default_image

5 years ago

December 8, 2018

चेल्सीविरुद्ध सिटीका अगुएरो र डी ब्रुएन नखेल्ने

24 views

0 Bookmark

म्यानचेस्टर (एजेन्सी)– चेल्सीविरुद्ध शनिबार प्रिमियर लिगमा प्रतिस्पर्धा गर्दा म्यानचेस्टर सिटीसँग दुई मुख्य सर्जियो अगुएरो र केभिन डी ब्रुयन टोलीमा हुने छैनन् । चोटका कारण अगुएरोले पछिल्लो दुई खेल गुमाएका थिए ।

मांशपेशीको समस्याबाट ग्रुजिरहेका उनी शनिबार चेल्सीविरुद्धको खेलका लागि फिट नरहेको बताइएको छ । सिटीका प्रशिक्षक पेप ग्वार्डिओलाले उनी शनिबारको खेलका लागि तयार नभएको बताएका छन् । प्रिमियर लिग साविक विजेता टोलीका अर्का सदस्य ब्रुयन घुँडाको चोटका कारण मैदान बाहिर रहँदै आएको छ ।

‘दुवै खेलाडी भोली खेल्ने छैनन् ,’ यसअघि दुवै खेलाडी चाँडै मैदान फर्कने विश्वास गरेका ग्वार्डिओलले भने, ‘स्टामफोर्ड ब्रिजमा सधै कठिन हुने गर्दछ । म त्यहाँ धेरै पटक गएको छु र एक पटक मात्र जितेको छु । सामान्यता मैले हारेको छु ।’ उनले चेल्सीको तारिफ गरेका छन्।

सिटी जारी प्रिमियर लिगम अपराजित रहँदै आएको छ । ‘अविजितका विषयमा म धेरै सोच्दिन । त्यो मेरो लागि महत्वपूर्ण होइन,’ उनले भने, ‘हामीले हरेक दिन एकरुपताको प्रदर्शन गरेका छौं । यो सामान्य प्रदर्शन होइन ।’

May 18, 2024

काठमाडौंलाई गोदावरी मेयर कप फुटबल उपाधि

ललितपुर (हाम्रो खेलकुद) – काठमाडौं महानगरपालिकाले गोदावरी प्रथम उपत्यकाब्यापी अन्तर पालिका मेयर कप फुटबल प्रतियोगिताको उपाधि जितेको छ । प्रस्तावित गोदावरी बहुउदेश्यीय रंगशालाको झ्यालुन्टार मैदानमा शनिबार भएको फाइनलमा चन्द्रागिरी नगरपालिकालाई २–१ गोल अन्तरले हराउँदै काठमाडौं च्याम्पियन बनेको हो । काठमाडौंका लागि अखिलेष कार्की र दीपेश श्रेष्ठले गोल गरे । उपाधिका साथ काठमाडौंले ५ लाख रुपैयाँ […]

May 18, 2024

पूर्वेली रातो दुर्गादेवी श्रेष्ठ स्मृति भेट्रान्सको फाइनलमा

हिमाल खरेल, बिर्तामोडआयोजक पूर्वेली युवा क्लब रातो बिर्तामोडमा जारी स्वर्गीय दुर्गादेवी श्रेष्ठ स्मृति भेट्रान्स फुटबल प्रतियोगिताको फाइनलमा प्रवेश गरेको छ । बिर्तामोडको डोमालाल राजवंशी रंगशालामा आज भएको अन्तिम सेमिफाइनल खेलमा मोरङको विराट मेगा भेट्रान्स एफसीलाई ५–० ले पराजित गर्दै आयोजक रातो उपाधिनजिक पुगेको हो । जितसँगै आयोजक पूर्वेलीका दुवै टिम फाइनलमा पुगेका छन् । दुवै […]

May 18, 2024

बायर लेभरकुसेन लिग सिजनभर अपराजित

एजेन्सी – बायर लेभरकुसेनले जर्मन शीर्ष डिभिजन बुन्डेसलिगाको २०२३-२४ सिजन भर अपराजित रहँदै लिग उपाधि जितेको छ । लेभरकुसेनले ३४ खेलको लिग सिजन भर कुनै पनि खेलमा हार नबेहोरी लिग सिजन समाप्त गरेको हो । शनिवार भएको लिगको अन्तिम खेलमा लेभरकुसेनले आउसवर्ग माथि २-१ को जित निकाल्दै अपराजित रहेको हो । लेभरकुसेनले ३४ खेलमा २८ […]

Success

Thank you for your time.