default_image

5 years ago

December 13, 2018

रोनाल्डो भन्छन् –‘तथ्यांकले झुट बोल्दैन’

टुरिन (एजेन्सी)– युभेन्ट्सका सुपरस्टार क्रिस्टियानो रोनाल्डोले ब्यालोन डी ओरको मुख्य हकदार आफै भएको उल्लेख गर्दै भनेका छन्, ‘तथ्यांकले झुट बोल्दैन ।’ यसपटकको ब्यालोन डी ओर रोनाल्डोका पूर्व सहकर्मी लुका मोड्रिचले जितेका थिए । मोड्रिचले अवार्ड जित्दा ३३ वर्षे रोनाल्डो दोस्रो स्थानमा रहेका थिए । रोनाल्डो र मोड्रिच सम्मिलित रियलले गत वर्ष लगातार तेस्रो पटक च्याम्पियन्स […]

25 views

0 Bookmark

टुरिन (एजेन्सी)– युभेन्ट्सका सुपरस्टार क्रिस्टियानो रोनाल्डोले ब्यालोन डी ओरको मुख्य हकदार आफै भएको उल्लेख गर्दै भनेका छन्, ‘तथ्यांकले झुट बोल्दैन ।’ यसपटकको ब्यालोन डी ओर रोनाल्डोका पूर्व सहकर्मी लुका मोड्रिचले जितेका थिए ।

मोड्रिचले अवार्ड जित्दा ३३ वर्षे रोनाल्डो दोस्रो स्थानमा रहेका थिए । रोनाल्डो र मोड्रिच सम्मिलित रियलले गत वर्ष लगातार तेस्रो पटक च्याम्पियन्स लिगको उपाधि जितेको थियो । च्याम्पियन्स लिगमा रोनाल्डो सर्वाधिक गोलकर्ता थिए ।

तर पनि संसारभरका खेलकुद पत्रकारले गरेको मतदानमा रोनाल्डो दोस्रो स्थानमा रहे । पोर्चुगिज स्ट्राइकरले बालोन डी ओर नजित्दा निराशा भएपनि अर्को वर्ष पुनः जित्नका लागि सबै खाले प्रयास गर्ने बताएका छन् ।

‘निश्चय नै निराश भए । तर जीवन चलिरहन्छ । मैदानमा मेहनत गर्दै जानु पर्दछ । ब्यालोन डी ओर जित्न मैले हर सम्भव प्रयास गरे । तथ्यांकले झुट बोल्दैन,’ रोनाल्डोले भने,’ मैले जित्न सकिन । ठिक छ म त्यसमा धेरै बेखुसी छैन । मसँग उत्कृष्ट परिवार र साथी छन् । मैले उत्कृष्ट क्लबमा खेलिरहेको छु ।’

उनले मोड्रिचलाई ब्यालोन डी ओरका लागि बधाई दिएका छन् । ‘उनलाई बधाई छ । अर्को वर्ष फेरि भेट हुनेछ ,’ उनले थपे, ‘अवार्ड जित्न म सबै प्रयास गर्नेछु । तपाई लाई के लाग्छ म घर गएर रोएर बस्ने खालको हुँ ?’

रोनाल्डो र बार्सिलोनाका लियोन मसीले समान ५ पटक ब्यालोन डी ओर जितेका छन् । ९ वर्ष सफल खेल जीवनपछि रोनाल्डो रियल छाडेर १ सय ५ मिलियन पाउन्डमा यो सिजनको सुरुवातमा युभेन्ट्स पुगेका थिए । युभेन्ट्समा उच्च प्रदर्शन गरिरहेका रोनाल्डोले १९ खेलमा ११ गोल गरिसकेका छन् ।

April 28, 2024

म्यानचेस्टर सिटी विजयी

एजेन्सी – इंग्लिस प्रिमियर लिगमा लगातार चौथो पटक उपाधि जित्ने लक्ष्यमा रहेको म्यानचेस्टर सिटीले आइतबार जित दर्ता गरेको छ । सिटी ग्राउण्डमा भएको खेलमा म्यानचेस्टर सिटीले नटिङ्घम फरेस्टलाई २–० ले पराजित गर्दै उपाधिको आशा कायमै राखेको हो । सिटीको जितमा डिफेन्डर जोस्को ग्भार्डियोल र दोस्रो हाफमा मैदान प्रवेश गरेका स्ट्राइकर एर्लिङ हालान्डले एक-एक गोल गरे […]

April 28, 2024

आशिषको ह्याट्रिकमा बिर्तामोड सेमिफाइनलमा

हिमाल खरेल, मेचीनगर झापाको बुद्धशान्तिमा जारी तेस्रो आदर्श च्यालेन्ज कपमा पाहुना टोली नर्थ बंगाल एफसी भारतलाई ३–१ ले हराउँदै बिर्तामोड युनाइटेड एफसी सेमिफाइनलमा प्रवेश गरेको छ । बिर्तामोडको जितमा आशिष चापागाईंले ह्याट्रिक पूरा गरे । पहिलो हाफको इन्ज्युरी समयमा गोल गर्दै बिर्तामोडले अग्रता लिएको थियो । मध्यभागबाट बिर्तामोडका डिफेन्डर देवेन्द्र तामाङले गरेको फ्रिकिकलाई हेडमार्फत अभिषेक […]

April 28, 2024

महावीर क्लब विजयी

काठमाडौं (हाम्रो खेलकुद) – सहिद स्मारक सि डिभिजन लिगमा आईतवार महावीर क्लब विजयी भएको छ । सातदोबाटो स्थित एन्फा कम्प्लेक्समा भएको दिनको पहिलो खेलमा महावीर क्लबले स्पोर्ट्स एकेडेमी साँगा माथि १-० को जित दर्ता गरेको हो । महावीरका लागि सन्दिप श्रेष्ठले ६७औं मिनेटमा पेनाल्टी मार्फत गरेको गोल नै निर्णायक बन्यो । जित सँगै महावीर क्लब […]

Success

Thank you for your time.