6 years ago
November 23, 2018
काठमाडौं (हाम्रो खेलकुद) – पल्सर सहिद स्मारक ए डिभिजन लिग अन्तर्गत शुक्रबार तीन खेल भए । ब्रिगेड ब्वाइजले लिगको पहिलो जित दर्ता गर्दा आर्मी र संकटाले पनि अपराजित यात्रा कायम राख्दै अंक तालिकामा उकालो लाग्ने क्रमलाई जारी राखे ।
पहिलो खेलमा ब्रिगेड ब्वाइजले १ गोलले पछाडी पारेको स्थितिलाई उल्टाउँदै एपीएफलाई ३-१ ले पराजित गर्यो । ६० औं मिनेटमा रुप बहादुर लामाले एपीएफलाई अग्रता दिलाएका थिए । पेनाल्टी क्षेत्रबाहिर रुपले गरेको प्रहार डिफ्लेकट हुँदै गोलमा परिणत भएको थियो । त्यसको तीन मिनेटमा नै ब्रिगेड ब्वाइजले बराबरी गोल फर्कायो । मनोज राईले २० यार्ड टाढाबाट फ्रिकीकमा गोल गरे ।
ब्रिगेड ब्वाइजका लागि ६९ औं मिनेटमा काजुदीन आदुउनीले ६ यार्ड बक्सभित्र बाट गोल गर्दै ब्रिगेड ब्वाइजलाई अग्रता दिलाए । काजिम आदिबोकेले ७५ औं मिनेटमा विजयी गोल गरे । उनले पेनाल्टी क्षेत्रबाहिर बाट उत्कृष्ट भली गोल गर्दै जित पक्का गरे । खेलको ८९ औं मिनेटमा एपीएफका विश्वास उदासले सिधा रातो कार्ड पाएपछि एपीएफ १० खेलाडीमा सिमित भएको थियो ।
दोस्रो खेलमा टेकबहादुर बुढाथोकीको पहिलो हाफको गोलमा त्रिभुवन आर्मीले नेपाल पुलिस क्लबलाई १-० ले पराजित गर्यो । खेलको ३१ औं मिनेटमा टंक बस्नेतले दायाँ विङ्सबाट गरेको क्रसलाई पेनाल्टी क्षेत्रभित्र रहेका कप्तान भरत खवासले छाडेपछि टेकबहादुरले गोलरक्षकलाई बिट गर्दै गोल गरेका थिए ।
हल्चोकस्थित एपीएफ रंगशालामा भएको खेलमा संकटाले मछिन्द्रलाई २-० ले हरायो । संकटाले खेलको ६४ औं मिनेटमा नितिन थापाको गोलमा अग्रता बनाएको थियो । लक्ष्मण रुचालले पेनाल्टी क्षेत्रको बायाँ भागबाट दिएको क्रसमा नितिनले फार पोस्टमा डाइभिङ हेडर गर्दै अग्रता दिलाएका थिए । ८५ औं मिनेटमा गोलरक्षक दीप कार्कीले बिट भइसकेको अवस्थामा सेड्रिक अबालाई पेनाल्टी क्षेत्रभित्र लडाएपछि रेफ्रीले संकटालाई पेनाल्टी दिएका थिए । अमित तामाङले पेनाल्टीमा सहजै गोल गर्दै संकटाको जित पक्का गरे ।
अंक तालिका :
December 14, 2024
हिमाल खरेल,बिर्तामोड झापा कपको उद्घाटन खेल आज त्रिभुवन आर्मी फुटबल क्लब र मोरङको एलएक्स सिटी फुटबल क्लबबीच प्रतिस्पर्धा हुनेछ । झापा ११ फुटबल क्लबको आयोजनामा हुन लागेको प्रतियोगितामा सिराहाको सलहेस युवा क्लब, एनआरटी फुटबल क्लब, चर्च ब्वाइज युनाइटेड, इटहरीको राष्ट्रिय जागृति क्लब सहभागी छनम । त्यस्तै, दार्जिलिङको जिटिए, काठमाडौं जिल्ला लिग च्याम्पियन चित्लाङ फुटबल क्लब, […]
December 12, 2024
काठमाडौं (हाम्रो खेलकुद)- नेपाल सुपर लिग (एनएसएल) को तेस्रो संस्करण यसै वर्षको अन्त्यमा आयोजना हुनेभएको छ। नेपाल स्पोर्ट्स एण्ड इभेन्ट म्यानेजमेन्ट प्राइभेट लिमिटेडले आयोजना एनएसएल चैत १६ गते सुरु हुने अखिल नेपाल फुटबल संघ (एन्फा) ले जानकारी दिएको छ। आज एन्फा कम्प्लेक्स सातदोबाटोमा एन्फा महासचिव किरण राईले एनएसएलका प्रबन्ध निर्देशक श्रेयांस कार्कीलाई एनएसएल आयोजनाको अनुमतिपत्र […]
December 12, 2024
काठमाडौं (हाम्रो खेलकुद)- नेपाल फुटबल खेलाडी संघको संयोजकमा नेपाली राष्ट्रिय महिला टोलीका स्ट्राइकर अमिशा कार्की र डिफेन्डर गीता राणालाई नगद सहित सम्मानित भएका छन्। सेजल आईटी क्यालिफोर्निया युएसएले अमिशा र गीतालाई समान ७५ हजार रुपैयाँ प्रदान गरि सम्मान गरेको हो। सेजल आइटी क्यालिफोर्निया युएसएका अध्यक्ष शंकर केसीले नगद सहित सम्मान गरे। सो अवसरमा प्रशिक्षकद्वय किशोर […]