काठमाडौं (हाम्रो खेलकुद) – पल्सर सहिद स्मारक ए डिभिजन लिगको नवौं चरणको खेल सोमबारदेखि सुरु हुँदैछ । सातौं चरणमा मनाङले त्रिभुवन आर्मी क्लबलाई पराजित गर्दै शीर्ष स्थानमा ३ अंकको अग्रता कायम राखेको थियो ।
नवौं चरणमा मनाङलाई च्यासल युवा क्लबले बलियो चुनौती पेस गर्नेछ । च्यासलले पछिल्लो समय सुखद नतिजा आत्मसात गर्दै आएको छ । त्यसो त थ्री स्टार र आर्मीको खेलले बढी महत्त्व बोक्नेछ । मनाङसँग पराजित भएपछि अपराजित यात्रा टुंगिएको आर्मीले लिगको उपाधि आशा जीवित राख्न यस खेलमा जित्नेपर्ने हुनेछ । थ्री स्टार पनि मनाङलाई पछ्याउने क्रममा आर्मीलाई हराउँदै लगातार पाँचौ जित दर्ता गर्ने सुरमा हुनेछ ।
नवौं चरणका खेल :
पुष २ : न्यू रोड टिम विरुद्ध हिमालयन शेर्पा क्लब – ११:०० – एन्फा कम्प्लेक्स
पुष २ : सरस्वती युवा क्लब विरुद्ध जावलाखेल युवा क्लब – २:३० – एन्फा कम्प्लेक्स
पुष २ : संकटा क्लब विरुद्ध फ्रेन्ड्स क्लब – २:३० -हल्चोक
पुष ३ : नेपाल एपीएफ क्लब विरुद्ध मछिन्द्र क्लब – ११:०० – एन्फा कम्प्लेक्स
पुष ३ : मनाङ मर्स्याङदी क्लब विरुद्ध च्यासल युवा क्लब – २:३० – एन्फा कम्प्लेक्स
पुष ४ : नेपाल पुलिस क्लब विरुद्ध ब्रिगेड ब्वाइज क्लब – ११:०० – एन्फा कम्प्लेक्स
पुष ४ : रुस्लान थ्री स्टार क्लब विरुद्ध त्रिभुवन आर्मी क्लब – २:३० – एन्फा कम्प्लेक्स
अंक तालिका :