default_image

6 years ago

November 19, 2018

डिफेन्डर आदित्य घाइते, प्रशिक्षक भन्छन् सम्पर्कविहिन भए

87 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद) – राष्ट्रिय टोली तथा एपीएफ डिफेन्डर आदित्य चौधरी दुर्घटनामा परेको कारण अहिले मैदानबाहिर छन् । तर एपीएफका प्रशिक्षक राजेन्द्र तामाङले भने उनको स्थितिबारे सोध्दा आदित्य सम्पर्कविहिन रहेको बताए ।

एपीएफले सोमबारको खेलमा फ्रेन्ड्स क्लबलाई १-० ले पराजित गर्यो । खेलपछि पत्रकार सम्मेलनमा बोल्दै प्रशिक्षक तामाङले आदित्य क्लबसँग सम्पर्कमा नआएको बताए । ‘आदित्य पछिल्लो समय हाम्रो सम्पर्कमा छैन । हामीले उनलाई खेल्नका लागि अनुरोध गरेका थियौ । सम्पर्कमा आएन,’ तामाङले थपे, ‘उनी हाम्रो लागि चाहिने खेलाडी हो । नआएपछि हामीले केही भन्न सक्दैनौ । बाध्यतामै खेल्न बोलाए गाह्रो हुनसक्छ । सम्पर्कमा किन आएन त्यो हामीलाई थाहा भएन ।’

तर आदित्यले भने आफू दुर्घटनामा परेर घाइते भएको र क्लबलाई पनि यसबारे जानकारी दिएको बताए । ‘ म सिक्किमको प्रतियोगिता खेलेपछि घर फर्कें । अघिल्लो साता सामान्य दुर्घटनामा पर्दा मेरो घुँडामुनि चोट लागेको छ । अहिले चोट ठिक भएको छ तर मैदान फर्कन अझै केहि समय लाग्छ,’ आदित्यले भने । उनले क्लबलाई पनि आफ्नो स्थितिबारे जानकारी दिएको र सकेसम्म चाँडो मैदान फर्कन प्रयासरत रहेको बताए ।

आदित्यले लिगको पहिलो खेलमा हिमालयन शेर्पाविरुद्ध भने सुरुवाती रोजाईमा खेलेका थिए । उनले साफ च्याम्पियनसिपमा राष्ट्रिय टोलीबाट पनि पहिलो रोजाईमा रहँदै खेलेका थिए । उनले भारतको सिक्किममा आयोजित गभर्नर्स गोल्डकपमा एपीएफ पहिलो खेलमा पराजित हुँदा पनि क्लबबाट खेलेका थिए ।

December 12, 2024

च्याम्पियन्स लिगमा बार्सिलोनाको जित

एजेन्सी – बार्सिलोना च्याम्पियन्स लिग अंक तालिकाको दोस्रो स्थानमा उक्लेको छ। बार्सिलोनाले बुधवार बोरुसिया डर्टमन्डलाई ३-२ ले पराजित गर्दै दोस्रो स्थानमा स्थानमा उक्लेको हो। दोस्रो हाफमा मैदानमा प्रवेश गरेका फेरान टोरेसको निर्णायकसहित २ गोल गरेपछि बार्सिलोना विजयी भएको हो। पहिलो हाफ गोलरहित बराबरीमा टुंगिएको थियो। ५२औं मिनेटमा बार्सिलोनाले कप्तान राफिन्हाको गोलमा अग्रता लियो । डर्टमन्ड […]

December 12, 2024

म्यानचेस्टर सिटीको अर्को हार

एजेन्सी – म्यानचेस्टर सिटीको खराब प्रदर्शन च्याम्पियन लिगमा‌ पनि‌ रोकिएको छैन। पेप ग्वार्डिओलाको सिटी बुधवार युभेन्टस सँग २-० ले पराजित भएको छ। टुरिनको स्टाडियो डेल्ले अल्पिनमा भएको पहिलो हाफ गोलरहित बराबरी टुंगिएको थियो। ५३ औं मिनेटमा डुसान भ्लाहोभिकको गोलमा युभेन्ट्सले अग्रता लियो। वेस्टन म्याकिनीले ७५ औं मिनेटमा अर्को गोल गरेपछि युभेन्ट्सको जित निश्चित बन्यो । […]

December 11, 2024

च्याम्पियनसिप लिगमा लिभरपुल र रियलको जित

एजेन्सी – साविक विजेता रियल म्याड्रिड, बार्यन म्युनिख, लिभरपुलले च्याम्पियन्सिप लिगमा मंगलवार जित निकालेका छन् । रियलले अटलान्टालाई ३-२ ले पराजित गर्यो । बार्यनले शख्तर डोनेस्कलाई ५-१ ले हरायो। शीर्ष स्थानकोलिभरपुलले जिरोनालाई १-० ले पराजित गर्यो। १० औं मिनेटमा केलियन एम्बाप्पेको गोलबाट रियलले अग्रता लियो। च्याम्पियन्स लिगमा एमबाप्पेको त्यो ५० औं गोल हो। तर पहिलो […]

Success

Thank you for your time.