6 years ago
October 14, 2018
काठमाडौं (हाम्रो खेलकुद) – अब दशै आउन केही दिन मात्र बाँकी रहेको छ । राष्ट्रिय क्रिकेट टोली आईसीसी विश्व टी–२० एसिया कप छनोट ‘बी’ उपाधिसहित शनिबार नेपाल फर्किसकेको छ । फुटबलमा ए डिभिजन लिग शनिबार देखी केहि समयको लागि स्थिगित भएको छ । अब फुटबलमा अन्य कुनै प्रतियोगिता दशैँ अघि छैनन् ।
संयोग नै मान्नुपर्छ यो दशैँमा अन्य बर्षको तुलनामा कुनै ठूला अन्तर्राष्ट्रिय प्रतियोगिता जुरेको छैन । लामो समय देखी परिवारबाट टाढा रहेका खेलाडी घरपरिवारसँग भेट हुन र दशैँ मान्न आतुर छन् । कतिपए खेलाडी घर पुगि सकेका छन् । धेरै घर जाने तरखरमा छन् । तर यी ३ खेलाडीले भने यो दशैँ मान्न नपाउने भएका छन् ।
सन्दीप लामिछाने:
नेपाली क्रिकेट टोलीका लेग स्पिनर सन्दीप लामिछानेले यो दशैँ मनाउन नपाउने भएका छन् । सन्दीप शनिबार मलेसियाबाट सिधैँ अफगानिस्तान प्रिमियर लिग खेल्न युएई गएका छन् । टी–२० एसिया कप छनोट बी मा ६ खेलमा २४ विकेट लिदैँ म्यान अफ द सिरी बनेका सन्दीप अफगानिस्तानको नगरहर लियोपार्डसमा एक महिना अघि १५ हजार अमेरीकी डलरमा अनुबन्ध भएका थिए । टी–२० एसिया कप छनोट बी को लागि राष्ट्रिय टिमसँग मलेसिया गएपछि एपीएलका केहि सुरुवाती खेलमा सहभागिता जनाउन पाएनन् ।
अन्तर्राष्ट्रिय लिग खेल्न भ्याई नभ्याइ रहेका सन्दीप क्रिकेट खेलेरै एक बर्षमा करोडपति बन्ने पहिलो नेपाली खेलाडी हुन् । नेपाललाई डिभिजन २ हुदैँ वान डे मान्यता दिलाउन महत्वपूर्ण प्रर्दशन गरेका सन्दीप नेपालमा मात्र नभई अन्तर्राष्ट्रिय क्रिकेट जगतमा तहल्का पिटि रहेका छन् । सन्दीपको बलको सामना गर्न विश्वका नं वान ब्याटम्यानलाई पनि धौधौ हुने गर्दछ । जस्को राम्रो उदारण आईपीएल हो ।
किरण चेम्जोङ:
राष्ट्रिय फुटबल टोलीका पहिलो रोजाईका गोल किपर किरण चेम्जोङले यो दशैं मान्न पाउने छैनन् । माल्दिभ्सको टीसी स्पोर्ट्स क्लबबाट व्यवसायिक फुटबल खेल्ने उनी आफ्नो क्लबमा व्यस्त रहेकोले दशैं मान्न नेपाल आउन नपाउने भएका हुन् । सफल गोलकिपर चेम्जोङ एक महिना अघि सम्पन्न साफ च्याम्यिनशिप खेल्न बंगलादेश पुगेका थिए । त्यसपछि चेमजोङ नेपाल आएर माल्दीभस गएका हुन् ।
रोहित चन्द:
नेपाली फुटबल टोलीका अनुभवी तथा भरपर्दा मिडफिल्डर रोहित चन्दले पनि यो दशैं मान्न नपाउने भएका छन् । पछिल्लो दुई वर्ष यता इन्डोनेसियाको प्रथम श्रेणीको क्लब पर्सिजा व्यवसायिक फुटबल खेलिरहेका छन् । एक महिना अघि बंगलादेशमा सम्पन्न साफ च्याम्यिनशिफ खेल्न बंगलादेश पुगेका रोहित उतैबाट इन्डोनेसिया गएका थिए । लिगमा व्यस्त रहेकोले रोहितले यो दशैं मान्न नपाउने भएका हुन् ।
December 12, 2024
काठमाडौं (हाम्रो खेलकुद)- नेपाल सुपर लिग (एनएसएल) को तेस्रो संस्करण यसै वर्षको अन्त्यमा आयोजना हुनेभएको छ। नेपाल स्पोर्ट्स एण्ड इभेन्ट म्यानेजमेन्ट प्राइभेट लिमिटेडले आयोजना एनएसएल चैत १६ गते सुरु हुने अखिल नेपाल फुटबल संघ (एन्फा) ले जानकारी दिएको छ। आज एन्फा कम्प्लेक्स सातदोबाटोमा एन्फा महासचिव किरण राईले एनएसएलका प्रबन्ध निर्देशक श्रेयांस कार्कीलाई एनएसएल आयोजनाको अनुमतिपत्र […]
December 12, 2024
काठमाडौं (हाम्रो खेलकुद)- नेपाल फुटबल खेलाडी संघको संयोजकमा नेपाली राष्ट्रिय महिला टोलीका स्ट्राइकर अमिशा कार्की र डिफेन्डर गीता राणालाई नगद सहित सम्मानित भएका छन्। सेजल आईटी क्यालिफोर्निया युएसएले अमिशा र गीतालाई समान ७५ हजार रुपैयाँ प्रदान गरि सम्मान गरेको हो। सेजल आइटी क्यालिफोर्निया युएसएका अध्यक्ष शंकर केसीले नगद सहित सम्मान गरे। सो अवसरमा प्रशिक्षकद्वय किशोर […]
December 12, 2024
एजेन्सी – बार्सिलोना च्याम्पियन्स लिग अंक तालिकाको दोस्रो स्थानमा उक्लेको छ। बार्सिलोनाले बुधवार बोरुसिया डर्टमन्डलाई ३-२ ले पराजित गर्दै दोस्रो स्थानमा स्थानमा उक्लेको हो। दोस्रो हाफमा मैदानमा प्रवेश गरेका फेरान टोरेसको निर्णायकसहित २ गोल गरेपछि बार्सिलोना विजयी भएको हो। पहिलो हाफ गोलरहित बराबरीमा टुंगिएको थियो। ५२औं मिनेटमा बार्सिलोनाले कप्तान राफिन्हाको गोलमा अग्रता लियो । डर्टमन्ड […]