default_image

5 years ago

December 12, 2018

साफको लागि महिला फुटबल टिमको प्रशिक्षण सुरु, प्रारम्भिक चरणमा ३३ खेलाडी

काठमाडौं (हाम्रो खेलकुद) – तीन महिनापछि विराटनगरमा आयोजना हुने पाँचौ संस्करणको महिला साफ च्याम्पियनसिपका लागि नेपाली महिला राष्ट्रिय टोलीले बुधबारबाट प्रशिक्षण थालेको छ । प्रशिक्षणका लागि प्रारम्भिक चरणमा अखिल नेपाल फुटबल संघ (एन्फा) ले ३३ खेलाडीलाई बोलाएको छ । ३३ खेलाडीले बुधबारबाटै सातदोबाटोस्थित एन्फा कम्प्लेक्सको खेल मैदानमा प्रशिक्षण सुरु गरेका छन् । राष्ट्रिय टिमका केही […]

29 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद) – तीन महिनापछि विराटनगरमा आयोजना हुने पाँचौ संस्करणको महिला साफ च्याम्पियनसिपका लागि नेपाली महिला राष्ट्रिय टोलीले बुधबारबाट प्रशिक्षण थालेको छ ।

प्रशिक्षणका लागि प्रारम्भिक चरणमा अखिल नेपाल फुटबल संघ (एन्फा) ले ३३ खेलाडीलाई बोलाएको छ । ३३ खेलाडीले बुधबारबाटै सातदोबाटोस्थित एन्फा कम्प्लेक्सको खेल मैदानमा प्रशिक्षण सुरु गरेका छन् । राष्ट्रिय टिमका केही खेलाडी, उमेर समूह र प्रधानसेनापति कपमा गरेको प्रदर्शनका आधारमा ३३ खेलाडीलाई प्रारम्भिक चरणमा बोलाइएको एन्फाले जनाएको छ ।

राष्ट्रिय टिममा रहेका खेलाडी, उमेर समुहका खेलाडी र प्रधानसेनापति कपमा गरेको प्रर्दशनका आधारमा खेलाडी छनोट गरिएको महिला टिमका मुख्य प्रशिक्षक हरी खड्काले बताए । प्रतियोगितामा नेपाल समूह ‘ए’ मा रहेको छ । नेपाल रहेको समूहमा बंगलादेश, भुटान र पाकिस्तान छन् । समुह ‘बी’ मा भारत, माल्दिभ्स र श्रीलंका छन् ।

सबै संस्करणको भारत च्याम्पियन हुदा नेपाल चार संस्करणका उपविजेता र एक संस्करणमा भने सेमिफाइनलबाटै बाहिरिएको थियो । प्रतियोगिता मार्च ११ बाट २१ सम्म विराटनगरमा सञ्चालन हुनेछ ।

प्रारम्भिक चरणमा परेका खेलाडी
सरु लिम्बु, मन्जली कुमारी योन्जन, एन्जिला तुम्बाप्पो सुब्बा, अन्जना रानामगर, हीरा कुमारी भुजेल, मनमाया लिम्बु, रन्जना दर्जी, रेनुका नगरकोटी, अनिता बस्नेत, सावित्रा भन्डारी, अनिता केसी, अनु लामा, कृष्णा खत्री, रुपा रानामगर, पुनम जर्घा मगर, सुनिता चौधरी, कविता धिमाल, इन्दिरा राई, बिमला चौधरी, शर्मिला थापा, दीपा राई, घिम कुमारी गुरुङ, अमृता जैसी, निरु थापा, सृजना खड्का, दीपा न्यौपाने, समीक्षा घिमिरे, रश्मी कुमारी घिसिङ, उषानाथ, रेखा पौडेल, पुजा राना , बिमला विके ।

March 28, 2024

सुरेश थापा क्षेत्री स्मृति फुटबलमा बाहुनडाँगी विजयी

हिमाल खरेल , मेचीनगर बाहुनडाँगी युवा क्लबले कार्गिल सहिद सुरेश थापा क्षेत्री स्मृति दोस्रो जेसीज नकआउट फुटबल प्रतियोगितामा विजयी सुरुवात गरेको छ । मेचीनगर ४ स्थित सरस्वती माविको खेल मैदानमा आज भएको उद्घाटन खेलमा कचनकवल फुटबल क्लबविरुद्ध २–० को सहज जित निकाल्दै बाहुनडाँगी विजयी भएको हो । जितसँगै बाहुनडाँगी सेमिफाइनलमा प्रवेश गरेको छ । बाहुनडाँगीका […]

March 28, 2024

फुटबल टोली स्वदेश फर्कियो

काठमाडौं (हाम्रो खेलकुद)- राष्ट्रिय फुटबल टोली बहराइनबाट बिहीबार स्वदेश आइपुगेको‌ छ फिफा विश्वकप २०२६ तथा एएफसी एसियन कप २०२७ को छनोटअन्तर्गत बहराइनसँग २ खेल खेलेर नेपाली टोली स्वदेश फर्किएको हो। समूह ‘एच’ मा रहेको नेपाली टोलीले ‘होम एन्ड अवे’ दुवै खेल बहराइनमा खेलेको थियो । पहिलो खेलमा ५–० गोलले पराजित नेपाली टोली बहराइनसँगको‌ मंगलबारको ३–० […]

March 27, 2024

स्लोभेनियासँग पोर्चुगल स्तब्ध

एजेन्सी– अन्तर्राष्ट्रिय मैत्रीपूर्ण खेलमा पोर्चुगल स्लोभेनियासँग स्तब्ध बनेको छ । नौं मिनेटको अन्तरालमा दुई गोल बेहोरेपछि पोर्चुगल घरेलु टोली स्लोभेनियासँग २–० ले स्तब्ध बनेको हो । घरेलु टोली स्लोभेनियाको जितमा एडम नेज्दा सेरिन र टिमी एल्सनेकले गोल गरे । गोल खेलको अन्त्यतिर ९ मिनेटको अन्तरमा भएको थियो । स्लोभेनियामा मंगलबार राति भएको खेलमा पाहुना टोली […]

Success

Thank you for your time.