default_image

6 years ago

November 26, 2018

पुलिसलाई हराउँदै एपीएफ फाइनलमा

65 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद) – डिफेन्डिङ च्याम्पियन नेपाल एपीएफ क्लब प्रधान सेनापति छैटौं अन्तर्राष्ट्रिय महिला फुटबल प्रतियोगिता २०७५ को फाइनलमा प्रवेश गरेको छ । सोमबार भएको सेमिफाइनलमा एपीएफले पुलिसलाई ३-० ले पराजित गरेको हो ।

भद्रकालीस्थित सेनाको मुख्यालयमा भएको खेलमा एपीएफका लागि सावित्रा भण्डारीले २ तथा प्लेयर अफ द म्याच अनिता बस्नेतले एक गोल गरिन् । एपीएफले पहिलो हाफको ‌३५ अौं मिनेटमा अग्रता लिएको थियो । सावित्रा भण्डारीले अनिता बस्नेतको पासलाई सदुपयोग गर्दै गोल गरेकी थिइन् ।

दोस्रो हाफमा एपीएफले दुई गोल थप्यो । अनिता बस्नेतले ६९ अौं मिनेटमा पेनाल्टी क्षेत्रको ठिक बाहिरबाट उत्कृष्ट गोल गरिन् । त्यसको एक मिनेटमै एपीएफले पेनाल्टी पायो । मोनिका पुलामी मगरले गोललाइन नजिक ह्यान्ड गरेपछि रेफ्री पदम भुजेलले सिधै रातो कार्ड देखाएका थिए । सावित्राले पेनाल्टीमा सहजै गोल गर्दै एपीएफको जित पक्का गरिन् ।

खेलपछि एपीएफका प्रशिक्षक जनक सिंहले जित दर्ता गरेपनि सोच अनुरुप प्रदर्शन नभएको बताए । ‘ हामीले धेरै गोल गर्ने अवसर खेर फाल्यौं । अग्रपंक्तिमा अझै समस्या देखिन्छ ‌। फाइनलमा त्यसलाई सुधार्दै उपाधि रक्षा गर्ने लक्ष्य राखेका छौं, ‘ उनले भने ।

एपीएफले फाइनलमा प्रदेश २ र अार्मी बीचको विजेतासँग फाइनल खेल्नेछ । उपाधि भिडन्त बुधबार हुनेछ ।

December 14, 2024

झापा कपको उद्घाटन खेल-आर्मी र एलएक्स सिटी खेल्ने

हिमाल खरेल,बिर्तामोड झापा कपको उद्घाटन खेल आज त्रिभुवन आर्मी फुटबल क्लब र मोरङको एलएक्स सिटी फुटबल क्लबबीच प्रतिस्पर्धा हुनेछ । झापा ११ फुटबल क्लबको आयोजनामा हुन लागेको प्रतियोगितामा सिराहाको सलहेस युवा क्लब, एनआरटी फुटबल क्लब, चर्च ब्वाइज युनाइटेड, इटहरीको राष्ट्रिय जागृति क्लब सहभागी छनम । त्यस्तै, दार्जिलिङको जिटिए, काठमाडौं जिल्ला लिग च्याम्पियन चित्लाङ फुटबल क्लब, […]

December 12, 2024

एनएसएलको तेस्रो संस्करण चैतमा

काठमाडौं (हाम्रो खेलकुद)- नेपाल सुपर लिग (एनएसएल) को तेस्रो संस्करण यसै वर्षको‌ अन्त्यमा आयोजना हुनेभएको छ। नेपाल स्पोर्ट्स एण्ड इभेन्ट म्यानेजमेन्ट प्राइभेट लिमिटेडले आयोजना एनएसएल चैत १६ गते सुरु हुने अखिल नेपाल फुटबल संघ (एन्फा) ले जानकारी दिएको छ। आज एन्फा कम्प्लेक्स सातदोबाटोमा एन्फा महासचिव किरण राईले एनएसएलका प्रबन्ध निर्देशक श्रेयांस कार्कीलाई एनएसएल‌ आयोजनाको अनुमतिपत्र […]

December 12, 2024

फुटबलर अमिशा र गीता नगदसहित सम्मानित

काठमाडौं (हाम्रो खेलकुद)- नेपाल फुटबल खेलाडी संघको संयोजकमा नेपाली राष्ट्रिय महिला टोलीका स्ट्राइकर अमिशा कार्की र डिफेन्डर गीता राणालाई नगद सहित सम्मानित भएका छन्। सेजल आईटी क्यालिफोर्निया युएसएले अमिशा र गीतालाई समान ७५ हजार रुपैयाँ प्रदान गरि सम्मान गरेको हो। सेजल आइटी क्यालिफोर्निया युएसएका अध्यक्ष शंकर केसीले नगद सहित सम्मान गरे। सो अवसरमा प्रशिक्षकद्वय किशोर […]

Success

Thank you for your time.