लन्डन (एजेन्सी) – लन्डन क्लब चेल्सी साउथह्याम्पटनसँग बराबरीमा रोकिएको छ । चेल्सी घरेलु मैदान स्टामफोर्ड ब्रिजमा बुधबार राति भएको खेलमा साउथह्याम्पटनसँग गोलरहित बराबरीमा रोकिएको हो ।
बराबरीपछि चेल्सीले तेस्रो स्थानमा रहेको म्यानचेस्टर सिटीसँगको अंक दुरी कम गर्ने मौका गुमाएको छ । सिटीको ४७ अंक छ । घरेलु मैदानमा चेल्सीले ७२ प्रतिशत बल पोजेसन राख्दै १७ पोस्ट आक्रमण गरेपनि साउथह्यनाम्पटनको बलियो रक्षापङ्तिलाई तोड्न सकेन ।
बराबरीपछि चेल्सीको २१ खेलबाट ४४ अंक पुगेको छ । चेल्सी चौथो स्थानमा यथावत छ । चेल्सीलाई रोकेको साउथह्याम्पटन १६ अंक जोडेर रेलिगेसन जोनको १८औं स्थानमा छ । लिभरपुल ५४ अंक जोडेर लिगको शीर्षस्थानमा रहँदा ४८ अंक बनाएर टोटेनहमले लिभरपुललाई पछ्याइरहेको छ ।
प्रिमियर लिगका अन्य खेलको नतिजा
हडर्सफिल्ड विरुद्ध बर्नली (१–२)
वेस्टह्याम विरुद्ध ब्राइटन (२–२)
वल्भ्स विरुद्ध क्रिस्टल प्यालेस (०–२)
बोर्नमाउथ विरुद्ध वाटफोर्ड (३–३)
न्युक्यासल विरुद्ध म्यानचेस्टर युनाइटेड (०–२)