default_image

5 years ago

December 11, 2018

च्याम्पियन्स लिग : सबै समूहको अवस्था कस्तो ?

29 views

0 Bookmark

एजेन्सी – यूईएफए च्याम्पियन्स लिग अन्तर्गत मंगलबार अन्तिम चरणको खेल सुरु हुँदैछ । सबै समूहको अन्तिम खेल बाँकी रहँदा अधिकांश समूहको समूह विजेता टुङ्गो लागिसकेको छ भने केहि समूहमा अर्को चरणमा जाने टोली पनि अझै पक्का भएको छैन ।

प्रत्यक समूहमा कुन टोलीको स्थिति के छ र अन्तिम खेलमा कस्तो नतिजा आएमा टोली अगाडी बढ्छ त ?

समूह ए :

पछिल्लो नतिजा : एटलेटिको म्याड्रिड २-० मोनाको, बोरुसिया डर्टमुन्ड ०-० क्लब ब्रुज

अंक : एटलेटिको १२, बोरुसिया डर्टमुन्ड १०, क्लब ब्रुज ५, मोनाको १

अन्तिम खेल : एटलेटिको म्याड्रिड विरुद्ध क्लब ब्रुज, बोरुसिया डर्टमुन्ड विरुद्ध एएस मोनाको

के छ स्थिति ?

दुवै एटलेटिको र डर्टमुन्डले अन्तिम १६ यात्रा पक्का गरिसकेका छन् । एटलेटिकोले जित हात पारे शीर्ष स्थानमा रहनेछ । डर्टमुन्डले भने शीर्ष स्थानमा रहन आफुले जित हात पारेर एटलेटिकोले अंक गुमाउनु पर्नेछ । समूहबाट मोनाको बाहिरिसकेको छ भने क्लब ब्रुज तेस्रो स्थानमा रहँदै युरोपा लिगमा खेल्नेछ ।

समूह बी :

पछिल्लो नतिजा : पीएसभी १-२ बार्सिलोना, टोटेनहम हट्सपर १-० इन्टर मिलान

अंक : बार्सिलोना १३, टोटेनहम ७, इन्टर मिलान ७, पीएसभी १

अन्तिम खेल : इन्टर मिलान विरुद्ध पीएसभी, बार्सिलोना विरुद्ध टोटेनहम हट्सपर

के छ स्थिति ?

बार्सिलोना अंक तालिकाको शीर्ष स्थानमा रहने पक्का भइसकेको छ । अन्तिम खेलमा बार्सिलोनालाई हराएमा टोटेनहम अर्को चरणमा पुग्नेछ । इन्टर भने टोटेनहम रोकिएको खण्डमा जित दर्ता गरे अर्को चरण पुग्नेछ । समान अंक भएमा हेड टु हेडको आधारमा टोटनेहम अवे गोलमा अगाडी छ । पीएसभी समूह चरणबाट बाहिरिसकेको छ ।

समूह सी :

पछिल्लो नतिजा : पीएसजी २-१ लिभरपुल, नेपोली ३-१ रेड स्टार बेलग्रेड

अंक : नेपोली ९, पीएसजी ८, लिभरपुल ६, रेड स्टार बेलग्रेड ४

अन्तिम खेल : लिभरपुल विरुद्ध नेपोली, रेड स्टार बेलग्रेड विरुद्ध पीएसजी

के छ स्थिति ?

यस समूहमा शीर्ष तीन टोलीको नै अगाडी जाने सम्भावना छ । लिभरपुलले अर्को चरणमा पुग्ने सम्भावना जीवित राख्न जितको विकल्प छैन । लिभरपुलको जित र पीएसजीको हार भएमा नेपोली र लिभरपुल अगाडी बढ्नेछन् । लिभरपुलले नेपोलीलाई पराजित गर्दै पीएसजी विजयी भएमा पीएसजी र लिभरपुल अगाडी बढ्नेछन् । लिभरपुल जितेर पीएसजी बराबरी भएमा लिभरपुल अगाडी जाने पक्का हुनेछ भने पीएसजी र नेपोलीमा गोलअन्तरको आधारमा दोस्रो स्थानको टोली टुङ्गो लाग्नेछ ।

समूह डी :

पछिल्लो नतिजा : लोकोमोटीभ् मस्को २-० गालाटासारे, पोर्टो ३-१ साल्का

अंक : पोर्टो १२, साल्का ८, गालाटासरे ४, लोकोमोटीभ मस्को ३

अन्तिम खेल : साल्का विरुद्ध लोकोमोटीभ् मस्को, गालाटासरे विरुद्ध पोर्टो

के छ स्थिति ?

पोर्टो समूह चरणको शीर्ष स्थानमा रहने पक्का भएको छ भने साल्का उपविजेताको रुपमा अगाडी बढिसकेको छ । तेस्रो स्थानको टुङ्गो लगाउन अन्तिम दिनको नतिजा महत्त्वपूर्ण रहेको छ ।

समूह ई :

पछिल्लो नतिजा : एईके एथेन्स ०-२ आयक्स, बायर्न म्युनिख ५-१ बेन्फिका

अंक : बायर्न म्युनिख १३, आयक्स ११, बेन्फिका ४, एइके एथन्स ०

अन्तिम खेल : आयक्स विरुद्ध बायर्न म्युनिख, बेन्फिका विरुद्ध एईके एथेन्स

के छ स्थिति ?

