default_image

5 years ago

December 31, 2018

पोग्वाको दुई गोलमा म्यानचेस्टरको फराकिलो जित

ओल्ड ट्राफोर्ड (एजेन्सी) – पउल पोग्वाको दुई गोल मद्दतमा म्यानचेस्टर युनाइटेडले बोर्नामाउथमाथि ४–१ को फराकिलो गोलअन्तरको जित निकालेको छ । घरेलु मैदान ओल्ड ट्राफोर्डमा आइतबार राति भएको खेलमा युनाइटेडको फराकिलो जितमा पउल पोग्वाले २ तथा मार्कस रासफोर्ड र रोमेलु लुकाकुले समान १ गोल गरे । बोर्नामाउथका नाथन एकेले एक गोल फर्काए । खेलको पाँचौ मिनेटमा […]

20 views

0 Bookmark

ओल्ड ट्राफोर्ड (एजेन्सी) – पउल पोग्वाको दुई गोल मद्दतमा म्यानचेस्टर युनाइटेडले बोर्नामाउथमाथि ४–१ को फराकिलो गोलअन्तरको जित निकालेको छ ।


घरेलु मैदान ओल्ड ट्राफोर्डमा आइतबार राति भएको खेलमा युनाइटेडको फराकिलो जितमा पउल पोग्वाले २ तथा मार्कस रासफोर्ड र रोमेलु लुकाकुले समान १ गोल गरे । बोर्नामाउथका नाथन एकेले एक गोल फर्काए ।

खेलको पाँचौ मिनेटमा पउल पोग्वाले मार्कुस रासफोर्डको पासमा गोल गर्दै युनाइटेडलाई १–० को अग्रता दिलाएका थिए । ३३औं मिनेटमा पोग्वाले नै व्यक्तिगत दोस्रो गोल गरेपछि युनाइटेडले खेलमा २–० को अग्रता बनायो । उनले एन्डर हेरेराको पासलाई सदुपयोग गरेका थिए ।

पहिलो हाफको इन्ज्युरी समयमा मार्कुस रासफोर्डले एन्थोनी मार्सियलको पासमा गोल गरेपछि युनाइटेडले ३–० को अग्रता बनायो । पहिलो हाफको इन्ज्युरी समयमा नाथन इकेले गोल गरेपछि गोल अन्तर ३–१ म झारेको थियो । ७२औं मिनेटमा रोमेलु लुकाकुले गोल गर्दै युनाइटेडलाई ४–१ को जित दिलाए ।

जितपछि युनाइटेड ३५ अंक जोडेर छैटौं स्थानमा यथावत छ । पराजित बोर्नामाउथ २६ अंकसहित १२औं स्थानमा छ ।

युनाइटेडमा जोजे मौरिन्हो बर्खास्तीपछि अन्तरिम प्रशिक्षक ओले गनर सोल्सजरको प्रशिक्षणमा युनाइटेडको यो लगातार तेस्रो जित हो । यसअघि युनाइटेडले कार्डिफमाथि ५–१ ले तथा हडर्सफिल्डमाथि ३–१ को जित निकालेको थियो ।

April 16, 2024

चेल्सीको‌ जितमा पाल्मेरको ४ गोल

एजेन्सी – चेल्सीले इंग्लिस प्रिमियर लिगमा सोमबार सानदार जित निकालेको छ। घरेलु मैदान स्टामफोर्ड ब्रिजमा भएको खेलमा चेल्सीले एभर्टनलाई ६-० ले हराएको हो । चेल्सीका कोले पाल्मेरले ४ तथा निकोलस ज्याक्सन र अल्फी गिलक्रिस्टले समान १ गोल गरेका थिए। १३ औं मिनेटमा पहिलो गोल गरेका पाल्मेरले २९ औंमा ह्याट्रिक पूरा गरेका थिए। उनले दोस्रो गोल […]

April 16, 2024

पुलिस जीतपुरसिमरा गोल्डकप च्याम्पियन

सुनिल गाउँले, सिमरा नेपाल पुलिस क्लबले जगदम्बा स्टिल १४ औं जीतपुरसिमरा गोल्डकप फुटबल प्रतियोगिताको उपाधि जितेको छ । सिमरा रंगशालामा सोमबार भएको प्रतिस्पर्धात्मक फाइनल खेलमा मच्छिन्द्र क्लबलाई टाइब्रेकरमा ४–३ ले हराउँदै पुलिसले वर्षको पहिलो उपाधि जितेको छ । निर्धारित ९० मिनेट र थप समय गोलरहित बराबरीमा टुंगिएपछि टाइब्रेकरमा पुलिसले बाजी मारेको थियो । परिवर्तित गोलकिपर […]

April 15, 2024

लिभरपुलपछि आर्सनल पनि पराजित

एजेन्सी – लिभरपुलको हारपछि इंग्लिस प्रिमियर लिग शीर्षस्थानमा उक्लने मौकालाई आर्सनलले गुमाएको छ । आर्सनल आइतबार एस्टन भिल्लासँग २–० ले पराजित भएको छ । उपाधि होडमा रहेका दुई टोली लिभरपुल र आर्सनल पराजित भएपछि त्यसको फाइदा म्यानचेस्टर सिटीलाई पुगेको छ । खेलको अन्त्यतिर एस्टन भिल्लाले २ गोल गर्दै आर्सनलमाथि सानदार जित निकालेको हो । लियोन […]

Success

Thank you for your time.