default_image

5 years ago

December 13, 2018

इब्राहिमोभिच तत्काल मिलान नफर्कने !

मिलान (एजेन्सी)– एमएलएस टोली एलए ग्यालेक्सी ज्लाटान इब्राहिमोभिचको अनुरोध स्वीर्न तयार भएपनि उनी तत्काल एसी मिलान नफर्कने निर्देशक लियोनार्दोले बताएका छन् । ग्यालेक्सीमा सम्झौता बाँकी हुँदाहुँदै ३७ वर्षे स्ट्राइकर पुरानो क्लब फर्कने चर्चा सुरु भएको थियो । तर, अमेरिकी क्लब नयाँ प्रस्तावका साथ इब्राहिमोभिचलाई क्लबमै राख्न सफल भएको बताएको छ । उनी अब सम्झौता अवधीभर […]

24 views

0 Bookmark

मिलान (एजेन्सी)– एमएलएस टोली एलए ग्यालेक्सी ज्लाटान इब्राहिमोभिचको अनुरोध स्वीर्न तयार भएपनि उनी तत्काल एसी मिलान नफर्कने निर्देशक लियोनार्दोले बताएका छन् ।

ग्यालेक्सीमा सम्झौता बाँकी हुँदाहुँदै ३७ वर्षे स्ट्राइकर पुरानो क्लब फर्कने चर्चा सुरु भएको थियो । तर, अमेरिकी क्लब नयाँ प्रस्तावका साथ इब्राहिमोभिचलाई क्लबमै राख्न सफल भएको बताएको छ । उनी अब सम्झौता अवधीभर ग्यालेक्सीमै रहने जनाइएको छ ।

‘उनी नयाँ प्रस्तावबाट सन्तुष्ट हुन सके, ग्यालेक्सीमा रहने वचन दिएका थिए । त्यहि अनुरुप भएको छ,’ लियोनार्दोले भने, ‘उनी आउने विषय टोलीका लागि उत्साहजनक थियो । तर, तत्काल त्यो सम्भव छैन ।’ ग्यालेक्सीको सिजन अक्टुबरमै अन्त्य भइसकेको छ ।

नयाँ सिजन सन् २०१९ को मार्चमा मात्र सुरु हुनेछ । तर त्यो बीचमा इब्राहिमोभिच लोनमा मिलान जान सक्ने सम्भावना भने रहेको बताइएको छ । जसरी २००९ मा डेभिड बेकह्याम गएका थिए ।

इब्राहिमोभिचले अमेरिकामा पहिलो सिजन उत्कृष्ट ढंगमा बिताएका थिए । उनले २७ खेलमा २२ गोल गरेका थिए । त्यस्तै उनी वेस्ट न्युकमर अफ दी अवार्डबाट पनि सम्मानित भएका थिए । यद्दपी उनी टोलीलाई प्ले अफमा छनोट गराउन असफल भएका थिए ।

April 28, 2024

म्यानचेस्टर सिटी विजयी

एजेन्सी – इंग्लिस प्रिमियर लिगमा लगातार चौथो पटक उपाधि जित्ने लक्ष्यमा रहेको म्यानचेस्टर सिटीले आइतबार जित दर्ता गरेको छ । सिटी ग्राउण्डमा भएको खेलमा म्यानचेस्टर सिटीले नटिङ्घम फरेस्टलाई २–० ले पराजित गर्दै उपाधिको आशा कायमै राखेको हो । सिटीको जितमा डिफेन्डर जोस्को ग्भार्डियोल र दोस्रो हाफमा मैदान प्रवेश गरेका स्ट्राइकर एर्लिङ हालान्डले एक-एक गोल गरे […]

April 28, 2024

आशिषको ह्याट्रिकमा बिर्तामोड सेमिफाइनलमा

हिमाल खरेल, मेचीनगर झापाको बुद्धशान्तिमा जारी तेस्रो आदर्श च्यालेन्ज कपमा पाहुना टोली नर्थ बंगाल एफसी भारतलाई ३–१ ले हराउँदै बिर्तामोड युनाइटेड एफसी सेमिफाइनलमा प्रवेश गरेको छ । बिर्तामोडको जितमा आशिष चापागाईंले ह्याट्रिक पूरा गरे । पहिलो हाफको इन्ज्युरी समयमा गोल गर्दै बिर्तामोडले अग्रता लिएको थियो । मध्यभागबाट बिर्तामोडका डिफेन्डर देवेन्द्र तामाङले गरेको फ्रिकिकलाई हेडमार्फत अभिषेक […]

April 28, 2024

महावीर क्लब विजयी

काठमाडौं (हाम्रो खेलकुद) – सहिद स्मारक सि डिभिजन लिगमा आईतवार महावीर क्लब विजयी भएको छ । सातदोबाटो स्थित एन्फा कम्प्लेक्समा भएको दिनको पहिलो खेलमा महावीर क्लबले स्पोर्ट्स एकेडेमी साँगा माथि १-० को जित दर्ता गरेको हो । महावीरका लागि सन्दिप श्रेष्ठले ६७औं मिनेटमा पेनाल्टी मार्फत गरेको गोल नै निर्णायक बन्यो । जित सँगै महावीर क्लब […]

Success

Thank you for your time.