default_image

6 years ago

September 23, 2018

एन्फालाई बंगबन्धु गोल्डकपको बाँकी २५ हजार डलर प्राप्त

36 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद) – अखिल नेपाल फुटबल संघ (एन्फा)ले दुई वर्षअघि बंगबन्धु गोल्डकप च्याम्पियन भएको बाँकी रकम प्राप्त गरेको छ । दुई वर्षअघि बंगबन्धु गोल्डकपको च्याम्पियन बनेपछि नेपाली टिमले दुई वर्ष वित्दासम्मा आधा रकम २५ हजार डलर मात्रै प्राप्त गरेको थियो ।

बंगलादेश फुटबल फेडेरेशन (बिएफएफ)ले पुरस्कार वापत नेपालले प्राप्त गर्नुपर्ने २५ हजार अमेरिकी डलर एन्फाको खातामा जम्मा गरिदिएको एन्फाले जनाएको छ । बाँकी रकम प्राप्त भएसँगै नेपालले अक्टोवर १ तारिखबाट शुरु हुने बंगबन्धु गोल्डकप खेल्ने निश्चित भएको छ ।

एन्फाले बाँकी रकम प्राप्त नभए अबको संस्करणमा भाग लिने बताएका थिए । च्याम्पियन नेपाल रहेको समूह ‘ए’ मा ताजिकिस्तान र प्यालेस्टाइन रहेको छ । नेपालले ताजकिस्तानसंग अक्टोबर २ मा खेल्नेछ । यस्तै नेपालले दोस्रो खेलमा प्यालेस्टाइनसंग अक्टोबर ६ मा खेल्नेछ । दुई समूहको समूह विजेता र उपविजेताले सेमिफाइनलमा स्थान बनाउने छन् ।

May 19, 2024

प्रिमियर लिग विजेताको छिनोफानो आज

एजेन्सी – इंग्लिश प्रिमियर लिग २०२३/२४ सिजनको विजेताको टुंगो आज लाग्दैछ । पछिल्लो तीन सिजनको विजेता म्यानचेस्टर सिटी र आर्सनल मध्य एक टोलीले आज लिग उपाधि उचाल्ने छ । लिग लिडर सिटीले आज ८:४५ बजे वेस्ट ह्यामसँग अन्तिम खेल खेल्दैछ । सोही समयमा दोस्रो स्थानमा रहेको आर्सनलले एभर्टनसँग खेल्दैछ । सिटीले आफु अनुकुल नतिजा निकाल्न […]

May 18, 2024

काठमाडौंलाई गोदावरी मेयर कप फुटबल उपाधि

ललितपुर (हाम्रो खेलकुद) – काठमाडौं महानगरपालिकाले गोदावरी प्रथम उपत्यकाब्यापी अन्तर पालिका मेयर कप फुटबल प्रतियोगिताको उपाधि जितेको छ । प्रस्तावित गोदावरी बहुउदेश्यीय रंगशालाको झ्यालुन्टार मैदानमा शनिबार भएको फाइनलमा चन्द्रागिरी नगरपालिकालाई २–१ गोल अन्तरले हराउँदै काठमाडौं च्याम्पियन बनेको हो । काठमाडौंका लागि अखिलेष कार्की र दीपेश श्रेष्ठले गोल गरे । उपाधिका साथ काठमाडौंले ५ लाख रुपैयाँ […]

May 18, 2024

पूर्वेली रातो दुर्गादेवी श्रेष्ठ स्मृति भेट्रान्सको फाइनलमा

हिमाल खरेल, बिर्तामोडआयोजक पूर्वेली युवा क्लब रातो बिर्तामोडमा जारी स्वर्गीय दुर्गादेवी श्रेष्ठ स्मृति भेट्रान्स फुटबल प्रतियोगिताको फाइनलमा प्रवेश गरेको छ । बिर्तामोडको डोमालाल राजवंशी रंगशालामा आज भएको अन्तिम सेमिफाइनल खेलमा मोरङको विराट मेगा भेट्रान्स एफसीलाई ५–० ले पराजित गर्दै आयोजक रातो उपाधिनजिक पुगेको हो । जितसँगै आयोजक पूर्वेलीका दुवै टिम फाइनलमा पुगेका छन् । दुवै […]

Success

Thank you for your time.