एजेन्सी – म्यानचेस्टर युनाइटेडका फरवार्ड रोमेलु लुकाकुले चोटका कारण नव नियुक्त अन्तरिम प्रशिक्षक ओले गनर सोल्सजरको प्रशिक्षणमा सुरुवाती दुई खेल गुमाउने भएका छन् ।
चोट र व्यक्तिगत कारण बिदामा रहेका लुकाकु अर्काे साता मात्रै म्यानचेस्टर युनाइटेडको प्रशिक्षणमा सामेल हुनेछन् । लुकाकु दुई खेल गुमाउने भएपछि नयाँ प्रशिक्षक गुनरलाई सुरुवाती झट्का लागेको छ ।
लुकाकु टिममा नरहने पक्का भएपनि पछिल्ला तीन खेलमा बेन्चमा रहेका पउल पोग्वा टिममा फर्किएका छन् । बर्खास्तीमा परेका मोउरिन्होले पोग्वालाई पछिल्ला तीन खेलमा फिट नभएको भन्दै बेन्चमा राखेका थिए ।
युनाइटेडले भोलि शनिबार कार्डिफसँग खेल्नेछ । २६ डिसेम्वरमा हडर्सफिल्डसँग खेल्नेछ ।