default_image

6 years ago

October 4, 2018

‘केहि खेलाडीसँग प्रविधिक क्षमता छैन ‘ – प्रशिक्षक मोउरिन्हो

म्यानचेस्टर (एजेन्सी)– इंग्लिस क्लब म्यानचेस्टर युनाइटेका केहि खेलाडीसँग प्रविधिक क्षमता नभएको प्रशिक्षक जोसे मोउरिन्होले बताएका छन् । मंगलबार राति भएको च्याम्पियन्स लिगमा भ्योन्सियाविरुद्धको खेलमा गोलरहित बराबरी खेले पछि प्रशिक्षक मोउरिन्होले यस्तो अभिव्यक्ती दिएका हुन् ।  प्रिमियर लिगका ७ खेल खेल्दा युनाइटेडले चार खेलमा जित हासिल गर्न सकेन । लिग तालिकाको १० औं स्थानमा रहेको युनाइटेड […]

20 views

0 Bookmark

म्यानचेस्टर (एजेन्सी)– इंग्लिस क्लब म्यानचेस्टर युनाइटेका केहि खेलाडीसँग प्रविधिक क्षमता नभएको प्रशिक्षक जोसे मोउरिन्होले बताएका छन् ।

मंगलबार राति भएको च्याम्पियन्स लिगमा भ्योन्सियाविरुद्धको खेलमा गोलरहित बराबरी खेले पछि प्रशिक्षक मोउरिन्होले यस्तो अभिव्यक्ती दिएका हुन् ।  प्रिमियर लिगका ७ खेल खेल्दा युनाइटेडले चार खेलमा जित हासिल गर्न सकेन । लिग तालिकाको १० औं स्थानमा रहेको युनाइटेड तीन खेलमा जित, तीन खेलमा हार र एक खेल बराबरी खेलेको छ ।

पछिल्लो नतिजाले प्रशिक्षक मोउरिन्हो थप दबाबमा आएका छन् । पछिल्लो साता उनी मिडफिल्डर पाउल पोग्बासँग प्रशिक्षण मैदानमा एक स्पष्ट विवादमा आएका थिए । उक्त विवाद मिडियाले समेत भेटेपछि युनाइटेडको समस्या छताछुल्ल भएको हो ।  ‘खेलाडीले कोसिस गरे । उनीहरुले आफ्नो प्रयासको स्तर बढाए,’ प्रशिक्षक मोउरिन्होले भने, ‘आफ्नो तीव्रता पनि बढाएका छन् । हामीले खेल्ने प्रयास गर्यौं । तर, केहि महत्त्वपूर्ण अवस्थामा हामीसँग पछाडीबाट मौका सिर्जना गर्ने प्रविधिक क्षमता भएन ।’

युनाईटेडले सिजनको सुरुआती दिन, अगष्ट १० देखि आफ्नो घरेलु मैदानमा जित निकाल्न सकेको छैन् । शनिबार भएको प्रिमियर लिग खेलमा वेस्ट ह्यामविरुद्ध म्यानचेस्टर युनाइटेड ३–१ ले पराजित भएको थियो । तीन दिन पहिला युनाईटेड काराबाओ कपमा तल्लो श्रेणीको क्लब डर्बीसँग पराजित हुँदै बाहिरिएको थियो ।

April 19, 2024

इंग्लिस क्लब च्याम्पियन्स र युरोपा लिगकाे क्वाटरफाइनलबाटै बाहिर

एजेन्सी – विश्व फुटबलमा सर्वाधिक चर्चित र बढी हेरिने इंग्लिस प्रिमियर लिगका टोलीहरु यसपल्ट युरोपेली क्लब फुटबलको सबैभन्दा ठुलो युइएफए च्याम्पियन्स लिग र युरोपा लिगको क्वाटरफाइनलबाटै बाहिरिएका छन् । यससँगै २१औं शताब्दीमा तेस्रोपटक इङ्ल्यान्डका कुनैपनि टोली च्याम्पियन्स लिग र युरोपा लिगको सेमिफाइनलमा पुग्न असफल भएको हो । यसअघि इंंग्लिस टोली सन् २००२–०३ र २०१४–१५ को […]

April 19, 2024

लिभरपुल युरोपा लिगबाट बाहिरियो

एजेन्सी – प्रिमियर लिग क्लब लिभरपुल युरोपा लिगबाट बाहिरिएको छ। इटालियन क्लब एट्लान्टालाई क्वाटरफाइनलको दोस्रो लेगमा बिहीबार १-० ले हराएपनि समग्रमा ३-१ ले पछि रहँदै लिभरपुल युरोपा लिगबाट बाहिरिएको हो। घरेलु मैदान एनफिल्डमा भएको पहिलो लेगमा लिभरपुल ३-० ले पराजित भएको थियो। एट्लान्टा सेमिफाइनलमा पुगेको छ। मोहम्मद सलाहले सातौं मिनेट गरको पेनाल्टी गोलमा लिभरपुल विजयी […]

April 18, 2024

पुल्चोक र स्पोर्टस एकेडेमीको जित

काठमाडौं (हाम्रो खेलकुद) – पुल्चोक स्पोर्टस क्लब र स्पोर्टस एकेडेमी साँगाले बिहीबार सहिद स्मारक सी डिभिजन लिगमा जित हासिल गरेको छ । सातदोबाटोस्थित एन्फा कम्प्लेक्सको एस्ट्रोतर्फमा स्पोर्टस एकेडेमीले रानीवन स्पोर्टस क्लबलाई १–० ले हराएको छ । स्पोर्टस एकेडेमी टिकाराज गुरुङले ५६ औं मिनेटमा गरेको गोल खेलको निर्णायक बन्यो । ३ खेलमा दोस्रो जितपछि स्पोर्टस् एकेडेमीको […]

Success

Thank you for your time.