default_image

5 years ago

December 7, 2018

नेयमारको रोजाईमा रोनाल्डोभन्दा मेसी माथि

एजेन्सी –  ब्राजिलियन फरवार्ड नेयमारले स्टार फरवार्ड क्रिस्टियानो रोनाल्डो र बार्सिलोना कप्तान लिओनेल मेसीबीच रोज्नुपर्दा आफ्नो पूर्व सहकर्मी मेसीलाई रोजेका छन् । ब्राजिलका २६ वर्षीय नेयमारले पेरिस सेन्ट जर्मेन (पीएसजी) बाट खेल्नुअघि बार्सिलोनामा सफल समय बिताएका थिए । उनले त्यसक्रममा मेसीसँग लामो समय सँगै खेले । उनले रोनाल्डोविरुद्ध पनि एल क्लासिकोमा पटक-पटक खेल थिए । […]

37 views

0 Bookmark

एजेन्सी –  ब्राजिलियन फरवार्ड नेयमारले स्टार फरवार्ड क्रिस्टियानो रोनाल्डो र बार्सिलोना कप्तान लिओनेल मेसीबीच रोज्नुपर्दा आफ्नो पूर्व सहकर्मी मेसीलाई रोजेका छन् ।

ब्राजिलका २६ वर्षीय नेयमारले पेरिस सेन्ट जर्मेन (पीएसजी) बाट खेल्नुअघि बार्सिलोनामा सफल समय बिताएका थिए । उनले त्यसक्रममा मेसीसँग लामो समय सँगै खेले । उनले रोनाल्डोविरुद्ध पनि एल क्लासिकोमा पटक-पटक खेल थिए । पछिल्लो एक दशक विश्व फुटबलमा एकछत्र राज जमाएका मेसी र रोनाल्डोबीच उनले मेसीलाई रोजेका हुन् ।

नेयमारले आफ्नो यूट्युब च्यानलमा भएको अन्तर्वार्ताका क्रममा मेसी र रोनाल्डोमा कसलाई रोज्ने विषयमा दुवै खेलाडीमाथि आफ्नो अभिव्यक्तिसहित मेसीलाई रोजेका हुन् । उनका अनुसार मेसीसँग रोनाल्डोभन्दा मेसीसँग एक सफल खेलाडी बन्न चाहिने धेरै पक्षमा दक्षता छ ।

‘रोनाल्डोले करिअरको सुरुवातमा विंगरको भूमिका निभाए । त्यसपछि स्ट्राइकर भएका उनले अहिले आफूलाई गोलकर्ताका रुपमा स्थापित गरेका छन् । उनले खेलाडीलाई छलाउने र बल लिएर खेल्नेभन्दा पनि वन टच पास खेल्दै सकेसम्म पेनाल्टी क्षेत्रभित्र बसेर गोल हान्ने रणनीति लिएका छन्,’ नेयमारले रोनाल्डोबारे भने ।

मेसीबारेमा बोल्दा भने नेयमारले आफूले सँगै खेल्दाको अनुभव संगाले । ‘मेसीसँग लगभग खेलमा चाहिने सबै पक्ष छ । गोल गर्ने अद्भुत क्षमता भएका उनले टोलीलाई आवश्यक पर्दा मिडफिल्डको तल्लो भागमा आएर पनि सहयोग गरिरहेका हुन्छन् । मैले सोच्न नसकेको ठाउँबाट पनि उनले गोलको मौका सिर्जना गर्ने क्षमता राख्छन् । त्यसैले मेसी नै उत्कृष्ट छन्,’ नेयमारले प्रष्ट पारे ।

May 5, 2024

लिभरपुलद्वारा टोटेनहम पराजित 

एजेन्सी – इंग्लिश प्रिमियर लिग अन्तर्गत आइतवार साँझ भएको खेलमा लिभरपुल विजयी भएको छ । लिभरपुलले टोटेनहम हटस्परलाई ४-२ ले पराजित गरेको हो ।   खेलको १६ औं मिनेटमा मोहम्मद सालाहले गोल गर्दै लिभरपुललाई अग्रता दिलाएका थिए । कोडी गाक्पोको क्रसमा सालाहले हेडर मार्फत गोल गर्दै टोलीलाई अग्रता दिलाएका थिए । ४५ औं मिनेटमा लिभरपुलका लागि […]

May 5, 2024

आयोजक रातो र इटहरी भेन्ट्रान्सबीच पहिलो खेल हुने

हिमाल खरेल, बिर्तामोड झापाको बिर्तामोडमा हुन लागेको स्वर्गीय दुर्गादेवी श्रेष्ठ स्मृति भेट्रान्स फुटबल प्रतियोगिताको तयारी अन्तिम चरणमा पुगेको छ । आयोजक पूर्वेली युवा परिवार बिर्तामोडले आज खेलमैदान डोमालाल राजवंशी रंगशालामा पत्रकार सम्मेलन गरेर प्रतियोगिताको तयारीबारे जानकारी दिएको हो । बिर्तामोडका अगुवा युवाहरुको साझा संस्था पूर्वेली युवा क्लबको आयोजनामा वैशाख ३१ देखि जेठ ७ गते सम्म […]

May 5, 2024

चेल्सीको सानदार जित

एजेन्सी – इंग्लिस प्रिमियर लिगमा आइतबार साँझ चेल्सीले सानदार जित दर्ता गरेको छ । घरेलु मैदान स्ट्यामफर्ड ब्रिजमा भएको खेलमा चेल्सीले वेस्ट ह्याम माथि ५-० को फराकिलो जित निकालेको हो । उत्कृष्ट लयमा रहेका कोल पालमरले १५औं मिनेटमा चेल्सीलाई अग्रता दिलाएका थिए । दायाँ फ्लान्कबाट खेलिएको क्रस बक्सको मध्यभागमा पालमरका सामू आएपछि उनले बललाई गोलतर्फ […]

Success

Thank you for your time.