default_image

5 years ago

December 31, 2018

सिटी दोस्रो स्थानमा उक्लियो

एजेन्सी – म्यानचेस्टर सिटी इंग्लिस प्रिमियर लिग फुटबलमा दोस्रो स्थानमा उक्लिएको छ । लिग अन्तर्गत आइतबार राति भएको खेलमा सिटीले साउथह्याम्टनलाई ३–१ ले पराजित गर्दै दोस्रो स्थानमा उक्लन सफल भएको हो । जितपछि सिटीले टोटेनहमलाई पछि पार्दै दोस्रो स्थानमा उक्लिएको हो । सिटीको २० खेलबाट ४७ अंक पुगेको छ । तेस्रो स्थानको टोटेनहमको ४५ अंक […]

24 views

0 Bookmark

एजेन्सी – म्यानचेस्टर सिटी इंग्लिस प्रिमियर लिग फुटबलमा दोस्रो स्थानमा उक्लिएको छ । लिग अन्तर्गत आइतबार राति भएको खेलमा सिटीले साउथह्याम्टनलाई ३–१ ले पराजित गर्दै दोस्रो स्थानमा उक्लन सफल भएको हो ।


जितपछि सिटीले टोटेनहमलाई पछि पार्दै दोस्रो स्थानमा उक्लिएको हो । सिटीको २० खेलबाट ४७ अंक पुगेको छ । तेस्रो स्थानको टोटेनहमको ४५ अंक रहेको छ । शीर्ष स्थानको लिभरपुलको समान खेलबाटै ५४ अंक रहेको छ ।

सिटीले साउथह्याम्टनलाई उसकै मैदानमा पराजित गरेको हो । सिटीको जितमा डेभिड सिल्भा र सर्जियो अग्विरोले गोल गरे । एक गोल उपहार पाएको थियो । साउथह्याम्टनका पिएरे इमिलले एक गोल फर्काए ।

बर्नाडो सिल्भाको पासमा डेभिड सिल्भाले गोल गरेपछि सिटीले खेलको १०औं मिनेटमा अग्रता बनाएको थियो । ३७औं मिनेटमा पिएर इमिलले गोल गर्दै खेललाई १–१ गोलको बराबरीमा ल्याएका थिए ।

४५औं मिनेटमा जेम्स वार्ड प्रोजले आत्मघाती गोल गरेपछि सिटीले खेलमा २–१ को अग्रता बनाएको थियो । पहिलो हाफको इन्ज्युरी समयको थप गरिएको तेस्रो मिनेटमा अग्विरोले गोल गरेपछि सिटीले खेलमा ३–१ को अग्रता बनाएको थियो ।

घरेलु टोली खेल सकिन ५ मिनेट बाँकी रहँदा १० खेलाडीमा समेटिएको थियो । फर्नाडिन्होमाथि गम्भीर फल गरेपछि रेफ्रीले पिएरे इमिललाई सोझै रातो कार्ड देखाउदै मैदान बाहिर पठाएका थिए ।

त्यसपछि थप गोल निस्कन नसक्दा सिटी ३–१ ले विजयी हुन सफल भयो । जितसँगै सिटीले शीर्ष स्थानमा रहेको लिभरपुलसँगको अंक दुरी ७ मा झारेको छ ।

April 25, 2024

एमबाप्पे चम्कँदा पिएसजीको सानदार जित

एजेन्सी – केलियन एमबाप्पेले दुई गोलसँगै एक असिस्ट प्रदान गरेपछि पेरिस सेन्ट जर्मेन (पिएसजी) ले फ्रेन्च लिग वानमा सानदार जित दर्ता गर्दै उपाधि यात्रालाई थप मजबुत बनाएको छ । पिएसजीले रेलिगेसन क्षेत्रमा संघर्ष गरिरहेको घरेलु टोली लोरिएन्टमाथि ४–१ को सानदार जित दर्ता गर्दै लिग वानको उपाधि नजिक पुगेको हो । पिएसजीका लागि थप दुई गोल […]

April 25, 2024

एभर्टनसँग लिभरपुल स्तब्ध

एजेन्सी – इंग्लिस प्रिमियर लिगको उपाधि दौडमा रहेको लिभरपुल बुधबारको खेलमा स्तब्ध भएको छ।एभर्टनले लिभरपुललाई २- ० ले हराएको छ । जितपछि एभर्टनको रेलिगेसनबाट जोगिने सम्भावना बलियो भएको छ । टोली ३३ अंकसहित १६औं स्थानमा छ। लिग जित्ने लिभरपुलको सम्भावना कमजोर बनेको छ । एभर्टनले आफ्नो घरेलु मैदानमा लिभरपुललाई सन् २०१० को अक्टोबरपछि पहिलो पटक […]

April 24, 2024

सुदूरपश्चिमसँग मधेशको हार, कोशी शीर्षमा

सुर्खेत (हाम्रो खेलकुद)– सुदूरपश्चिम प्रदेशले महिला लिग छनोटमा दोस्रो जित निकालेको छ । अस्मिता चौधरीको २ गोलको मद्दतमा सुदूरपश्चिमले बुधबार मधेश प्रदेशलाई ३–० ले हराएको छ । कर्णाली प्रदेश रंगशालामा भएको खेलमा पाँचौं मिनेटमा यसोदाकुमारी चिरलको गोलबाट सुदूरपश्चिमले अग्रता लिएको थियो । अस्मिताले ५१ औं र ६१ औं मिनेटमा गोल गर्दै टोलीलाई जित दिलाइन् । […]

Success

Thank you for your time.