default_image

6 years ago

October 7, 2018

रोनाल्डोले युभेन्टस जानुअघि ३ क्लबलाई नकारेको खुलासा

टुरीन (एजेन्सी) – स्टार फरवार्ड क्रिस्टियानो रोनाल्डो यस सिजन स्पेनिस क्लब रियल म्याड्रिड छाडेर इटालियन च्याम्पियन युभेन्ट्स आए । ३३ वर्ष पुगिसकेका रोनाल्डोलाई भित्र्याउन युभेन्ट्सले १ सय मिलियन पाउण्ड खर्चेको थियो । रियल म्याड्रिडमा ९ वर्ष बिताएका उनले लगातार उपाधि र व्यक्तिगत सफलता हासिल गरेका थिए । उनले थुप्रै व्यक्तिगत तथा टोलीका लागि कीर्तिमान समेत […]

17 views

0 Bookmark

टुरीन (एजेन्सी) – स्टार फरवार्ड क्रिस्टियानो रोनाल्डो यस सिजन स्पेनिस क्लब रियल म्याड्रिड छाडेर इटालियन च्याम्पियन युभेन्ट्स आए । ३३ वर्ष पुगिसकेका रोनाल्डोलाई भित्र्याउन युभेन्ट्सले १ सय मिलियन पाउण्ड खर्चेको थियो ।

रियल म्याड्रिडमा ९ वर्ष बिताएका उनले लगातार उपाधि र व्यक्तिगत सफलता हासिल गरेका थिए । उनले थुप्रै व्यक्तिगत तथा टोलीका लागि कीर्तिमान समेत बनाए । उनले गत सिजन रियललाई लगातार तेस्रो च्याम्पियन्स लिग उपाधि दिलाउने क्रममा १५ गोल गर्दै सर्वाधिक गोलकर्ता पनि बने । रियालमा सम्भव भएका सबै उपाधि र व्यक्तिगत कीर्तिमान तोडेपछि क्लब छाड्ने निर्णय लिएका रोनाल्डोलाई लिन क्लबहरुको पंक्ति लामो थियो ।

रोनाल्डोले आफ्नो अर्को गन्तव्य कुनै नयाँ लिगमा रहने बताउँदै आएका थिए । त्यसैअनुसार उनले युभेन्ट्सलाई आफ्नो नयाँ क्लबको रुपमा रोजे । तर युभे रोज्नुअघि उनलाई युरोपका अन्य ठूला क्लबले पनि टोलीमा समेट्ने प्रस्ताव राखेका थिए । रियल म्याड्रिड छाड्नुअघि रोनाल्डोले खेलेकै क्लब म्यानचेस्टर युनाइटेड, फ्रान्सेली च्याम्पियन पेरिस सेन्ट जर्मेन र इटालीयन क्लब एसी मिलानले उनलाई टोलीमा समेट्ने प्रयास गरेका थिए । युनाइटेडसँग उनले एक चरण वार्ता गरेको पनि बुझिएको छ ।

रोनाल्डोले १० जुलाईमा युभेन्ट्स जाने निर्णय गरे । इंग्ल्यान्डमा म्यानचेस्टर युनाइटेडसँग रहेर ६ वर्षमा ९ उपाधि जितेका उनले रियालमा ९ वर्ष बिताउँदा १५ उपाधिमा कब्जा गर्न मदत गरे । रोनाल्डोले युनाइटेड छाडेजस्तै रियल छाड्दा पनि नयाँ चुनौतीको सामना गर्न क्लब छाडेका बताए । उनले ७ पटकको इटालियन च्याम्पियन रोजेर आफ्नो करियरको नयाँ बाटो बुने । उनले विश्वकपमा खराब प्रदर्शन गरेपछि नयाँ क्लबमा आफूलाई उचित स्थानमा राख्न चाडैं निर्णय लिएका थिए ।