बायर्न र आयकस शीर्ष २ स्थानमा रहँदै दोस्रो चरणमा पुगिसकेका छन् । अब अन्तिम खेलमा बायर्नले हार टारेमा समूह विजेता हुनेछ । आयक्सले जित दर्ता गरे समूह विजेता हुनेछ । बेन्फिका तेस्रो स्थानमा रहेर युरोपा लिगमा पुगेको छ ।

समूह एफ :

पछिल्लो नतिजा : होफेनहाइम २-३ शाख्तर डोनेस्क, लियोन २-२ म्यानचेस्टर सिटी

अंक : म्यानचेस्टर सिटी १०, लियोन ७, शाख्तर डोनेस्क ५, होफेनहाइम ३

अन्तिम खेल : म्यानचेस्टर सिटी विरुद्ध होफेनहाइम, शाख्तर डोनेस्क विरुद्ध लियोन

के छ स्थिति ?

सिटीले अन्तिम खेलमा कम्तिमा बराबरी खेले शीर्ष स्थान पक्का गर्नेछ । अर्को खेलमा शाख्तरले लियोनलाई पराजित गरे अन्तिम १६ मा स्थान बनाउनेछ । होफेनहाइम भने सिटीलाई पराजित गर्दै लियोन विजयी भए युरोपा लिगको लागि छनोट हुनेछ ।

समूह जी :

पछिल्लो नतिजा : सीएसकेए मस्को १-२ भिक्टोरिया प्लेजन, रोमा ०-२ रियल म्याड्रिड

अंक : रियल म्याड्रिड १२, रोमा ९, भिक्टोरिया प्लेजन ४, सीएसकेए मस्को ४

अन्तिम खेल : रियल म्याड्रिड विरुद्ध सीएसकेए मस्को, भिक्टोरिया प्लेजन विरुद्ध रोमा

के छ स्थिति ?

रियल समूहको शीर्ष स्थानमा रहने पक्का भइसकेको छ भने रोमा दोस्रो रहँदै अन्तिम १६ मा पुगेको छ । अन्तिम खेलमा सीएसकेएले भिक्टोरिया भन्दा राम्रो नतिजा ल्याए युरोपा लिगमा प्रवेश गर्नेछ ।

समूह एच :

पछिल्लो नतिजा : युभेन्ट्स १-० भ्यालेन्सिया, म्यानचेस्टर युनाइटेड १-० योङ ब्वाइज

अंक : युभेन्ट्स १२, म्यानचेस्टर युनाइटेड १०, भ्यालेन्सिया ५, योङ ब्वाइज १

अन्तिम खेल : भ्यालेन्सिया विरुद्ध म्यानचेस्टर युनाइटेड, योङ ब्वाइज विरुद्ध युभेन्ट्स

के छ स्थिति ?

युभेन्ट्सले समूह विजेता बन्न अन्तिम खेलमा जित हात पारे पुग्नेछ भने म्यानचेस्टर युनाइटेडलाई विजेता बन्न आफ्नो जित र युभेन्ट्सको हार आवश्यक रहेको छ । दुवै युभेन्ट्स र युनाइटेड अन्तिम १६ मा पुगिसकेका छन् । भ्यालेन्सिया पनि तेस्रो हुँदै युरोपा लिगको लागि छनोट भइसकेको छ ।

May 18, 2024

काठमाडौंलाई गोदावरी मेयर कप फुटबल उपाधि

ललितपुर (हाम्रो खेलकुद) – काठमाडौं महानगरपालिकाले गोदावरी प्रथम उपत्यकाब्यापी अन्तर पालिका मेयर कप फुटबल प्रतियोगिताको उपाधि जितेको छ । प्रस्तावित गोदावरी बहुउदेश्यीय रंगशालाको झ्यालुन्टार मैदानमा शनिबार भएको फाइनलमा चन्द्रागिरी नगरपालिकालाई २–१ गोल अन्तरले हराउँदै काठमाडौं च्याम्पियन बनेको हो । काठमाडौंका लागि अखिलेष कार्की र दीपेश श्रेष्ठले गोल गरे । उपाधिका साथ काठमाडौंले ५ लाख रुपैयाँ […]

May 18, 2024

पूर्वेली रातो दुर्गादेवी श्रेष्ठ स्मृति भेट्रान्सको फाइनलमा

हिमाल खरेल, बिर्तामोडआयोजक पूर्वेली युवा क्लब रातो बिर्तामोडमा जारी स्वर्गीय दुर्गादेवी श्रेष्ठ स्मृति भेट्रान्स फुटबल प्रतियोगिताको फाइनलमा प्रवेश गरेको छ । बिर्तामोडको डोमालाल राजवंशी रंगशालामा आज भएको अन्तिम सेमिफाइनल खेलमा मोरङको विराट मेगा भेट्रान्स एफसीलाई ५–० ले पराजित गर्दै आयोजक रातो उपाधिनजिक पुगेको हो । जितसँगै आयोजक पूर्वेलीका दुवै टिम फाइनलमा पुगेका छन् । दुवै […]

May 18, 2024

बायर लेभरकुसेन लिग सिजनभर अपराजित

एजेन्सी – बायर लेभरकुसेनले जर्मन शीर्ष डिभिजन बुन्डेसलिगाको २०२३-२४ सिजन भर अपराजित रहँदै लिग उपाधि जितेको छ । लेभरकुसेनले ३४ खेलको लिग सिजन भर कुनै पनि खेलमा हार नबेहोरी लिग सिजन समाप्त गरेको हो । शनिवार भएको लिगको अन्तिम खेलमा लेभरकुसेनले आउसवर्ग माथि २-१ को जित निकाल्दै अपराजित रहेको हो । लेभरकुसेनले ३४ खेलमा २८ […]

Success

Thank you for your time.