काठमाडौं (हाम्रो खेलकुद) – पल्सर सहिद स्मारक ए डिभिजन लिग अन्तर्गत बुधबारको पहिलो खेलमा ब्रिगेड ब्वाइज क्लबले नेपाल पुलिस क्लबविरुद्ध १-० को अग्रता लिएको छ ।
खेलको पाँचौ मिनेटमा ऋतिक खड्काले गोल गरे । काजिमले उपलब्ध गराएको पासमा ऋतिकले गोलरक्षक अर्पण कार्कीलाई बिट गर्दै गोल गरेपछि ब्रिगेड ब्वाइजले अग्रता लिएको हो । २१औं मिनेटमा अजित भन्डारीको पासमा दिनेश राजवंशीको हेडर डिफेन्डर सुजित बुढाथोकीले क्लियर गरिदिए ।
पहिलो हाफको इन्ज्युरी समयको पहिलो मिनेटमा रवि पासवानको प्रहार गोलरक्षक सागर राय बिट भएपनि रन्दिप पौडेलले गोल लाईनबाट क्लियर गरिदिए ।