कुर्नुपर्यो । विमलले भने सन् २०१४ मै सिनियर टोलीमा अवसर पाइसकेका थिए ।

भुटानविरुद्धका सशक्त प्रदर्शन गर्ने सुनील आफैलाई भने खेलको केहि अघि मात्र पहिलो रोजाईमा खेल्दैछु भने थाहा पाएका थिए । खेल पछि उनले भने, ‘टिम मिटिङ म आजै खेल्दैछु भन्ने सरबाट थाहा पाए । सरप्राइज भए । अनि लाग्यो आज जति सक्दो राम्रो खेल्नुपर्छ । त्यहि कोसिस गरे, ‘ उनले थपे, ‘टोलीका सिनियर खेलाडीबाट पनि त्यतिकै साथ पाएको सुनीलले सुनाए । सिनियर दाईहरुले राम्रो गर भनेर हौसला बढाइरहनुहुन्छ ।’

तस्बिर : विवेक सुवेदी / हाम्रो खेलकुद

रुस्लान थ्री स्टार क्लबका २० वर्षे सुनीलले सन् २०१६ मा लाओसविरुद्ध भएको मैत्रीपूर्ण खेलमा राष्ट्रिय टोलीका लागि डेब्यु गरेका थिए । यहि साता इन्डोनेसियामा सम्पन्न एसियाली खेलकुदमा टोलीमा थिए । थ्री स्टारअघि उनले उनले संकटा र सुदूरपश्चिम फुटबल क्लबबाट पनि खेलेका थिए । एउटै खेलले कुन खेलाडीलाई कत्ति लामो यात्रा तय गर्छ वा भविष्यमा कस्तो प्रदर्शन गर्छ भन्न सहजै हुँदैन । तर, जसरी सबै खाले उमेर समूह हुँदै राष्ट्रिय टोलीसम्मको यात्रा तय गरेका सुनीलले भविष्यमा नेपाली फुटबलको स्टार बन्ने सम्भावना भने देखाएका छन् । यद्दपी आउने दिनमा उनले आफुलाई थप प्रमाणित गर्नुपर्ने हुन्छ ।

May 20, 2024

डिबाला बिना अर्जेन्टिनाको टोलीको घोषणा

एजेन्सी – अर्जेन्टिनी फुटबल एसोसिएसन (एएफए) ले आउँदो कोपा अमेरिकाका लागि सार्वजनिक गरेको प्रारम्भिक अर्जेन्टिना टोलीमा स्टार खेलाडी पाउलो डिबाला पर्न असफल भएका छन् । इटालियन टोली रोमामा आवद्ध उनी २९ जनाको प्रारम्भिक टोलीमा समेत रहन असफल रहे । डिबालाले यस सिजन रोमाका लागि ३८ खेलमा १६ गोल गरेका छन् । लिगको छैठौं स्थानमा रहेको […]

May 20, 2024

सोर्लाेथको चार गोलमा रियल म्याड्रिड रोकियो

एजेन्सी – नर्वेली फरवार्ड अलेक्जेन्डर सोर्लाेथले ह्याट्रिकसहित चार गोल गरेपछि भिल्लारियलले यो सिजनको ला लिगाको च्याम्पियन बनिसकेको रियल म्याड्रिड बराबरीमा रोक्न सफल भएको छ । खेलमा आरामदायी अग्रता लिएपनि त्यसलाई जोगाउन नसक्दा र सोर्लाेथ एक्लैले चार गोल गरेपछि रियल म्याड्रिड घरेलु टोली भिल्लारियलसँग ४–४ गोलको बराबरीमा रोकिएको हो । गोलको वर्षा भएको खेलमा रियलका अर्दा […]

May 19, 2024

म्यानचेस्टर युनाइटेडलाई प्रिमियर लिगमा आठौं स्थान

एजेन्सी – म्यानचेस्टर युनाइटेडले २०२३/२४ इंग्लिश प्रिमियर लिग सिजनको अन्त्य आठौं स्थानमा रहँदै गरेको छ । सिजनभर राम्रो लय समात्न नसकेको युनाइटेडले लज्जास्पद सिजनको अन्त्य आठौं स्थानमा गरेको हो । लिग सिजनको अन्तिम खेलमा युनाइटेडले ब्राईटन विरुद्ध २-० को जित हासिल गर्यो । युनाइटेडको जितमा डियोगो डालोट र रास्मस होईल्याण्डले एक-एक गोल गरे । युनाइटेडले […]

Success

Thank you for your time.