रोनाल्डोलाई रियलको बोर्डले क्लबमा अझै रहन नयाँ सम्झौता पनि दिएको थियो । तर रोनाल्डो आफ्नो निर्णयमा अडिग रहे । उनलाई रियलले विश्व कीर्तिमानी २७ मिलियन पाउण्ड प्रतिवर्षको सम्झौताको प्रस्ताव गरेपनि उनले सो प्रस्ताव नकारेका हुन् । रोनाल्डोले युभेन्ट्ससँग गरेको पहिलो वार्तामा नै क्लबमा जाने निर्णय गरेका थिए । युभेका अध्यक्ष आग्नेलीले उनलाई टोलीमा समेट्न गरेको प्रस्ताव रोनाल्डोले एक पटकमै स्वीकारेका थिए ।

एसी मिलानमा रहेका धनि चिनियाँ व्यापारी लि योङहोङ मालिकको ठूलो प्रस्ताव पनि उनले अस्विकार गरेका थिए । मिलानले १ सय ३३ मिलियन पाउण्डको प्रस्ताव गरेपनि रोनाल्डोले भने पछिल्लो समय मिलान कमजोर रहेका कारण उनले त्यहाँ जान आनाकानी गरेका थिए । मिलानले पछिल्लो समय मोटो रकम खर्चेपनि लिगमा भने अपेक्षित प्रदर्शन गर्न सकेको छैन ।

म्यानचेस्टर युनाइटेडले रोनाल्डोले फेरी ओल्ड ट्राफर्डमा ल्याउने इच्छा जाहेर गरेको थियो

April 24, 2024

सुदूरपश्चिमसँग मधेशको हार, कोशी शीर्षमा

सुर्खेत (हाम्रो खेलकुद)– सुदूरपश्चिम प्रदेशले महिला लिग छनोटमा दोस्रो जित निकालेको छ । अस्मिता चौधरीको २ गोलको मद्दतमा सुदूरपश्चिमले बुधबार मधेश प्रदेशलाई ३–० ले हराएको छ । कर्णाली प्रदेश रंगशालामा भएको खेलमा पाँचौं मिनेटमा यसोदाकुमारी चिरलको गोलबाट सुदूरपश्चिमले अग्रता लिएको थियो । अस्मिताले ५१ औं र ६१ औं मिनेटमा गोल गर्दै टोलीलाई जित दिलाइन् । […]

April 24, 2024

रानीवन र गोलबजारको बराबरी

काठमाडौं (हाम्रो खेलकुद)– सहिद स्मारक सी डिभिजन लिगमा पुछारमा रहेको गोलबजार स्पोर्ट्स क्लबसँग रानीवन स्पोर्ट्स क्लब १–१ को बराबरीमा रोकिएको छ । सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा आज भएको खेलमा योञ्जन हमालको गोलमा खेलको १६औं मिनेटमा गोलबजारले अग्रता बनायो। तर यो अग्रतालाई जोगाउन भने सकेन। ४४औं मिनेटमा हिमाञ्चल सिंहले बराबरी गोल फर्काए । दोस्रो हाफमा दुवै टिमबाट […]

April 24, 2024

शीर्षस्थानको कोशीसँग गण्डकीको हार

सुर्खेत (हाम्रो खेलकुद) – समिक्षा मगरको गोलमा कोशी प्रदेशले महिला लिग छनोट गण्डकी प्रदेशलाई ३–० ले सहजै हराएको छ । लगातार तेस्रो जितपछि ९ कोशी शीर्षस्थानमा छ । सर्खेतस्थित कर्णाली प्रदेश रंगशालामा बुधबार भएको खेलमा कोशीले एकपक्षीय दबाब बनायो। छैटौं मिनेटमा समिक्षाले गोल गर्दै टोलीलाई पहिलो हाफमा १–० को अग्रता दिलाइन् । गण्डकी दोस्रो हाफमा […]

Success

Thank you for your time.