default_image

6 years ago

October 20, 2018

जेनोआविरुद्ध रोनाल्डो सुरुवाती ११ मा खेल्दै

45 views

0 Bookmark

एजेन्सी – इटालियन लिग अन्तर्गत शनिबार युभेन्ट्स र जेनोआ भिड्दै छन् । लिगको शीर्ष स्थानमा अपराजित रहेको युभेन्ट्स शत प्रतिशत नतिजा कायम राख्ने लक्ष्यमा हुनेछ ।

युभेन्ट्सका लागि गोलरक्षकमा वोजचिएक सेचेज्नी रहेका छन् ।  डिफेन्समा मेहदी बेनाटिया र लिओनार्डो बोनुची छन् ।  जिओर्जियो कीएलिनीलाई प्रशिक्षक मासिमिलानो एलेग्रीले विश्राम दिएका छन् । साइड डिफेन्समा एलेक्स स्यान्ड्रो र जोआओ क्यान्चेलो रहेका छन् ।

मिडफिल्डमा मिरालेम प्यानिच, ब्लेस माटुइडी र रोड्रीगो बेन्टान्कुर छन् । आक्रमणमा पोर्चुगिज सुपरस्टार क्रिस्टियानो रोनाल्डोलाई मारियो मान्जुकीच र जुआन क्वाडराडो रहेका छन् ।  अर्जेन्टिनी फरवार्ड पाओलो डिबाला बेन्चमा नै रहनेछन् ।

युभेन्ट्सले यस खेलका लागि ६ हजार ५ सय स्थानीय एकेडेमीका बच्चाहरुलाई दर्शकदिर्घामा स्थान दिएको छ ।

December 12, 2024

च्याम्पियन्स लिगमा बार्सिलोनाको जित

एजेन्सी – बार्सिलोना च्याम्पियन्स लिग अंक तालिकाको दोस्रो स्थानमा उक्लेको छ। बार्सिलोनाले बुधवार बोरुसिया डर्टमन्डलाई ३-२ ले पराजित गर्दै दोस्रो स्थानमा स्थानमा उक्लेको हो। दोस्रो हाफमा मैदानमा प्रवेश गरेका फेरान टोरेसको निर्णायकसहित २ गोल गरेपछि बार्सिलोना विजयी भएको हो। पहिलो हाफ गोलरहित बराबरीमा टुंगिएको थियो। ५२औं मिनेटमा बार्सिलोनाले कप्तान राफिन्हाको गोलमा अग्रता लियो । डर्टमन्ड […]

December 12, 2024

म्यानचेस्टर सिटीको अर्को हार

एजेन्सी – म्यानचेस्टर सिटीको खराब प्रदर्शन च्याम्पियन लिगमा‌ पनि‌ रोकिएको छैन। पेप ग्वार्डिओलाको सिटी बुधवार युभेन्टस सँग २-० ले पराजित भएको छ। टुरिनको स्टाडियो डेल्ले अल्पिनमा भएको पहिलो हाफ गोलरहित बराबरी टुंगिएको थियो। ५३ औं मिनेटमा डुसान भ्लाहोभिकको गोलमा युभेन्ट्सले अग्रता लियो। वेस्टन म्याकिनीले ७५ औं मिनेटमा अर्को गोल गरेपछि युभेन्ट्सको जित निश्चित बन्यो । […]

December 11, 2024

च्याम्पियनसिप लिगमा लिभरपुल र रियलको जित

एजेन्सी – साविक विजेता रियल म्याड्रिड, बार्यन म्युनिख, लिभरपुलले च्याम्पियन्सिप लिगमा मंगलवार जित निकालेका छन् । रियलले अटलान्टालाई ३-२ ले पराजित गर्यो । बार्यनले शख्तर डोनेस्कलाई ५-१ ले हरायो। शीर्ष स्थानकोलिभरपुलले जिरोनालाई १-० ले पराजित गर्यो। १० औं मिनेटमा केलियन एम्बाप्पेको गोलबाट रियलले अग्रता लियो। च्याम्पियन्स लिगमा एमबाप्पेको त्यो ५० औं गोल हो। तर पहिलो […]

Success

Thank you for your time.