6 years ago
October 14, 2018
काठमाडौं (हाम्रो खेलकुद) – ललितपुर महानगरपालिकाले ‘ए’ डिभिजन क्लब थ्री स्टारलाई ३२ लाख रुपैयाँ प्रदान गर्ने भएको छ । क्लबले पछिल्लो वर्ष मोफसलमा गोल्डकप उपाधि जितेको आधारमा प्रति गोल्डकप ४ लाख रुपैयाँ दिने भएको हो । यसबाहेक ललितपुरबाट ‘ए’ डिभिजन लिग खेल्ने थ्रीस्टारसहित पाँच क्लबलाई वार्षिक ४ लाख रुपैयाँ प्रदान गरिने भएको छ ।
शुक्रबार बसेको ललितपुर महानगरको दोस्रो नगरसभाले ‘ए’ डिभिजनका ५ क्लबलाई प्रोत्साहान स्वरुप वार्षिक ४ लाख दिने निर्णय भएको ललितपुर महानगरका मेयर चिरीबाबु महर्जनले जानकारी दिए । ललितपुरबाट मंगलबजारको रुस्लान थ्री स्टार क्लब, कुपन्डोलबाट एनआईबीएल फ्रेन्ड्स क्लब, च्यासलस्थित च्यासल युथ क्लब, जावलाखेलस्थित जावलाखेल युथ क्लब र ब्रिगेड ब्वाइज क्लबले ‘ए’ डिभिजन लिग खेलिरहेका छन् ।
अन्य चार क्लबले वार्षिक ४ लाख रुपैयाँ मात्र पाउने भएपनि घरेलु फुटबलमा निकै सफल र चर्चित क्लब रुस्लान थ्री स्टारले भने ३२ लाख पाउने भएको छ । थ्री स्टारले अघिल्लो वर्ष ७ गोल्डकपको उपाधि जित्दै ४ लाखका दरले २८ लाख र वार्षिक ४ लाख गरी ३२ लाख पाउने भएको हो । अन्य क्लबले ४-४ लाख रुपैयाँ बुझ्नेछन् । मेयर महर्जनले थ्रीस्टारले उत्कृष्ट प्रदर्शन गरेका कारण नै पुरस्कार पाएको र अन्यको हकमा पनि सोहि लागु हुने बताए । उक्त रकम दशैंपछि बाँडिनेछ ।
December 14, 2024
हिमाल खरेल,बिर्तामोड झापा कपको उद्घाटन खेल आज त्रिभुवन आर्मी फुटबल क्लब र मोरङको एलएक्स सिटी फुटबल क्लबबीच प्रतिस्पर्धा हुनेछ । झापा ११ फुटबल क्लबको आयोजनामा हुन लागेको प्रतियोगितामा सिराहाको सलहेस युवा क्लब, एनआरटी फुटबल क्लब, चर्च ब्वाइज युनाइटेड, इटहरीको राष्ट्रिय जागृति क्लब सहभागी छनम । त्यस्तै, दार्जिलिङको जिटिए, काठमाडौं जिल्ला लिग च्याम्पियन चित्लाङ फुटबल क्लब, […]
December 12, 2024
काठमाडौं (हाम्रो खेलकुद)- नेपाल सुपर लिग (एनएसएल) को तेस्रो संस्करण यसै वर्षको अन्त्यमा आयोजना हुनेभएको छ। नेपाल स्पोर्ट्स एण्ड इभेन्ट म्यानेजमेन्ट प्राइभेट लिमिटेडले आयोजना एनएसएल चैत १६ गते सुरु हुने अखिल नेपाल फुटबल संघ (एन्फा) ले जानकारी दिएको छ। आज एन्फा कम्प्लेक्स सातदोबाटोमा एन्फा महासचिव किरण राईले एनएसएलका प्रबन्ध निर्देशक श्रेयांस कार्कीलाई एनएसएल आयोजनाको अनुमतिपत्र […]
December 12, 2024
काठमाडौं (हाम्रो खेलकुद)- नेपाल फुटबल खेलाडी संघको संयोजकमा नेपाली राष्ट्रिय महिला टोलीका स्ट्राइकर अमिशा कार्की र डिफेन्डर गीता राणालाई नगद सहित सम्मानित भएका छन्। सेजल आईटी क्यालिफोर्निया युएसएले अमिशा र गीतालाई समान ७५ हजार रुपैयाँ प्रदान गरि सम्मान गरेको हो। सेजल आइटी क्यालिफोर्निया युएसएका अध्यक्ष शंकर केसीले नगद सहित सम्मान गरे। सो अवसरमा प्रशिक्षकद्वय किशोर […]