default_image

6 years ago

October 5, 2018

अविश्वसनीय पुनरागमन! ७-२ ले पछाडि रहेको क्लब ९-८ ले विजयी

एजेन्सी – एफए युथ कप अन्तर्गत दोस्रो छनोट चरणको खेलमा हेल्सओवेन टाउनले अविश्वसनीय पुनरागमन गरेको छ । बिहीबार भएको खेलमा ६० मिनेटको खेल सकिंदा ७-२ ले पछाडी रहेको हेल्सओवेनले ननइटन ब्रोबरोलाई ९-८ ले पराजित गर्दै अर्को चरणमा स्थान पक्का गर्यो । खेलको पहिलो मिनेटमा नै ननइटनले लुइस कोर्कोरनले अग्रता बनाएको थियो । लुइसले फेरी गोल […]

18 views

0 Bookmark

एजेन्सी – एफए युथ कप अन्तर्गत दोस्रो छनोट चरणको खेलमा हेल्सओवेन टाउनले अविश्वसनीय पुनरागमन गरेको छ ।

बिहीबार भएको खेलमा ६० मिनेटको खेल सकिंदा ७-२ ले पछाडी रहेको हेल्सओवेनले ननइटन ब्रोबरोलाई ९-८ ले पराजित गर्दै अर्को चरणमा स्थान पक्का गर्यो । खेलको पहिलो मिनेटमा नै ननइटनले लुइस कोर्कोरनले अग्रता बनाएको थियो । लुइसले फेरी गोल गरेपछि हाफ टाइममा ननइटनले ४-१ को अग्रता बनायो । दोस्रो हाफमा उनले ह्याट्रिक प्रहार गर्दै स्कोर ६० मिनेटमा ७-२ सम्म पुर्याएका थिए ।

त्यसपछि हेल्सओवेनका लागि ड्यान ड्यान्क्स, जेम्स ग्रिफिथ्स र ट्याड मुसाले गोल गर्दै खेलमा फर्काए । ड्यान्क्सले ह्याट्रिक पूरा गर्दै खेल ७-६ मा ल्याए । इन्ज्युरी समयमा टडगेले २ गोल गर्दै पुनरागमन पूरा गरेका थिए ।

यस्तो थियो खेल :

१’ ननइटन बरो १-० हेल्सओवेन टाउन (कोर्कोरन)

४’ ननइटन बरो १-१ हेल्सओवेन टाउन (ड्यान्क्स)

७’ ननइटन बरो २-१ हेल्सओवेन टाउन (जोन्स)

२२’ ननइटन बरो ३-१ हेल्सओवेन टाउन (वान्जोही)

४३’ ननइटन बरो ४-१ हेल्सओवेन टाउन (कोर्कोरन)

हाफ टाइम : ननइटन बरो ४-१ हेल्सओवेन टाउन

४९’ ननइटन बरो ५-१ हेल्सओवेन टाउन (जोन्स)

५१’ ननइटन बरो ५-२ हेल्सओवेन टाउन (लभ)

५२’ ननइटन बरो ६-२ हेल्सओवेन टाउन (कोर्कोरन)

५७’ ननइटन बरो ७-२ हेल्सओवेन टाउन (कोर्कोरन)

६२’ ननइटन बरो ७-३ हेल्सओवेन टाउन (ड्यान्क्स)

७०’ ननइटन बरो ७-४ हेल्सओवेन टाउन (फ्रिफिथ्स)

७०’ ननइटन बरो ७-५ हेल्सओवेन टाउन (मुतासा)

८०’ ननइटन बरो ७-६ हेल्सओवेन टाउन (ड्यान्क्स)

८३’ ननइटन बरो ८-६ हेल्सओवेन टाउन (कोर्कोरन)

८६’ ननइटन बरो ८-७ हेल्सओवेन टाउन (बेर्ड)

९०+२’ ननइटन बरो ८-८ हेल्सओवेन टाउन (टडगे)

९०+६’ ननइटन बरो ८-९ हेल्सओवेन टाउन (टडगे)

फुल टाइम : ननइटन बरो ८-९ हेल्सओवेन टाउन

April 23, 2024

महिला लिग छनोटमा लुम्बिनीको पहिलो जित

सुर्खेत (हाम्रो खेलकुद) – लुम्बिनी प्रदेशले महिला लिग छनोटमा पहिलो जित हासिल गरेको छ । उत्कृष्ट पूनरागमन गर्दै लुम्बिनीले मंगलबार बागमती प्रदेशलाई ३–१ को नतिजामा माथ दिएको हो । सर्खेतस्थित कर्णाली प्रदेश रंगशालामा भएको खेलमा पहिलो अग्रता बागमतीले बनायो। २४औं मिनेटमा सुमित्रा तामाङको गोलमा बागमती अगाडि लागेको थियो । तर यो अग्रता खेलको ४०औं मिनेटमा […]

April 23, 2024

आदर्श च्यालेन्ज कप – आदर्श र ध्रुवताराबीच उद्घाटन खेल हुने

हिमाल खरेल, मेचीनगरझापाको बुद्धशान्तिमा शनिबार सुरु हुने तेस्रो आदर्श च्यालेन्ज कप फुटबल प्रतियोगिताको खेल तालिका सार्वजनिक भएको छ । खेल मैदान बुद्ध आदर्श माविको सभाहलमा आज भएको पत्रकार सम्मेलनमा खेल तालिका सार्वजनिक भएको हो । खेल तालिकाअनुसार उद्घाटन खेलमा आयोजक आदर्श युवा क्लबले दमकको ध्रुवतारा स्पोर्टिङ क्लबको सामना गर्नेछ । त्यस्तै, दोस्रो खेल आइतबार बिर्तामोड […]

April 23, 2024

बेलिङहमले जिते ब्रेकथ्रु अवार्ड

एजेन्सी – इङ्ल्यान्ड तथा स्पेनिस क्लब रियल म्याड्रिडका युवा मिडफिल्डर जुड बेलिङहमले अवार्ड जितेका छन् । बेलिङहमले सन् २०२४ को लौरेस वल्ड स्पोर्ट्स ब्रेकथ्रु अफ द इयर अवार्ड जितेका हुन् । गत समरमा जर्मन क्लब बोरुसिया डर्टमुन्डबाट ८९ मिलियन पाउण्डमा रियल आएका २० वर्षीय बेलिङहम क्लबका लागि महत्वपूर्ण खेलाडी बनेका छन् । उनले आइतबार एल […]

Success

Thank you for your time.