default_image

5 years ago

December 26, 2018

जावलाखेलको तेस्रो जित, एनआरटी र फ्रेन्ड्स बराबर

काठमाडौं (हाम्रो खेलकुद) – पल्सर सहिद स्मारक ए डिभिजन लिग अन्तर्गत बुधबारको खेलमा जावलाखेल युवा क्लबले मछिन्द्र क्लबलाई २-१ ले पराजित गरेको छ । यसैगरी न्यू रोड टिम (एनआरटी) र फ्रेन्ड्सको खेल १-१ को बराबरीमा टुंगियो । एन्फा कम्प्लेक्समा भएको मछिन्द्र र जावलाखेलको खेलको पहिलो हाफमा दुवै टोलीले गोल गर्न सकेनन् । दोस्रो हाफको ५५ […]

23 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद) – पल्सर सहिद स्मारक ए डिभिजन लिग अन्तर्गत बुधबारको खेलमा जावलाखेल युवा क्लबले मछिन्द्र क्लबलाई २-१ ले पराजित गरेको छ । यसैगरी न्यू रोड टिम (एनआरटी) र फ्रेन्ड्सको खेल १-१ को बराबरीमा टुंगियो ।

एन्फा कम्प्लेक्समा भएको मछिन्द्र र जावलाखेलको खेलको पहिलो हाफमा दुवै टोलीले गोल गर्न सकेनन् । दोस्रो हाफको ५५ औं मिनेटमा अरुज सिंहले पेनाल्टीमार्फत गोल गर्दै जावलाखेललाई अग्रता दिलाए । त्यसको दश मिनेटपछि फोडे फोफानाले गोल गर्दै जावलाखेलको अग्रता दोब्बर पारे । खेलको अन्तिम मिनेटमा मछिन्द्रका लागि अल्बा आडेमोलाले गोल गर्दै सान्तवना गोल गरे ।

यस नतिजासँगै जावलाखेलले जारी लिगमा तेस्रो जित दर्ता गरेको छ । अंक तालिकामा जावलाखेल ११ खेलमा ३ जित र २ बराबरीसँगै ११ अंक जोड्दै नवौं स्थानमा छ । मछिन्द्र ६ अंक बोकेर लिगको १२ औं स्थानमा छ ।

एपीएफ रंगशालामा भएको खेलमा एनआरटीका लागि सुशील लामाले खेलको ४३ औं मिनेटमा सुरुवाती गोल गरेका थिए । तर फ्रेन्ड्सका असिम भुसालले ७८ औं मिनेटमा बराबरी गोल फर्काए । फ्रेन्ड्स ९ अंक जोड्दै अंक तालिकामा ११ औं स्थानमा छ भने एनआरटी ५ अंक जोड्दै पुछारमा नै अड्केको छ ।

April 19, 2024

इंग्लिस क्लब च्याम्पियन्स र युरोपा लिगकाे क्वाटरफाइनलबाटै बाहिर

एजेन्सी – विश्व फुटबलमा सर्वाधिक चर्चित र बढी हेरिने इंग्लिस प्रिमियर लिगका टोलीहरु यसपल्ट युरोपेली क्लब फुटबलको सबैभन्दा ठुलो युइएफए च्याम्पियन्स लिग र युरोपा लिगको क्वाटरफाइनलबाटै बाहिरिएका छन् । यससँगै २१औं शताब्दीमा तेस्रोपटक इङ्ल्यान्डका कुनैपनि टोली च्याम्पियन्स लिग र युरोपा लिगको सेमिफाइनलमा पुग्न असफल भएको हो । यसअघि इंंग्लिस टोली सन् २००२–०३ र २०१४–१५ को […]

April 19, 2024

लिभरपुल युरोपा लिगबाट बाहिरियो

एजेन्सी – प्रिमियर लिग क्लब लिभरपुल युरोपा लिगबाट बाहिरिएको छ। इटालियन क्लब एट्लान्टालाई क्वाटरफाइनलको दोस्रो लेगमा बिहीबार १-० ले हराएपनि समग्रमा ३-१ ले पछि रहँदै लिभरपुल युरोपा लिगबाट बाहिरिएको हो। घरेलु मैदान एनफिल्डमा भएको पहिलो लेगमा लिभरपुल ३-० ले पराजित भएको थियो। एट्लान्टा सेमिफाइनलमा पुगेको छ। मोहम्मद सलाहले सातौं मिनेट गरको पेनाल्टी गोलमा लिभरपुल विजयी […]

April 18, 2024

पुल्चोक र स्पोर्टस एकेडेमीको जित

काठमाडौं (हाम्रो खेलकुद) – पुल्चोक स्पोर्टस क्लब र स्पोर्टस एकेडेमी साँगाले बिहीबार सहिद स्मारक सी डिभिजन लिगमा जित हासिल गरेको छ । सातदोबाटोस्थित एन्फा कम्प्लेक्सको एस्ट्रोतर्फमा स्पोर्टस एकेडेमीले रानीवन स्पोर्टस क्लबलाई १–० ले हराएको छ । स्पोर्टस एकेडेमी टिकाराज गुरुङले ५६ औं मिनेटमा गरेको गोल खेलको निर्णायक बन्यो । ३ खेलमा दोस्रो जितपछि स्पोर्टस् एकेडेमीको […]

Success

Thank you for your time.