6 years ago
October 4, 2018
टुरीन (एजेन्सी)– यसै सिजन स्पेनिस क्लब रियल मड्रिडबाट इटालियन क्लब युभेन्ट्स पुगेका पोर्चुगिज स्टार खेलाडी क्रिस्टियानो रोनाल्डोलाई इटालियन सिरी–ए मा ला लिगा भन्दा केहि अप्ठेरो हुने सिरी–ए का अनुभवी तथा ब्राजिलियन दिग्गज डिफेन्डर काफुले बताएका छन् । रोनाल्डोको बारेमा बताउँदै पूर्व ब्राजिलियन तथा एसी मिलान सेन्टर ब्याक काफुले भने, ‘उनी सम्पूर्ण सिरी–ए लाई विश्व चर्चित […]
टुरीन (एजेन्सी)– यसै सिजन स्पेनिस क्लब रियल मड्रिडबाट इटालियन क्लब युभेन्ट्स पुगेका पोर्चुगिज स्टार खेलाडी क्रिस्टियानो रोनाल्डोलाई इटालियन सिरी–ए मा ला लिगा भन्दा केहि अप्ठेरो हुने सिरी–ए का अनुभवी तथा ब्राजिलियन दिग्गज डिफेन्डर काफुले बताएका छन् ।
रोनाल्डोको बारेमा बताउँदै पूर्व ब्राजिलियन तथा एसी मिलान सेन्टर ब्याक काफुले भने, ‘उनी सम्पूर्ण सिरी–ए लाई विश्व चर्चित बनाउने मध्यम बनेका छन् । उनले यस लिगमा निकै मिहिनेत गर्नुपर्ने हुन्छ । यस लिगमा विपक्षी टोलीको खेल्ने शैली ला लिगा भन्दा धेरै कठिन छ, ‘ उनले थपे ।
काफुले भने, ‘रोनाल्डो सधै क्रिस्टियानो रोनाल्डो नै हुन् । उनी दुनियाँका सबैभन्दा राम्रो खेलाडी हुन् र सिरी–ए लाई केहि स्टार पावर दिने छन् ।’ इटालीको लिगले आफ्नो आकर्षण गुमाएको र प्रतियोगिता कमजोर भएको समेत कफुले गुनासो पोखे । ‘अब हामीसँग एक अर्को प्रतिस्पर्धी लिग छ । मेरो किशोरावस्थामा हरेक कोहि इटालीमा खेल्न चाहन्थे । जहाँ रोमा, मिलान, लाजिओ, युभेन्ट्स, स्याम्पडोरिया र नेपोली जस्ता क्लब छन्, ’ उनले भने ।
‘कुनै पनि खेलाडीको इटाली च्याम्पियनपिसपमा खेल्नका लागि एक सपना हुने गर्दथ्यो । दुर्भाग्यवश अहिले प्रिमियर लिग, बुन्डेसलिगा र ला लिगा बढी प्रतिस्पर्धी भएका छन् । अब सिरी–ए ले पहिलो जस्तै बन्नु पर्ने छ । जस्तो हामीले पहिला देखेका थियौ,’ काफुले भने ।
जारी सिजन क्रिस्टियानो रोनाल्डोले सुरुआतमा संघर्ष गरेका थिए । उनले आफ्नो पहिलो गोल गर्न तीन खेल खेल्नु पारेको थियो । तर, त्यसपछिउनले लिग खेलमा गोल गरेका छन् । टोलीको शत प्रतिशत यात्रामा उनको अहम भूमिका रहँदै आएको छ ।
April 25, 2024
सुर्खेत (हाम्रो खेलकुद) – महिला लिग छनोटमा कर्णाली प्रदेशले बुधबार बागमती प्रदेशलाई ३–२ ले पराजित गरेको छ । छनोटमा घरेलु टोली कर्णालीको तेस्रो खेलमा यो दोस्रो जित हो । बागमतीले भने अंकको खाता खोल्न सकेको छैन । सर्खेतस्थित कर्णाली प्रदेश रंगशालामा भएको खेलको ४१ औं मिनेटमा सुनकला राईले गोल गर्दै कर्णालीलाई अग्रता दिलाइन् । तर […]
April 25, 2024
एजेन्सी – केलियन एमबाप्पेले दुई गोलसँगै एक असिस्ट प्रदान गरेपछि पेरिस सेन्ट जर्मेन (पिएसजी) ले फ्रेन्च लिग वानमा सानदार जित दर्ता गर्दै उपाधि यात्रालाई थप मजबुत बनाएको छ । पिएसजीले रेलिगेसन क्षेत्रमा संघर्ष गरिरहेको घरेलु टोली लोरिएन्टमाथि ४–१ को सानदार जित दर्ता गर्दै लिग वानको उपाधि नजिक पुगेको हो । पिएसजीका लागि थप दुई गोल […]
April 25, 2024
एजेन्सी – इंग्लिस प्रिमियर लिगको उपाधि दौडमा रहेको लिभरपुल बुधबारको खेलमा स्तब्ध भएको छ।एभर्टनले लिभरपुललाई २- ० ले हराएको छ । जितपछि एभर्टनको रेलिगेसनबाट जोगिने सम्भावना बलियो भएको छ । टोली ३३ अंकसहित १६औं स्थानमा छ। लिग जित्ने लिभरपुलको सम्भावना कमजोर बनेको छ । एभर्टनले आफ्नो घरेलु मैदानमा लिभरपुललाई सन् २०१० को अक्टोबरपछि पहिलो पटक […]