default_image

5 years ago

January 3, 2019

म्यानचेस्टर युनाइटेडको लगातार चौथो जित

एजेन्सी – अन्तरिम प्रशिक्षक ओले गनर सोल्सजरको प्रशिक्षणमा म्यानचेस्टर युनाइटेडले इंग्लिस प्रिमियर लिग फुटबलमा लगातार चौथो जित निकालेको छ । प्रिमियर लिग अन्तरगत बुधबार राति भएको खेलमा म्यानचेस्टर युनाईटेडले न्युक्यासल युनाइटेडलाई २–० ले पराजित गरेपछि सोल्सजरको प्रशिक्षणमा लगातार चौथो जित निकाल्न सफल भएको हो । यसअघि युनाइटेडले कार्डिफमाथि ५–१, हडर्सफिल्डमाथि ३–१ को र बोर्नामाउथविरुद्ध ४–१ […]

32 views

0 Bookmark

एजेन्सी – अन्तरिम प्रशिक्षक ओले गनर सोल्सजरको प्रशिक्षणमा म्यानचेस्टर युनाइटेडले इंग्लिस प्रिमियर लिग फुटबलमा लगातार चौथो जित निकालेको छ ।


प्रिमियर लिग अन्तरगत बुधबार राति भएको खेलमा म्यानचेस्टर युनाईटेडले न्युक्यासल युनाइटेडलाई २–० ले पराजित गरेपछि सोल्सजरको प्रशिक्षणमा लगातार चौथो जित निकाल्न सफल भएको हो ।

यसअघि युनाइटेडले कार्डिफमाथि ५–१, हडर्सफिल्डमाथि ३–१ को र बोर्नामाउथविरुद्ध ४–१ को जित निकालेको थियो । उनी जिम्मेवारी लिएपछि सुरुवाती चार खेलमा युनाइटेडलाई लगातार चौथो जित दिलाउने सर माट बस्बीपछिका पहिलो प्रशिक्षक बनेका छन् ।

न्युक्यासलको घरेलु मैदान सेन्ट जेम्स पार्कमा भएको खेलमा युनाइटेडलाई जिताउन वैकल्पिक खेलाडी रोमेलु लुकाकु र मार्कस रासफोर्डले गोल गरे । प्रतिस्पर्धात्मक बनेको खेलको पहिलो हाफ गोलरहित बराबरीमा सकिएको थियो ।

तर, ६४ औं मिनेटमा मैदान प्रवेश गरेको ३८ सेकेन्डमै रोमेलु लुकाकुले गोल गर्दै युनाइटेडलाई १–० को अग्रता अग्रता दिलाए । रासफोर्डको शक्तिशाली फ्रिकिक न्युक्यासलका गोलरक्षकले राम्रोसँग नियन्त्रणमा लिन नसक्दा लुकाकुले ६ यार्ड बक्सभित्रबाट सहजै गोल गरेका थिए ।

लुकाकु एक मिनेट अघि मात्रै एन्थोनी मार्सियलको स्थानमा मैदान छिरेका थिए । ८० औं मिनेटमा मार्कस रासफोर्डले गोल गर्दै युनाइटेडलाई २–० को जित दिलाए ।

जितपछि युनाइटेड २१ खेलबाट ३८ अंक जोडेर छैटौ स्थानमा यथावत छ । पराजित न्युक्यासल १८ अंक जोडेर १५औं स्थानमा छ ।

April 20, 2024

हालान्डले चेल्सीविरुद्धको खेल गुमाउने सम्भावना!

एजेन्सी – म्यानचेस्टर सिटीका नर्वेली फरवार्ड एर्लिङ ब्राउट हालान्डले चेल्सीविरुद्धको एफए कपको सेमिफाइनल गुमाउने सम्भावना बढेको छ । एफए कपको सेमिफाइनलमा आज राति सिटीले चेल्सीसँग वेम्वली स्टेडियममा प्रतिस्पर्धा गर्दैछ । बुधवार च्याम्पियन्स लिगको क्वाटरफाइनलको दोस्रो लेगमा रियल म्याड्रिडसँग टाइब्रेकरमा ४–३ पराजित हुँदा समस्या देखिएपछि हालान्डलाई अन्तिम समयमा परिवर्तन गरिएको थियो । सिटीका प्रशिक्षक पेप गुआर्डिओलाले […]

April 20, 2024

माने चम्कँदा अल नासरको पूनरागमन जित

एजेन्सी – सेनेगली फरवार्ड साडियो मानेको उच्च प्रदर्शनमा अल नासरले साउदी प्रो लिगमा सानदार पूनरागमन जित निकालेको छ । घरेलु मैदानमा १–० ले पछि परेको स्थिति उल्ट्याएर अल फयामाथि ३–१ को सानदार पूनरागमन जित दर्ता गरेको हो । अल नासरको जितमा साडियो मानेले दुई तथा अब्दुलेह अल एम्रीले एक गोल गरे । अल फयाका फेसन […]

April 19, 2024

इंग्लिस क्लब च्याम्पियन्स र युरोपा लिगकाे क्वाटरफाइनलबाटै बाहिर

एजेन्सी – विश्व फुटबलमा सर्वाधिक चर्चित र बढी हेरिने इंग्लिस प्रिमियर लिगका टोलीहरु यसपल्ट युरोपेली क्लब फुटबलको सबैभन्दा ठुलो युइएफए च्याम्पियन्स लिग र युरोपा लिगको क्वाटरफाइनलबाटै बाहिरिएका छन् । यससँगै २१औं शताब्दीमा तेस्रोपटक इङ्ल्यान्डका कुनैपनि टोली च्याम्पियन्स लिग र युरोपा लिगको सेमिफाइनलमा पुग्न असफल भएको हो । यसअघि इंंग्लिस टोली सन् २००२–०३ र २०१४–१५ को […]

Success

Thank you for your time.