default_image

5 years ago

December 27, 2018

‘अपराजित रहेर लिग उपाधि जित्नुपर्छ’ – मनाङका विंगर अन्जन

काठमाडौं (हाम्रो खेलकुद) – पल्सर सहिद स्मारक ए डिभिजन लिगको उपाधि विजेता मनाङ मर्स्याङदी क्लबका विंगर अन्जन विष्टले अपराजित रहेर उपाधि जित्ने लक्ष्य रहेको बताएका छन् । मनाङले बिहिबार लिगको दोस्रो स्थानमा रहेको सीएमजी क्लब संकटालाई ३-१ ले पराजित गर्दै लिग उपाधि पक्का गरेको हो । मनाङले लगातार ११ औं जित दर्ता गर्दै शत प्रतिशत […]

25 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद) – पल्सर सहिद स्मारक ए डिभिजन लिगको उपाधि विजेता मनाङ मर्स्याङदी क्लबका विंगर अन्जन विष्टले अपराजित रहेर उपाधि जित्ने लक्ष्य रहेको बताएका छन्

मनाङले बिहिबार लिगको दोस्रो स्थानमा रहेको सीएमजी क्लब संकटालाई ३-१ ले पराजित गर्दै लिग उपाधि पक्का गरेको हो । मनाङले लगातार ११ औं जित दर्ता गर्दै शत प्रतिशत जितको नतिजालाई पनि निरन्तरता दिएको छ । टोलीको लिग उपाधिमा महत्त्वपूर्ण भूमिका खेलेका विंगर अन्जन विष्टले भने अबको लक्ष्य अपराजित रहने बताएका छन् ।

‘यहाँसम्म सबैको संयुक्त मिहिनेतले आइपुगेका छौं । खेलाडी मात्र नभएर अफिसियलको हात पनि उत्तिकै छ । एक अर्कासँग हातेमालो गर्दै विश्वास कायम गरेर नै यो अवस्था आएको छ,’ उनले थपे, ‘ लिगमा अब २ खेल बाँकी छ । यी दुवै खेल जितेर हामी शत प्रतिशत जित नतिजासहित उपाधि जित्न चाहन्छौं ।’

अन्जनले पहिलो पटक लिग खेल्दा नै उपाधि जित्न सक्दा निकै खुसी व्यक्त गरे । ‘ मैले पहिलो पटक ए डिभिजन लिग खेलिरहेको छु । मोफसलका नकआउट प्रतियोगिता भन्दा निकै कठिन पाएँ । जुनसुकै टोलीले पनि लिगमा दबाब दिएको हुन्छ । हामीले एकतृत भएर नै यो सफलता हात पारेका छौं,’ विष्टले भने । अन्जनले जारी लिगमा ५ गोल गर्दै सर्वाधिक गोलकर्ता सुचिमा तेस्रो स्थानमा छन् ।

April 24, 2024

सुदूरपश्चिमसँग मधेशको हार, कोशी शीर्षमा

सुर्खेत (हाम्रो खेलकुद)– सुदूरपश्चिम प्रदेशले महिला लिग छनोटमा दोस्रो जित निकालेको छ । अस्मिता चौधरीको २ गोलको मद्दतमा सुदूरपश्चिमले बुधबार मधेश प्रदेशलाई ३–० ले हराएको छ । कर्णाली प्रदेश रंगशालामा भएको खेलमा पाँचौं मिनेटमा यसोदाकुमारी चिरलको गोलबाट सुदूरपश्चिमले अग्रता लिएको थियो । अस्मिताले ५१ औं र ६१ औं मिनेटमा गोल गर्दै टोलीलाई जित दिलाइन् । […]

April 24, 2024

रानीवन र गोलबजारको बराबरी

काठमाडौं (हाम्रो खेलकुद)– सहिद स्मारक सी डिभिजन लिगमा पुछारमा रहेको गोलबजार स्पोर्ट्स क्लबसँग रानीवन स्पोर्ट्स क्लब १–१ को बराबरीमा रोकिएको छ । सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा आज भएको खेलमा योञ्जन हमालको गोलमा खेलको १६औं मिनेटमा गोलबजारले अग्रता बनायो। तर यो अग्रतालाई जोगाउन भने सकेन। ४४औं मिनेटमा हिमाञ्चल सिंहले बराबरी गोल फर्काए । दोस्रो हाफमा दुवै टिमबाट […]

April 24, 2024

शीर्षस्थानको कोशीसँग गण्डकीको हार

सुर्खेत (हाम्रो खेलकुद) – समिक्षा मगरको गोलमा कोशी प्रदेशले महिला लिग छनोट गण्डकी प्रदेशलाई ३–० ले सहजै हराएको छ । लगातार तेस्रो जितपछि ९ कोशी शीर्षस्थानमा छ । सर्खेतस्थित कर्णाली प्रदेश रंगशालामा बुधबार भएको खेलमा कोशीले एकपक्षीय दबाब बनायो। छैटौं मिनेटमा समिक्षाले गोल गर्दै टोलीलाई पहिलो हाफमा १–० को अग्रता दिलाइन् । गण्डकी दोस्रो हाफमा […]

Success

Thank you for your time.