default_image

6 years ago

September 24, 2018

रोनाल्डो फिफा बेस्टमा उपस्थित नहुने सम्भावना

18 views

0 Bookmark

टुरिन (एजेन्सी) – अघिल्लो वर्षको उपाधि विजेता क्रिस्टियानो रोनाल्डो यस वर्ष भने लण्डनमा हुने ‘फिफा बेस्ट अवार्ड’ मा उपस्थिती नजनाउने सम्भावना रहेको छ। 

ronaldo

लगातार तेस्रो पटक फिफाको यस अवार्डमा वेस्ट पुरुष खेलाडी बनेका रोनाल्डो यसपटक पनि मनोनयनमा छन् । लिभरपुलका मोहम्मद सलाह र रियल म्याड्रिडका लुका मोड्रिकसंगै रोनाल्डो पनि उत्कृष्ट खेलाडीको मनोनयनमा परेका हुन् । बार्सिलोनाका फरवार्ड लियोनल मेस्सी भने यो वर्ष मनोनयनमा पनि परेनन् । सुरुआतमा उपस्थी हुने भनेपनि ‘पारिवारिक समस्या’ देखाउँदै मेस्सी पनि उक्त समारोहमा उपस्थित नहुने भएका छन् ।

रोनाल्डो भने आज राती लण्डनमा हुने समारोहमा नजाने खबर स्काईस्पोर्ट्सले जनाएको छ । सम्हारोहमा जानु भन्दा उनले युभेस्टससँग बसेर अन्य खेलमा ध्यान दिन महत्वपूर्ण मानेको स्काईस्पोर्ट्सले जनाएको हो । विगत १० वर्ष यता रोनाल्डो र मेसीबीच बाँडिएको यस उपाधिले यसपटक भने नँया विजेता पाउने प्रवल सम्भावना छ । क्रोएसियाका मिडफिल्डरलाई यसपटक बलियो दावेदारको रुपमा हेरिएको छ ।

फिफाले हरेक वर्ष उत्कृष्ट पुरुष तथा महिला खेलाडीका साथै उत्कृष्ट महिला-पुरुष प्रशिक्षक, उत्कृष्ट गोलकिपर, फिफा फेयर प्ले, फिफा पुस्कास, फिफा फ्यान अवार्ड र फिफाप्रो विश्व ११ गर्दै ९ विधामा  खेलाडी तथा प्रशिक्षकलाई पुरस्कृत गर्दै आएको छ ।

May 19, 2024

प्रिमियर लिग विजेताको छिनोफानो आज

एजेन्सी – इंग्लिश प्रिमियर लिग २०२३/२४ सिजनको विजेताको टुंगो आज लाग्दैछ । पछिल्लो तीन सिजनको विजेता म्यानचेस्टर सिटी र आर्सनल मध्य एक टोलीले आज लिग उपाधि उचाल्ने छ । लिग लिडर सिटीले आज ८:४५ बजे वेस्ट ह्यामसँग अन्तिम खेल खेल्दैछ । सोही समयमा दोस्रो स्थानमा रहेको आर्सनलले एभर्टनसँग खेल्दैछ । सिटीले आफु अनुकुल नतिजा निकाल्न […]

May 18, 2024

काठमाडौंलाई गोदावरी मेयर कप फुटबल उपाधि

ललितपुर (हाम्रो खेलकुद) – काठमाडौं महानगरपालिकाले गोदावरी प्रथम उपत्यकाब्यापी अन्तर पालिका मेयर कप फुटबल प्रतियोगिताको उपाधि जितेको छ । प्रस्तावित गोदावरी बहुउदेश्यीय रंगशालाको झ्यालुन्टार मैदानमा शनिबार भएको फाइनलमा चन्द्रागिरी नगरपालिकालाई २–१ गोल अन्तरले हराउँदै काठमाडौं च्याम्पियन बनेको हो । काठमाडौंका लागि अखिलेष कार्की र दीपेश श्रेष्ठले गोल गरे । उपाधिका साथ काठमाडौंले ५ लाख रुपैयाँ […]

May 18, 2024

पूर्वेली रातो दुर्गादेवी श्रेष्ठ स्मृति भेट्रान्सको फाइनलमा

हिमाल खरेल, बिर्तामोडआयोजक पूर्वेली युवा क्लब रातो बिर्तामोडमा जारी स्वर्गीय दुर्गादेवी श्रेष्ठ स्मृति भेट्रान्स फुटबल प्रतियोगिताको फाइनलमा प्रवेश गरेको छ । बिर्तामोडको डोमालाल राजवंशी रंगशालामा आज भएको अन्तिम सेमिफाइनल खेलमा मोरङको विराट मेगा भेट्रान्स एफसीलाई ५–० ले पराजित गर्दै आयोजक रातो उपाधिनजिक पुगेको हो । जितसँगै आयोजक पूर्वेलीका दुवै टिम फाइनलमा पुगेका छन् । दुवै […]

Success

Thank you for your time.