6 years ago
November 16, 2018
एजेन्सी – स्पेन एवं रियल म्याड्रिडका डिफेन्डर तथा कप्तान सर्जियो रामोसले घाइते भएपछि स्पेनिस राष्ट्रिय टोली छाडेर म्याड्रिड फर्केका छन् । उनले बिहीबार क्रोएसियाविरुद्ध ३-२ को मैत्रीपूर्ण खेल हारमा गोल गरेका थिए ।
रामोसले स्पेन २-१ ले पछाडी परेको स्थितिमा पेनाल्टीबाट गोल गर्दै बराबरीमा ल्याएका थिए । तर क्रोएसियाले फेरी गोल गरेपछि स्पेन ३-२ ले पराजित भएको थियो । त्यसै खेलमा रामोसले तिघ्रामा चोट बोकेपछि विश्राम लिने निर्णय गरेका हुन् । स्पेनिस राष्ट्रिय टोलीले सूचना जारी गर्दै रामोस आइतबार हुने खेलका लागि उपलब्ध नहुने र टोली छाडेको जनाएको छ ।
स्पेनले आइतबार लास पाल्मासमा बोस्निया हर्जगोभिनासँग मैत्रीपूर्ण खेल खेल्दैछ । स्पेनले यूईएफए नेसन्स लिगमा क्रोएसियासँग पराजित भएसँगै अन्तिम चारमा पर्न अर्को खेलको नतिजा कुर्नुपर्ने भएको छ । अब आइतबार वेम्बलीमा हुने खेलमा इंग्ल्यान्ड र क्रोएसियाले बराबरी खेले स्पेन अगाडी बढ्नेछ । त्यसो नहुँदा स्पेनले अन्तिम चारमा स्थान बनाउने छैन ।
रामोस घाइते भएसँगै उनी थप परिक्षणका लागि म्याड्रिड लागेका छन् । ला लिगा अन्तर्गत नोभेम्बर २४ मा हुने खेलका लागि उनको स्थिति अझै शंकामा छ । रियलले अर्को साता एइबारको सामना गर्दैछ । प्रशिक्षक सान्टियागो सोलारीको नियुक्तिसँगै लयमा फर्किएको रियलका लागि रामोसको अनुपस्थिति ठूलो समस्या हुनेछ । यसअघि नै रियलमा घाइते खेलाडीको सुची लामो छ ।
सर्जियो रेगुलिओन, नाचो फर्नान्डेज, जेसस भालेहो र क्यासेमिरो यसअघि नै मैदानबाहिर विश्राममा छन् । मार्स्लेओ, ड्यानी कर्भाजल र राफेल भारनपनि पूर्ण रुपमा फिट छैनन् । रामोसको अनुपस्थितिले डिफेन्समा मात्र नभएर रियलको नेतृत्वमा पनि समस्या आउनेछ ।
December 12, 2024
काठमाडौं (हाम्रो खेलकुद)- नेपाल सुपर लिग (एनएसएल) को तेस्रो संस्करण यसै वर्षको अन्त्यमा आयोजना हुनेभएको छ। नेपाल स्पोर्ट्स एण्ड इभेन्ट म्यानेजमेन्ट प्राइभेट लिमिटेडले आयोजना एनएसएल चैत १६ गते सुरु हुने अखिल नेपाल फुटबल संघ (एन्फा) ले जानकारी दिएको छ। आज एन्फा कम्प्लेक्स सातदोबाटोमा एन्फा महासचिव किरण राईले एनएसएलका प्रबन्ध निर्देशक श्रेयांस कार्कीलाई एनएसएल आयोजनाको अनुमतिपत्र […]
December 12, 2024
काठमाडौं (हाम्रो खेलकुद)- नेपाल फुटबल खेलाडी संघको संयोजकमा नेपाली राष्ट्रिय महिला टोलीका स्ट्राइकर अमिशा कार्की र डिफेन्डर गीता राणालाई नगद सहित सम्मानित भएका छन्। सेजल आईटी क्यालिफोर्निया युएसएले अमिशा र गीतालाई समान ७५ हजार रुपैयाँ प्रदान गरि सम्मान गरेको हो। सेजल आइटी क्यालिफोर्निया युएसएका अध्यक्ष शंकर केसीले नगद सहित सम्मान गरे। सो अवसरमा प्रशिक्षकद्वय किशोर […]
December 12, 2024
एजेन्सी – बार्सिलोना च्याम्पियन्स लिग अंक तालिकाको दोस्रो स्थानमा उक्लेको छ। बार्सिलोनाले बुधवार बोरुसिया डर्टमन्डलाई ३-२ ले पराजित गर्दै दोस्रो स्थानमा स्थानमा उक्लेको हो। दोस्रो हाफमा मैदानमा प्रवेश गरेका फेरान टोरेसको निर्णायकसहित २ गोल गरेपछि बार्सिलोना विजयी भएको हो। पहिलो हाफ गोलरहित बराबरीमा टुंगिएको थियो। ५२औं मिनेटमा बार्सिलोनाले कप्तान राफिन्हाको गोलमा अग्रता लियो । डर्टमन्ड […]