default_image

5 years ago

December 11, 2018

एभर्टन हारबाट जोगियो

61 views

0 Bookmark

एभर्टन (एजेन्सी) – इन्ज्युरी समयको थप गरिएको छैटौ मिनेटमा लुकास डिग्नेले गोल गरेपछि एभर्टन इंग्लिस प्रिमियर लिग फुटबलमा हारबाट जोगिएको छ । एभर्टन र वाटफोर्डले २–२ गोलको बराबरी खेलेको हो ।


घरेलु मैदान गुडिसन पार्कमा भएको खेलमा एभर्टनले १५औं मिनेटमा रिचार्लीसनको गोलबाट अग्रता बनाएको थियो । रिचार्लीसनले आन्द्र गोमेजको पासलाई सदुपयोग गरेका थिए ।

पहिलो हाफमा १–० को अग्रता बनाएको एभर्टनले दोस्रो हाफमा दुई मिनेटमा अन्तरमा दुई गोल बेहोरेपछि खेलमा २–१ ले पछि परेको थियो । ६३औं मिनेटमा सिमस कोलेम्यानले आत्मघाती गोल गरेपछि खेल १–१ गोलको बराबरीमा पुगेको थियो । त्यसको दुई मिनेट पछि नै अब्दुलाय डौकौरेले गोल गरेपछि एभर्टन खेलमा पछि परेको थियो ।

६८औं मिनेटमा एभर्टनले पेनाल्टीमार्फत बराबरी गोल गर्ने मौका पाएपनि गोल गर्न असमर्थ रह्यो । एभर्टनका सिगुर्डसनको प्रहार वाटफोर्डका गोलरक्षक विन फोस्टरले बचाएका थिए । हार तर्फ उन्मुख खेलको इन्ज्युरी समयको थप गरिएको छैटौ मिनेटमा लुकास डीग्नेले फ्रिकिकमार्फ दर्शनीय गोल गर्दै खेललाई २–२ गोलको बराबरीमा ल्याए । उनी यसै सिजनको सुरुवातमा बार्सिलोनाबाट एभरटन आएका थिए ।

बराबरीसँगै एभर्टन २४ अंकसहित तालिकाको सातौ स्थानमा रहेको छ । २१ अंकसहित वाटफेर्ड १२औं स्थानमा छ । ४२ अंक रहेको लिभरपुल शीर्षस्थानमा रहँदा ४१ अंक रहेको सिटी दोस्रो स्थानमा छ ।

May 18, 2024

काठमाडौंलाई गोदावरी मेयर कप फुटबल उपाधि

ललितपुर (हाम्रो खेलकुद) – काठमाडौं महानगरपालिकाले गोदावरी प्रथम उपत्यकाब्यापी अन्तर पालिका मेयर कप फुटबल प्रतियोगिताको उपाधि जितेको छ । प्रस्तावित गोदावरी बहुउदेश्यीय रंगशालाको झ्यालुन्टार मैदानमा शनिबार भएको फाइनलमा चन्द्रागिरी नगरपालिकालाई २–१ गोल अन्तरले हराउँदै काठमाडौं च्याम्पियन बनेको हो । काठमाडौंका लागि अखिलेष कार्की र दीपेश श्रेष्ठले गोल गरे । उपाधिका साथ काठमाडौंले ५ लाख रुपैयाँ […]

May 18, 2024

पूर्वेली रातो दुर्गादेवी श्रेष्ठ स्मृति भेट्रान्सको फाइनलमा

हिमाल खरेल, बिर्तामोडआयोजक पूर्वेली युवा क्लब रातो बिर्तामोडमा जारी स्वर्गीय दुर्गादेवी श्रेष्ठ स्मृति भेट्रान्स फुटबल प्रतियोगिताको फाइनलमा प्रवेश गरेको छ । बिर्तामोडको डोमालाल राजवंशी रंगशालामा आज भएको अन्तिम सेमिफाइनल खेलमा मोरङको विराट मेगा भेट्रान्स एफसीलाई ५–० ले पराजित गर्दै आयोजक रातो उपाधिनजिक पुगेको हो । जितसँगै आयोजक पूर्वेलीका दुवै टिम फाइनलमा पुगेका छन् । दुवै […]

May 18, 2024

बायर लेभरकुसेन लिग सिजनभर अपराजित

एजेन्सी – बायर लेभरकुसेनले जर्मन शीर्ष डिभिजन बुन्डेसलिगाको २०२३-२४ सिजन भर अपराजित रहँदै लिग उपाधि जितेको छ । लेभरकुसेनले ३४ खेलको लिग सिजन भर कुनै पनि खेलमा हार नबेहोरी लिग सिजन समाप्त गरेको हो । शनिवार भएको लिगको अन्तिम खेलमा लेभरकुसेनले आउसवर्ग माथि २-१ को जित निकाल्दै अपराजित रहेको हो । लेभरकुसेनले ३४ खेलमा २८ […]

Success

Thank you for your time.