टुरिन (एजेन्सी)– युभेन्ट्स र पोर्चुगलका फरवार्ड क्रिस्टियानो रोनाल्डो आफु व्यक्तिगत अवार्डका लागि आतुर नरहेको बताएका छन् । आफ्नो लागि टोली महत्वपूर्ण हुने जनाउँदै रोनाल्डोले तर पनि व्यक्तिगत अवार्डले खुसी भने बनाउने बताएका छन् ।
रोनाल्डोले ५ पटक ब्यालोन डी ओर अवार्ड जितेका छन् । बार्सिलोनाका लियोनल मेसीले पनि रोनाल्डो जस्तै ५ पटक ब्यालोन डी ओर जितेका छन् । त्यस बाहेक पनि रोनाल्डोले अरु अवार्ड जितेका छन् । तर, लामो खेल जीवनमा रोनाल्डो व्यक्तिगत अवार्डमा बढी केन्द्रित रहन्छन् भन्ने आरोप पनि लाग्दै आएको छ ।
रोनाल्डोले भने आफु व्यक्तिगत अवार्ड प्राप्त गर्दा खुसी हुने भएपनि एउटा टोलीका खेलाडीका रुपमा आफुलाई प्रस्तुत गर्ने सधै उत्साहित हुने बताएका छन् । ‘म व्यक्तिगत अवार्डको पछाडि दौडिन्न । टोलीलाई सहयोग गर्नु सधै महत्वपूर्ण हुन्छ । बाँकी उपलब्धी त्यो सँगै आउछ,’ रोनाल्डोले भनेका छन् , ‘अवार्ड जित्दा खुसी लाग्छ यसलाई म लुकाउन चाहन्न ।’
रोनाल्डो सिजनको सुरुवातमा रियल म्याड्रिडबाट युभेन्ट्स पुगेका थिए । रोनाल्डो सम्मिलित रोनाल्डोले पाँच वर्षको बीचमा चार पटक रियलले जितेको थियो । उनले रियलमा जस्तै इटालीमा पनि गोललाई निरन्तरता दिएका छन् ।
दुई दशक यता रोनाल्डोको सहयोगमा युभेन्ट्सले पहिलो पटक च्याम्पियन्स लिग उपाधि जित्ने आशा गरिएको छ । यद्दपी यसअघि टोली दुई पटक उपाधि नजिक पुगेको थियो । तर दुवै पटक टोली फाइनलमा पराजित भएको थियो ।
सिरिए मा पनि उनले गोल गर्ने क्रमलाई जारी राखेका छन्, जस्तो उनी रियलमा हुँदा गर्थे । युभेन्ट्स सिरि ए मा बलियो अवस्थामा रहेको छ । दोस्रो स्थानमा रहेको नेपोली भन्दा शीर्षस्थानको युभेन्ट्सको ९ अंकले अगाडी छ ।