default_image

5 years ago

December 18, 2018

अन्तिम १६ मा रियल पर्दा आयाक्सका खेलाडी हर्षित

एजेन्सी – यूईएफए च्याम्पियन्स लिगको अन्तिम १६ को खेल तालिका सोमबार सार्वजनिक भयो । तालिका अनुसार साविक विजेता रियल म्याड्रिडले डच टोली आयाक्ससँग खेल्ने भएको छ । आयाक्स कप्तान डेली ब्लिन्डले सोमबार आयाक्सका खेलाडी च्याम्पियन्स लिगमा रियलसँग खेल्ने पक्का भएपछि खुसीले हो-हल्ला गरेको बताए । ड्र को समयमा सबै खेलाडी प्रशिक्षण केन्द्रमा थिए र सबै […]

22 views

0 Bookmark

एजेन्सी – यूईएफए च्याम्पियन्स लिगको अन्तिम १६ को खेल तालिका सोमबार सार्वजनिक भयो । तालिका अनुसार साविक विजेता रियल म्याड्रिडले डच टोली आयाक्ससँग खेल्ने भएको छ ।

आयाक्स कप्तान डेली ब्लिन्डले सोमबार आयाक्सका खेलाडी च्याम्पियन्स लिगमा रियलसँग खेल्ने पक्का भएपछि खुसीले हो-हल्ला गरेको बताए । ड्र को समयमा सबै खेलाडी प्रशिक्षण केन्द्रमा थिए र सबै खुसीले मग्न थिए । खेलाडीहरु टेबल ठटाउँदै टिभी अगाडी नाचेका थिए ।

रियल पछिल्लो साता समूह चरणको अन्तिम खेलमा सीएसकेए मस्कोसँग ३-० ले पराजित भएपछि आयाक्सका खेलाडीले खुसी मनाएका हुन् ।’ रियल एकदम राम्रो टोली हो । तर हामी पनि अत्मविश्वाशी हुनुपर्छ,’ उनले प्रशिक्षण मैदानमा हर्षित भएको क्षण सम्झंदै भने ।

‘ हामीले रियललाई पराजित गर्न सक्छौं । हामीसंग त्यसका लागि पर्याप्त विश्राम र सुधार्ने समयरहेको छ,’ उनले थपे, ‘ हामीले पछिल्लो केहि खेल हेर्ने हो भने बायर्नजस्तो टोलीसँग पनि डटेर प्रतिस्पर्धा गरेका छौं । चाहे त्यो घरेलु मैदान होस् या अवे ।’

‘हामीले त्यहि जोश, बहादुरी र जाँगर देखाएर खेल्ने हो भने हाम्रो केहि सम्भावना रहन्छ । हामीले खेललाई गम्भीर रुपमा लिएका छौं,’ ब्लिन्डले भने, ‘ म्याड्रिड उपाधिको साविक विजेता हो । लगातार तीन पटक जितेको टोलीलाई हराउन सहज हुने छैन । अर्को चरणमा पुग्न असम्भव भने छैन । ‘

आयाक्स समूह ‘ई’ को अन्तिम खेलमा बायर्नसँग ३-३ को बराबरी खेल्दै समूह उपविजेताको रुपमा अन्तिम १६ मा प्रवेश गरेको हो ।

April 25, 2024

एमबाप्पे चम्कँदा पिएसजीको सानदार जित

एजेन्सी – केलियन एमबाप्पेले दुई गोलसँगै एक असिस्ट प्रदान गरेपछि पेरिस सेन्ट जर्मेन (पिएसजी) ले फ्रेन्च लिग वानमा सानदार जित दर्ता गर्दै उपाधि यात्रालाई थप मजबुत बनाएको छ । पिएसजीले रेलिगेसन क्षेत्रमा संघर्ष गरिरहेको घरेलु टोली लोरिएन्टमाथि ४–१ को सानदार जित दर्ता गर्दै लिग वानको उपाधि नजिक पुगेको हो । पिएसजीका लागि थप दुई गोल […]

April 25, 2024

एभर्टनसँग लिभरपुल स्तब्ध

एजेन्सी – इंग्लिस प्रिमियर लिगको उपाधि दौडमा रहेको लिभरपुल बुधबारको खेलमा स्तब्ध भएको छ।एभर्टनले लिभरपुललाई २- ० ले हराएको छ । जितपछि एभर्टनको रेलिगेसनबाट जोगिने सम्भावना बलियो भएको छ । टोली ३३ अंकसहित १६औं स्थानमा छ। लिग जित्ने लिभरपुलको सम्भावना कमजोर बनेको छ । एभर्टनले आफ्नो घरेलु मैदानमा लिभरपुललाई सन् २०१० को अक्टोबरपछि पहिलो पटक […]

April 24, 2024

सुदूरपश्चिमसँग मधेशको हार, कोशी शीर्षमा

सुर्खेत (हाम्रो खेलकुद)– सुदूरपश्चिम प्रदेशले महिला लिग छनोटमा दोस्रो जित निकालेको छ । अस्मिता चौधरीको २ गोलको मद्दतमा सुदूरपश्चिमले बुधबार मधेश प्रदेशलाई ३–० ले हराएको छ । कर्णाली प्रदेश रंगशालामा भएको खेलमा पाँचौं मिनेटमा यसोदाकुमारी चिरलको गोलबाट सुदूरपश्चिमले अग्रता लिएको थियो । अस्मिताले ५१ औं र ६१ औं मिनेटमा गोल गर्दै टोलीलाई जित दिलाइन् । […]

Success

Thank you for your time.