default_image

5 years ago

December 15, 2018

मनाङलाई दबाबमा राख्न थ्री स्टारलाई जित आवश्यक

काठमाडौं (हाम्रो खेलकुद) – पल्सर सहिद स्मारक ए डिभिजन लिग अन्तर्गत आठौं चरणका अन्तिम दुई खेल शनिबार हुँदैछन् । दुवै खेल हल्चोकस्थित सशस्त्र प्रहरी बलको मैदानमा हुनेछ । पहिलो खेलमा च्यासल युवा क्लबले ब्रिगेड ब्वाइज क्लबको सामना गर्नेछ । लिगको शीर्ष ४ स्थानमा पुग्ने लक्ष्य लिएको च्यासलले पछिल्लो समय राम्रो नतिजा हात पारेको छ । […]

34 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद) – पल्सर सहिद स्मारक ए डिभिजन लिग अन्तर्गत आठौं चरणका अन्तिम दुई खेल शनिबार हुँदैछन् । दुवै खेल हल्चोकस्थित सशस्त्र प्रहरी बलको मैदानमा हुनेछ ।

पहिलो खेलमा च्यासल युवा क्लबले ब्रिगेड ब्वाइज क्लबको सामना गर्नेछ । लिगको शीर्ष ४ स्थानमा पुग्ने लक्ष्य लिएको च्यासलले पछिल्लो समय राम्रो नतिजा हात पारेको छ । क्लबले विदेशी फरवार्ड एल्भिसलाई पनि क्लबमा सामेल गरेको छ । यद्यपी उनको कागजी प्रक्रिया पूरा नहुँदा नखेल्ने सम्भावना छ । सन्तोष साहुखल र पछिल्लो खेलमा २ गोल गरेका सन्त बहादुर गुरुङले अग्रपंक्ति सम्हाल्ने छन् । ब्रिगेड ब्वाइज भने लिगमा दोस्रो जितको खोजीमा छ ।

दोस्रो खेल लिग उपाधिको दौडमा रहेको रुस्लान थ्री स्टार र मछिन्द्र क्लबबीच हुनेछ । मछिन्द्रले हालसम्म लिगमा एक गोल पनि गर्न सकेको छैन । सुरुवाती दुई खेलमा च्यासल र पुलिसलाई गोलरहित बराबरीमा रोकेको मछिन्द्रले त्यसयता एक खेल बराबरी खेलेको छ ।

थ्री स्टारले पछिल्लो समय लगातार जित दर्ता गर्दै आइरहेको छ । तेस्रो चरणमा मनाङसँग पराजित भएयता ललितपुरे क्लबले लगातार ४ जित दर्ता गरिसकेको छ । शीर्ष स्थानमा मनाङलाई दबाबमा राख्न टोलीले जित हासिल गर्नेपर्ने अवस्था छ । ७ खेलमा १८ अंक जोडेको थ्री स्टार संकटा भन्दा ३ अंक र मनाङभन्दा ६ अंक पछाडी छ । यद्यपी अगाडिका क्लबले १ खेल बढी खेलेका छन् । थ्री स्टारले जित दर्ता गरे संकटासँग बराबरी हुनेछ ।

April 26, 2024

कोशीको लगातार जित

सुर्खेत (हाम्रो खेलकुद)- कोशी प्रदेशले महिला लिग छनोटमा लगातार चौथो जित निकालेको छ। कोशीले विजय‌ यात्रालाई निरन्तरता दिने क्रममा शुक्रबार लुम्बिनी प्रदेशलाई ३-० ले हरायो। कर्णाली प्रदेश रंगशालामा भएको खेलमा कोशीलाई जित दिलाउन मनिका तुम्रोकले २ र सन्जुमाया तामाङले १ गोल गरिन्। सन्जुमायाले २३ औं मिनेटमा गोल गरिन् । मनिकाले ३९ र ५७ औं मिनेटमा […]

April 26, 2024

म्यानचेस्टर सिटी दोस्रो स्थानमा उक्लियो

एजेन्सी- म्यानचेस्टर सिटीले इंग्लिस प्रिमियर लिगमा बिहीबार जित निकालेपछि उपाधि दौड रोमाञ्चक बनेको छ । ब्राइटनलाई ४-० ले हराएपछि सिटी लिभरपुललाई पछि पार्दै अंक तालिकाको‌ दोस्रो स्थानमा उक्लेको छ।सिटीको जितमा लाई फिल फोडेनले २ , केभिन डी ब्रुएने र जुलियन अल्भारेजले समान १ गोल गरे। ब्राइटनको मैदानमा सिटीका लागि केइल वाल्करको पासमा ब्रुएनेले १७ औं […]

April 25, 2024

पेमा मिल्स गोल्डकपको फाइनलमा

विराटनगर (हाम्रो खेलकुद) – घरेलु टोली पेमा युवा क्लब विराटनगर चौंथो संस्करणको मिल्स गोल्डकप फुटबल प्रतियोगिताको फाइनलमा पुगेको छ । विराटनगर जुटमिलको खेलमैदानमा बिहीबार भएको दोस्रो सेमिफाइनलमा कोशी प्रदेश प्रहरी कार्यालय रानी विराटनगरलाई ३–१ गोलले हराउँदै पेमा अन्तिम दुईमा पुगेको हो । पेमाले शनिबार हुने फाइनलमा सशस्त्र प्रहरी बल (एपीएफ) पकली, सुनसरीसँग प्रतिस्पर्धा गर्नेछ । […]

Success

Thank you for your time.