default_image

7 years ago

September 23, 2018

इन्डोनेसिया डर्बीमा रोहितको गोल

122 views

0 Bookmark

जकार्ता (एजेन्सी) – इन्डोनेसियाली फुटबलको सबैभन्दा ठूलो डर्बी मानिने पर्सिजा जकार्ता र पर्सिब बान्डुङ बिचको खेलमा नेपाली राष्ट्रिय टोलीका सदस्य रोहित चन्दले गोल गरेका छन् । रोहितको गोलका बाबजुद उनको टोली पर्सिजा जकार्ता खेलमा ३-२ ले पराजित भयो ।

पर्सिबले खेलको २८ औं मिनेटमा एजेकेल दोउसलको गोलमा अग्रता लिएपनि जेमीले पर्सिजालाई हाफ टाइमअघि बराबरीमा ल्याएका थिए । ६० औं मिनेटमा जोनाथन बाउमनले पेनाल्टीमा गोल गर्दै पुन पर्सिबलाई अग्रता दिलाए । खेलको ६५ औं मिनेटमा फ्रिकिकमा आएको बललाई पोस्टको दिशा दिंदै रोहितले उत्कृष्ट बराबरी गोल गरेका थिए । तर खेलको अतिरिक्त समयमा बोजन मालिसिचले गोल गर्दै पर्सिबलाई ३ अंक दिलाए ।

इन्डोनेसियाको शीर्ष श्रेणीको गोजेक लिगा १ मा पर्सिजा २३ खेलमा ३६ अंकसहित छैटौं स्थानमा छ । पर्सिब भने २३ खेलमा ४४ अंकसहित शीर्ष स्थानमा इक्लिएको छ । पर्सिजाले यस खेलमा जित हात पारेको खण्डमा ३९ अंकसहित दोस्रो स्थानमा उक्लने मौका थियो । जारी सिजन रोहितले लिगमा २१ खेल खेल्दै २ गोल गरिसकेका छन् । पर्सिजामा उनको यो पाँचौ सिजन हो । उनी सन् २०१३ देखि पर्सिजमा आबद्ध छन् ।

रोहितको गोलको भिडियो :

December 7, 2025

लिभरपुललाई लिड्सले रोक्यो

एजेन्सी – प्रिमियर लिगमा शनिवार लिड्स युनाइटेडले निकै रोमाञ्चक खेलमा लिभरपुललाई ३-३ को बराबरी रोकेको छ। इन्जुरी समयको छैंटौं मिनेटमा जापानी खेलाडी एओ तानाकाले गोल गरेपछि लिड्सले एक अंक जोगाउन सफल भयो। खेलको ४८ र ५० औं मिनेटमा लिभरपुलका ह्युगो एकिटिकेले दुई गोल गर्दै टोलीलाई २–० को अग्रता दिलाए। तर लिड्सले खेलमा फर्कने प्रयास जारी […]

December 7, 2025

बार्सिलोनाको जितमा टोरेसको ह्याट्रिक

एजेन्सी – शीर्ष स्थानको बार्सिलोनाले ला लिगामा आफ्नो अग्रता थप मजबुत बनाउँने क्रममा शनिवार रियल बेटिसलाई ५-३ ले हराएको छ। रोचक खेलमा फरान टोरेसले पहिलो हाफमै ह्याट्रिक गर्दै टोलीलाई शानदार जित दिलाए। खेलमा अग्रता भने बेटिसले लियो । छैटौँ मिनेटमै एन्टोनीले नजिकैबाट गोल गर्दै १-० को अग्रता दिलाए। तर त्यो अग्रता धरै समय टिकेन। ५ […]

December 7, 2025

मेस्सीसम्मिलित इन्टर मियामीलाई एमएलएस कप

एजेन्सी – इन्टर मियामीले शनिवार भ्यानकुवर ह्वाइटक्याप्सलाई ३–१ ले हराउँदै पहिलो एमएलएस कप जितेको छ। खेलमा लियोनेल मेस्सीले दुई असिस्ट दिए। खेलको सुरुआतमै मियामीले अग्रता लियो। आठौं मिनेटमा टाडेओ आलेन्देको पास रोक्न खोज्दा भ्यानकुवरका डिफेन्डर एडियर ओक्याम्पोबाट आत्मघाति गोल भयो। त्यसपछि भ्यानकुवरले दबाब बनाउँदै ६० औं अली अहमेदमार्फत बराबरी गोल गर्‍यो। मियामीका गोलरक्षक रोको रिओस […]

Success

Thank you for your time.