default_image

6 years ago

November 16, 2018

भेट्रान फुटबल टोलीको जित

40 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद) – नेपालको सिएमजी भेट्रान क्लबले भारतको गुवाहटीमा भैरहेको अन्तर्र्रािष्ट्रय भेट्रान फुटबल प्रतियोगितामा जित निकालेको छ ।

नेपालको सिएमजी भेट्रान क्लबले डिमापुरलाई २–१ ले पराजित गरेको हो । नेपालको लागि दुवै गोल चेत नारयाण श्रेष्ठले गरेको बाल गोपाल महर्जनले जानकारी गराए ।

शुक्रबारै भएको अर्काे खेलमा भने नेपालले मेट्रो आसामसँग गोलरहित बराबरी खेल्दै अंक बाँडे । एक जित र एक बराबरीको नतिजा निकालेको नेपालले सेमिफाइनल पुग्ने सम्भावना बलियो बनाएको छ ।

लिग कम नकआउटका आधारमा हुने प्रतियोगितामा सहभागी ८ टोलीलाई २ समुहमा विभाजन गरिनेछ । दुई समुहका शीर्ष दुई टोलीले सेमिफाइनलमा स्थान बनाउनेछ ।

युनाइटेड ब्रदर्श क्लबको आयोजनामा हुन लागेको पाँचौ संस्करणको भेट्रान फुटबल प्रतियोगिताको लागि नेपालको सिएमजी भेट्रान क्लबको टोली बुधबार त्यसतर्फ प्रस्थान गरेको थियो ।
प्रतियोगिता १८ नोभेम्वरसम्म चल्नेछ । प्रतियोगितामा नेपालसहित, भारतको मनिपुर, कोलकत्ता, नयाँ दिल्ली, भुटान र बंगलादेशको भेट्रान टोली गरी ८ टोलीको सहभागिता रहनेछ । प्रतियोगिताको विजेताले ५० हजार र दोस्रो हुनेले ३० हजार रुपैया प्राप्त गर्नेछ । प्रतियोगिताको उत्कृष्ट खेलाडी, उत्कृष्ट गोलरक्षक र सर्वा्धिक गोलकर्ताले आकर्षक उपहार प्राप्त गर्नेछ ।

December 14, 2024

झापा कपको उद्घाटन खेल-आर्मी र एलएक्स सिटी खेल्ने

हिमाल खरेल,बिर्तामोड झापा कपको उद्घाटन खेल आज त्रिभुवन आर्मी फुटबल क्लब र मोरङको एलएक्स सिटी फुटबल क्लबबीच प्रतिस्पर्धा हुनेछ । झापा ११ फुटबल क्लबको आयोजनामा हुन लागेको प्रतियोगितामा सिराहाको सलहेस युवा क्लब, एनआरटी फुटबल क्लब, चर्च ब्वाइज युनाइटेड, इटहरीको राष्ट्रिय जागृति क्लब सहभागी छनम । त्यस्तै, दार्जिलिङको जिटिए, काठमाडौं जिल्ला लिग च्याम्पियन चित्लाङ फुटबल क्लब, […]

December 12, 2024

एनएसएलको तेस्रो संस्करण चैतमा

काठमाडौं (हाम्रो खेलकुद)- नेपाल सुपर लिग (एनएसएल) को तेस्रो संस्करण यसै वर्षको‌ अन्त्यमा आयोजना हुनेभएको छ। नेपाल स्पोर्ट्स एण्ड इभेन्ट म्यानेजमेन्ट प्राइभेट लिमिटेडले आयोजना एनएसएल चैत १६ गते सुरु हुने अखिल नेपाल फुटबल संघ (एन्फा) ले जानकारी दिएको छ। आज एन्फा कम्प्लेक्स सातदोबाटोमा एन्फा महासचिव किरण राईले एनएसएलका प्रबन्ध निर्देशक श्रेयांस कार्कीलाई एनएसएल‌ आयोजनाको अनुमतिपत्र […]

December 12, 2024

फुटबलर अमिशा र गीता नगदसहित सम्मानित

काठमाडौं (हाम्रो खेलकुद)- नेपाल फुटबल खेलाडी संघको संयोजकमा नेपाली राष्ट्रिय महिला टोलीका स्ट्राइकर अमिशा कार्की र डिफेन्डर गीता राणालाई नगद सहित सम्मानित भएका छन्। सेजल आईटी क्यालिफोर्निया युएसएले अमिशा र गीतालाई समान ७५ हजार रुपैयाँ प्रदान गरि सम्मान गरेको हो। सेजल आइटी क्यालिफोर्निया युएसएका अध्यक्ष शंकर केसीले नगद सहित सम्मान गरे। सो अवसरमा प्रशिक्षकद्वय किशोर […]

Success

Thank you for your time.