7 years ago
February 2, 2019
काठमाडौं (हाम्रो खेलकुद) – घरेलु फुटबलका दुई चर्चित सिग्नेचर मनाङ–मस्र्याङ्दी क्लब र विभागीय त्रिभुवन आर्मी क्लब मदन भन्डारी मेमोरियल इटहरी अन्तर्राष्ट्रिय आमन्त्रण गोल्डकपको उपाधिका लागि शनिबार आमने–सामने हुदैछन् ।

आर्मी र मनाङबीचको खेल शनिबार दिउसो २ बजेपछि इटहरी रंगशालामा सुरु हुनेछ । यस्तोमा आर्मी यो सिजन दोस्रो उपाधिको खोजीमा रहँदा लिग च्याम्पियन मनाङ मोफसलमा पहिलो उपाधि जित्ने लक्ष्यमा मैदान उत्रनेछ ।
आर्मीले यो सिजन वीरगन्जमा भएको विशाल मेमोरियल गोल्डकपको उपाधि जितेको थियो । बारामा भएको सिमरा गोल्डकपमा भने थ्री स्टारसँग फाइनलमा पराजित भएको थियो ।
यता, मनाङ लिगपछि दोस्रो गोल्डकप खेल्दा पहिलो उपाधिनजिक पुगेको हो । मनाङ पुस अन्तिम साता भएको खप्तड गोल्डकपको पहिलो खेलबाटै बाहिरिएको थियो । मनाङ गतबर्ष फाइनलमा थ्री स्टारसँग १–० ले पराजित हुँदै उपाधि जित्नबाट चुकेको थियो ।
फाइनल अघिको प्रि–म्याच पत्रकार सम्मेलनमा दुवै टोलीका प्रशिक्षक तथा कप्तानले फाइनल जित्ने दावी गरेका छन् । मनाङका मुख्य प्रशिक्षक फुजा टोपेले विपक्षीबारे ज्ञान भएको कारण हाम्रो रणनीति अपनाएर खेल्दै उपाधि जित्ने बताएका छन् ।
‘हामीले आर्मीसँग धेरैपटक खेलिसकेका छौं । उनीहरुको बारे हामीलाई राम्रो ज्ञान छ,’ प्रशिक्षक फुजाले खेलपछि भने, ‘हामी फाइनल र आर्मीविरुद्ध खेल्न तयार छौं । आर्मीलाई पराजित गर्दै यो सिजन मोफसलमा पहिलो उपाधि जित्न चहान्छौं ।’ उनले आर्मी बलियो टोली रहेको र कम आँकेर नखेल्ने बताए ।
मनाङका कप्तान सुजल श्रेष्ठले आर्मीविरुद्धको फाइनल खेल रोमाञ्चक र प्रतिस्पर्धात्मक हुने बताए । उनले अघिल्ला खेलमा भएको कमजोरीलाई सच्याएर फाइनलमा आर्मीलाई पराजित गर्ने लक्ष्यमा मैदान उत्रने बताए ।
आर्मीका प्रशिक्षक चुन बहादुर थापाले मनाङविरुद्ध राम्रो फुटबल खेल खेल्दै उपाधि जित्ने बताए । कप्तान भरत खवासले मनाङ बलियो टोली रहेको रणनीति अपनाएर खेल्दै उपाधि जित्ने लक्ष्यमा मैदान उत्रने बताए ।
दोस्रो संस्करणको विजेताले १६ लाख रूपैया हात पार्नेछ । दोस्रो हुनेले ८ लाख रूपैया हात पार्नेछन् । प्रतियोगिताको सर्वाेत्कृष्ट खेलाडीले एक थान मोटरसाइकल हात पार्नेछन् ।
December 5, 2025
एजेन्सी – म्यानचेष्टर युनाइटेड र वेस्ट हम युनाइटेडबीच बिहीवार राति ओल्ड ट्राफोर्डमा भएको प्रिमियर लिग खेल १-१ को बराबरीमा सकिएको छ। खेलको सुरुआतदेखि युनाइटेडले बलमा नियन्त्रण राख्दै आक्रमणको लय बनायो । पहिलो हाफमै टोलीले दुई उत्कृष्ट मौका पायो । जोसुवा जिर्क्जीको नजिकबाट गरेको प्रहार वेस्ट हमका डिफेन्डरले गोललाइनमै क्लियर गरिदिए। केहीबेरमै कप्तान ब्रुनो फर्नान्डेजको सशक्त […]
December 4, 2025
काठमाडौं (हाम्रो खेलकुद)- नेपाल पुलिस स्कुल साँगा काभ्रेपलाञ्चोकको आयोजनामा जारी ३१औं अन्तर माध्यामिक विद्यालय आइजिपी फुटबल रनिङ ट्रफी प्रतियोगिताको दोस्रो दिन आज विकटेश्वर स्कुल, एसओएस काभ्रे र एनपिएस निलोले विजयी सुरुवात गरेका छन्। पहिलो खेलमा बिकटेश्वर स्कूल भैंसेपाटीले नेपाल पुलिस स्कूल चितवनलाई २-१ ले पराजित गर्यो। खेलको १०औँ मिनेटमा द्रविनम सुवेदीले पहिलो गोल गर्दै टिमलाई […]
December 4, 2025
एजेन्सी – प्रिमियर लिगमा बुधवार शीर्ष स्थानको आर्सनलले जित निकालेको छ। लिभरपुलले बराबरी खेलेको छ भने अर्को खेलमा चेल्सी पराजित भएको छ। आर्सनलले ब्रेन्टफोर्डलाई २-० ले हराएर दोस्रो स्थानको म्यानचेस्टर सिटीसँगको ५ अंकको दूरी ५ बनाएको छ।इमिरेट्स स्टेडियममा मिकेल मेरिनो चम्किए। उनले एक गोल गरे र बुकायो साकालाई असिस्ट दिए। खेलको ११ औं मिनेटमा […]