default_image

5 years ago

December 11, 2018

बार्सिलोनाविरुद्ध टोटेनहमलाई जित्नैपर्ने दबाब

25 views

0 Bookmark

एजेन्सी (क्याटलान) – युइएफए च्याम्पियन्स लिग फुटबलमा सोमबार राति स्पेनिस क्लब बार्सिलोनाले घरेलु मैदानमा इंग्लिस क्लब टोटेनहम हस्टपरको आतिथ्यता गर्दैछ । खेल नेपाली समयअनुसार सोमबार राति १ः४५ बजे शुरु हुदैछ ।

नकआउट चरणमा स्थान बनाइसकेको बार्सिलोना टोटेनहमलाई पराजित गर्दै समूहमा अपराजित रहने लक्ष्यमा हुनेछ । बार्सिलोनाको ५ खेलबाट १३ अंक रहेको छ । यसक्रममा बार्सिलोनाले ४ खेलमा जित र १ बराबरी खेलेको छ ।

बार्सिलोनासँग स्टार फरवार्ड लियोनेल मेस्सी, लुइस स्वारेज, फिलिपे कौटिन्हो र औसमाने डेम्वेले जस्ता खेलाडी रहेका छन् । उनीहरुले जुनसुकै बेला पनि खेललाई आफ्नो पक्षमा पार्न सक्दछ । बार्सिलोना टोटेनहमसँग पछिल्ला ३ भेटमा पराजित भएको छैन ।

यता, टोटेनहमलाई दोस्रो चरण प्रवेश गर्न बार्सिलोनाविरुद्ध निश्चित जितको आवश्यकता छ । बराबरीको अवस्थामा टोटेनहमले इन्टर मिलान र पीएसभी इन्डोभेनबीचको खेलको नतिजा कुर्नुपर्ने हुन्छ । यो खेलमा इन्टर मिलान विजयी भए टोटेनहम बाहिरिनेछ । बराबरीको अवस्थामा भने टोटेनहम हेड टु हेडमा अघि बढ्नेछ ।

बार्सिलोनाविरुद्ध टोटेनहम सम्पूर्ण शक्ति लगाएर मैदान उत्रनेछ । ह्यारी केन, डेल अली, ह्युङ मिन सन र इरिक डेयर जस्ता खेलाडी छन् । तर, बार्सिलोनाविरुद्ध टोटेनहमले पछिल्ला तीन भेटमा जित निकाल्न सकेको छैन । यही समूहको अर्काे खेलमा इन्टर मिलानले पीएसभी इन्डोभेनसँग आज राति १ः४५ बजे प्रतिस्पर्धा गर्दैछ ।

इन्टर मिलान पीएसभीलाई पराजित गर्दै अघिल्लो चरण प्रवेश गर्ने सम्भावनालाई बलियो बनाउनेछ । टोटेनहम पराजित भएको अवस्थामा इन्टर मिलानले जित निकाले नकआउट चरणमा प्रवेश गर्नेछ । बराबरी वा पराजित भएको अवस्थामा भने इन्टर मिलान प्रतियोगिताको समूह चरणबाटै बाहिरिनेछ ।

May 18, 2024

काठमाडौंलाई गोदावरी मेयर कप फुटबल उपाधि

ललितपुर (हाम्रो खेलकुद) – काठमाडौं महानगरपालिकाले गोदावरी प्रथम उपत्यकाब्यापी अन्तर पालिका मेयर कप फुटबल प्रतियोगिताको उपाधि जितेको छ । प्रस्तावित गोदावरी बहुउदेश्यीय रंगशालाको झ्यालुन्टार मैदानमा शनिबार भएको फाइनलमा चन्द्रागिरी नगरपालिकालाई २–१ गोल अन्तरले हराउँदै काठमाडौं च्याम्पियन बनेको हो । काठमाडौंका लागि अखिलेष कार्की र दीपेश श्रेष्ठले गोल गरे । उपाधिका साथ काठमाडौंले ५ लाख रुपैयाँ […]

May 18, 2024

पूर्वेली रातो दुर्गादेवी श्रेष्ठ स्मृति भेट्रान्सको फाइनलमा

हिमाल खरेल, बिर्तामोडआयोजक पूर्वेली युवा क्लब रातो बिर्तामोडमा जारी स्वर्गीय दुर्गादेवी श्रेष्ठ स्मृति भेट्रान्स फुटबल प्रतियोगिताको फाइनलमा प्रवेश गरेको छ । बिर्तामोडको डोमालाल राजवंशी रंगशालामा आज भएको अन्तिम सेमिफाइनल खेलमा मोरङको विराट मेगा भेट्रान्स एफसीलाई ५–० ले पराजित गर्दै आयोजक रातो उपाधिनजिक पुगेको हो । जितसँगै आयोजक पूर्वेलीका दुवै टिम फाइनलमा पुगेका छन् । दुवै […]

May 18, 2024

बायर लेभरकुसेन लिग सिजनभर अपराजित

एजेन्सी – बायर लेभरकुसेनले जर्मन शीर्ष डिभिजन बुन्डेसलिगाको २०२३-२४ सिजन भर अपराजित रहँदै लिग उपाधि जितेको छ । लेभरकुसेनले ३४ खेलको लिग सिजन भर कुनै पनि खेलमा हार नबेहोरी लिग सिजन समाप्त गरेको हो । शनिवार भएको लिगको अन्तिम खेलमा लेभरकुसेनले आउसवर्ग माथि २-१ को जित निकाल्दै अपराजित रहेको हो । लेभरकुसेनले ३४ खेलमा २८ […]

Success

Thank you for your time.